एघार जना महिला तथा बालबालिकाको उद्धार

क्याप्सन ः शान्ति पुरस्र्थापना केन्द्रले कामको खोजीमा भारत जाँदै गरेका बाजुराका बालबालिकाहरुलाई बीटमा सोधपुछ गर्दै । तस्बिर ः शेरबहादुर सार्की

शेरबहादुर सार्की
बाजुरा, साउन ७ गते । बाजुराका एघार जना महिला तथा बालकालिकाहरुको कञ्चनपुर स्थित गड्डाचौकी नाकाबाट उद्धार गरिएको छ ।

दलालहरुले बाजुरा देखि ललाई फकाइ गरेर भारतका विभिन्न ठाउँमा लिने क्रममा शान्ति पुनस्र्थापना केन्द्र गड्डाचौकीले गड्डाचौकी नाकाबाट उनीहरुको उद्धार गरिएको हो ।

नौकरीको प्रलोभन देखाएर बाजुरा देखि भारतमा लैजाने क्रममा गड्डाचौकी नाकाबाट बाजुराका एघार महिला तथा बालबालिकाहरुको उद्धार गरिएको शान्ति पुनस्र्थापना केन्द्र गड्डाचौकीले जनाएको छ ।

बाजुराको गौमुलका ३ बडिमालिका १ खप्तड छेडेदहका ४ त्रिवेणीका २ बुढीगङ्गाका ३ गरी जम्मा आठ महिला चार बालक गरी एघार जनाको उद्धार गरिएको शान्ति पुनस्र्थापना केन्द्र गड्डाचौकीका सुपरभाईजर मनिसा न्यौपानेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ भारतमा राम्रो नौकरी दिलाई दिन्छु भन्ने आश देखाएर उनीहरुलाई घर देखि भारतमा लैजाने क्रममा सोधपुछ गर्दा ती महिला र बालकको उद्धार गरिएको हो ।”

अहिले उनीहरुलाई प्रहरी प्रशासनको सहगयोगमा आफन्तकोमा जिम्मा लगाइदिएको सुपरभाईजनर न्यौपानेले बताउनुभयो ।

बाजुराको हिमाली , स्वामिकार्तिक , जगनाथ , बुढीनन्दा , बडिमालिका , गौमुल , बडिमालिका बुढीगङ्गा , त्रिवेणी र खप्तड छेडेदह गाउँपालिका अधिकाशं स्थानीय कामको खोजीमा भारतका विभिन्न ठाउँमा जाने गर्दछन् ।

यसरी अभिभावक भारतमा गएको सिको उनीहरुका बालबलिकाहरुले पनि गर्दै गएपछि उनीहरु मानव बेचनिको सिकारमा पर्ने गर्दछन् ।
यहाँका अधिकाशं बालबालिकाहरु घरको आर्थिक अवस्था कम्जोर भएपछि गरिबीका कारण उनीहरुले गाउँमा पढ्न नसक्ने भएपछि भोको पेट पाल्नका लागि भएपनि छिकेकी मुलुक भारतका विभिन्न ठाउँमा कामको खोजीमा जान्छन् ।

आर्थिक वर्ष २०८०÷८१ बाजुराका एक सय एक जनालाई परामर्श गरेको छ । यसै मध्य आठ महिला र तीन बालक गरी ११ जनाको उद्धार गरिएको कञ्चनपुर जिल्लाको गड्डाचौकी नाकामा रहेको शान्तिपुरस्र्थापना केन्द्र गड्डाचौकीले जनाएको छ ।

 

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्