शिक्षा , स्वास्थ्य र सडकलाई पहिलो प्राथमिकता दिन्छु अध्यक्ष ः राना
शिक्षा , स्वास्थ्य र सडकलाई पहिलो प्राथमिकता दिन्छु अध्यक्ष ः राना
कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका यहाँका दुर्गम तथा पछाडि परेका साविकका गाविस बाइसे विचवाको १ र ४ शङ्करपुर १ , ४ , ५ र ९ देखतभुली , १ , २ , ३ , ७ र ८ मिलेर बनेको पालिका हो । अहिले यो गाउँपालिकामा नेकपा एमालेका युवा नेता निर्मल राना अध्यक्ष हुनुहुन्छ ।
यहाँका दुगर्म गाउँ बस्तीको विकासमा लागि परेका लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना सँग सडक, शिक्षा, स्वास्थ्य,तथा कृषि क्षेत्रमा परिवर्तन र अबको तीन वर्ष समाज परिर्वनका सवाललाई अगाडि सारिएको योजना , कार्यान्वयन र चुनौतीका बारेमा सुदूरपाटी मिडिया प्रा.लिका पत्रकार तेजबहादुर सार्कीले गरेको कुराकानीको सारसङ्क्षेप ।
तपाई गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएको दुइ वर्ष भयो । यो अवधिमा के काम गर्नु भयो ?
२०७९ जेठ ६ गते मैले यस लालझाडी गाउँपालिकाको अध्यक्ष पदमा पदभार गरेको थिए । निर्वाचनका बेलामा यहाँका जनतालाई दिएको आश्वासन अनुसार काम पनि गरिरहेको छु ।
निर्वाचनका बेलामा यहाँका जनताको माग भनेको शिक्षा , स्वास्थ्य र सडक खानेपानी सिँचाइ थियो । मैले पनि उनीहरुले माग गरेको अनुसारको काम गरिरहेको छु ।
अर्को माग भनेको यहाँका स्थानीयको सबै भन्दाबढी बनमा तारझाली लगाउनु पर्ने ठुलो थियो । मैले दुइ वर्ष भित्रमा वनको वरिपरी तारजाली लगाउने काम पुरा गरेको छु ।
वनमा तारजाली नहुँदा हाती आएर यहाँका स्थानीयलाई दुख दिने गथ्र्यो । हातीकाे अाक्रमणबाट गाउँमा एक दइ जनाको ज्यान नै गएको छ । भने केही दुइ चार जना घाइते समेत भएका छन् ।
गत वर्ष मैले यसरी तारजाली लगाई सकेपछि अहिले गाउँमा हाती आएको छैन् । तार जाली लगाइसकेपछि यहाँका स्थानीयको हाती प्रति हुने डर पनि हटेको छ । छाडा गाई गाेरुले यहाँका स्थानीयले लगाएकाे धान गहुँ तरकारी उखु लगायतका खेती कुनै पनि राख्दैन थिए । अहिले वनमा तारजाली लगाएपछि बल्ल यहाँका स्थानीयले अाफुले लगाएकाे खेती खान पाएका छन् ।
तार जाली नहुँदा यस पालिकाका अधिकाश वडामा लगाएकाे खेती गाई गाेरुले खाएर नष्ट हुने गरेकाे थियाे । खेती पाती पाक्न सम्म यहाँका स्थानीयले रातभर खेतीमा जाग्राम हुने गरेका थिए । यता गाई गाेरु उता जङ्गली जनावर अाएर पनि खेती खाने गरेपछि यहाँका स्थानीय दिन रात खेतवारीमा नै चाैकिदार गर्दै अाएका थिए । अहिले वनमा लगाएकाे तारजालीले यहाँका स्थानीयकाे त्याे सबै समस्या अन्त्य भएकाे छ ।
तपाइको पालिकामा शिक्षाको अवस्था के छ ?
विद्यालय टाढा भएर नआउँन सक्ने बालबालिकाहरुलाई उनीहरुको पहुँच हुने ठाउँमा नै आधारभूत् विद्यालयको स्थापना गरेका छौ । अहिले विद्यालय टाढा भएर कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित भएका छैनन् ।
कतिपय विद्यालयमा दरन्दी नहुँदा पढाईमा निकै समस्या हुने गरेको थियो । मैले त्यो समस्या समाधान हुने गरी गत वर्षमा नै गाउँपालिकाबाट नै गणित ,विज्ञान र अँग्रेजी शिक्षक लगायतका दरबन्दीको व्यवस्था गरेको छ ।
अहिले लालझाडी गाउँपालिकामा ६ मावि र १० आधारभूत् गरी १६ वटा विद्यालय सञ्चालनमा आएका छन् । ती सबै विद्यालयको भौतिक पुर्वाधार पनि राम्रो छन् । कुनै पनि बालबालिकाहरुले पढ्ने बेलामा कक्षा कोठा नभएर दुख पाउँनु पर्ने अवस्था छैन् ।
यहाँका धेरै विद्यार्थी अहिले एसईईमा राम्रो अँक ल्याएर पास भएका छन् । यस पालिकाका विद्यार्थीहरुले यो भन्दा पहिला एसईईका लागि दुइ चार घण्टाको बाटो हिडेर अर्को ठाउँमा परिक्षा दिन जाने गरेका थिए ।
गत वर्ष देखि हामीले यहाँका ६ वटा माविमा अध्ययन गर्दै आएका विद्यार्थीहरुलाई पालिकामै एसईई परिक्षा दिने गरि पालिकामै एसईई परीक्षा केन्द्र स्थापना गरेका थियाै । जसका कारण अहिले यहाँका बालबालिकाहरुलाई एसईई दिनका लागि अन्य ठाउँमा जानु पर्ने समस्याकाे अन्त्य भएकाे छ ।
तपाइको पालिकामा स्वास्थ्यको अवस्था के छ ?
विगतका केही वर्ष यता हामीले स्थास्थ्य क्षेत्रमा निकै फट्को मारेका छौ । प्रत्येक वडामा एक एक आधारभूत् इकाइ स्वास्थ्य केन्द्र स्थापना गरेका छौ ।
अहिले यहाँ तीन वटा स्वास्थ्य चौकी र ४ वटा आधारभूत स्वास्थ्य इकाई केन्द्र रहेका छन् । यी स्वास्थ्य संस्थाबाट यहाँका स्थानीयले नियमित सेवा लिदै आएका छन् ।
यहाँका स्थानीयले केही वर्ष पहिला आँखाको रोगको उपचारका लागि धनगढी जानु पर्ने अवस्था थियो । अहिले हामीले शङ्करपुर स्वास्थ्य चौकी मै एक आँखा उपचार केन्द्र स्थापना गरेपछि त्यो समस्या पनि हटेको छ ।
यो भन्दा पहिला यहाँका महिलाहरुले सुत्केरी तथा गर्भवती हुँदा चेकजाँचका लागि धनगढी जानु पथ्र्यो । अहिले हामीले सुत्केरी तथा गर्भवती महिलाहरुको चेक जाँच गाउँमै हुने गरि यहाँका प्रत्येक स्वास्थ्य चौकी तथा आधारभूत इकाई केन्द्र ग्रामिण अल्ट्रासाउँनडको व्यवस्था गरेका छौ ।
जसका कारण यहाँका सुत्केरी तथा गर्भवती महिलालाई गाउँमै गर्भजाँच गर्न सहज भएको छ । पहिला स्वास्थ्य जाँच गर्न लजाउँने र टाढा गएर जाँच गर्ने महिलाहरुलाई यती बेला गाउँमै त्यो सेवा दिन थालेका छौ ।
तपाइको पालिकामा खानेपानीको अवस्था के छ ?
अहिले ४ र ५ नम्बर वडामा खानेपानीको राम्रो व्यवस्था गरेका छौ । बाँकी अन्य वडामा खानेपानीका ट्ङ्याकी निर्माण भएका छन् । यहाँका प्रत्येक वडामा पाइप लाईन विछ्याएका छन् । अवको केही समयपछि यहाँका १ देखि ६ वडाका सबै स्थानीय खोनपानीको पहँचमा हुन्छन् ।
यस पालिकामा कृषिको अवस्था के छ ?
यस गाउँपालिकाले अहिले यहाँका स्थानीयको आयआर्जनमा वृद्धि विकास गर्ने गरि १ देखि २ वडामा बाख्रा ४ र ५ वडामा गाईभैसी ३ देखि ६ वडामा तरकारी बङ्गुर पालनका लागि पकेट क्षेत्र बनाएका छौ ।
अहिले १ देखि ६ वडाका ं स्थानीयलाई गाई, भैसी , बाख्रा, पालनका लागि खोर व्यवस्थापन राँगा, साँढे र बोकाका लागि अुनदानको व्यवस्था गरेका छौ ।
यहाँका स्थानीयको कृषि क्षेत्रबाट नै आयआर्जनमा वृद्धि विकास हुने गरी पछिल्लो समय पालिकाले पनि विभिन्न कृषि सम्बन्धित कार्यक्रममा सञ्चालन गर्दै आएको छ ।
व्यरोजगारि युवाका लागि यस पालिकाले के कस्ता सीप मुलक कार्यक्रम सञ्चलन गर्नु भएको छ ?
यस गाउँपालिकाका १ – ६ वडामा रहेको युवाहरुलाई पढ्दै पढाउँदै कार्यक्रम सञ्चालन गर्दै आएका छौ । यहाँका अधिकाशं युवालाई गाउँमै रोजगारी दिनका लागि अहिले मोटर साईकल मर्मत ,सिलाइ कटाई लगायतका विभिन्न सीप मुलक तालिम सञ्चालन गरेका छौ ।
अहिले यहाँका अधिकाशं युवाले त्यो तालिम लिएपछि उनीहरुले आफैले पनि विभिन्न ठाउँमा पसल व्यवसाय सञ्चालन गरेका छन् ।
तपाइको पालिकामा सिचाइको अवस्था के छ ?
यस पालिकाको १ देखि ६ वडामा रहेका सबै खेती योग्य जमिमा मोटर र वोरिङ्ग राखेका छौ । यसैबाट अहिले यहाँका किसानले जमिनमा सिचाई गर्दै आएका छन् ।
गाउँपालिकाका दिएका बोरिङ्ग विद्युतबाट सञ्चालन हुने गरेका छन् । भने अन्य सहकारीले दिएका मसिन तेलबाट सञ्चालन हुन्छन् ।
केही समय पछि यहाँ सञ्चालन भएका सबै मोटर बोरिङ्ग विद्यतुबाट नै सञ्चालन गर्ने योजना छ ।
यो पालिकामा प्राय धेरै वडाका स्थानीयको दोदा नदीले सधै जमिन काट्ने र खेती छाप्ने गर्छ । यसमा तट्बन्धका लागि के पहल गर्नु भएको छ ?
दोदा नदि झण्डै २७ किलोमिटर छ । यो नदि प्राय लालझाडी गाउँपालिकाका १ देखि ६ वडामा छुने गर्दछ । यसले यहाँका स्थानीयले लगाएको धान उखु मकै खेतीलाई वर्षेनी ठुलो क्षति गर्ने गरेको छ ।
गत वर्ष प्रदेश र पालिकाबाट दुइ नम्बर वडाका केही ठाउँ तटबन्ध गरेको थियो । यो वर्ष नदिमा आएको बाढीले त्यो सबै बगायो ।
यसमा ठुलो रकम लगानी गर्नु पर्ने भएकोले यसका लागि अहिले प्रदेश र सङ्घीय सरकार सँग तटबन्ध गर्न आर्थिक सहयोगका लागि पहल कदमी गरेका छौ ।
यो आर्थिक वर्ष गाउँपालिकाको आन्तरिक तथा बाह्यमा प्रास्तावित् बजेट कती ल्याएको छ ?
गाउँपालिकाले शिक्षा , स्वास्थ्य , खोनपानी बाटो लगायतका भौतिक पुर्वाधारलाई विषेश जोड दिने गरी यो आर्थिक वर्षमा कुल ५१ करोड प्रास्तावित् वजेट ल्याएको छ ।
सडकको अवस्था के छ ?
यस पालिकाका केही वडा एकदमै दुर्गम छन् । ती वडाको बीचमा दोदा नदि भएका कारण ती वडालाई सडक सञ्जालको पहुँचमा ल्याउन सकेका छैन ।
यहाँका केही वडामा गत वर्षमा थोर थोरै भएपनि सडक कालोपत्रे गरेका छौ । यो वर्षमा पनि केही ठाउँका सडकलाई कालोपत्रे गर्नका लागि सडकलाई नै पहिलो प्राथमिकता दिएका छौ ।