घर भत्किएपछि त्रिपालको बास

पहिरोले घर भत्किएपछि त्रिपालको बास गर्दै आएका खप्तड छेडेदह गाउँपालिका –६ मैतोललाका स्थानीय । तस्बिर ः सुदूरपाटी
शेरबहादुर सार्की
बाजुरा, साउन ९ गते । बाजुराको खप्तड छेडेदह गाउँपालिका –६ मैतोलाका अधिकाशं स्थानीय गाउँमा गएको पहिरोको डरले घर छोड्दै त्रिपालको बास गर्न थालेका छन् ।
असारको अन्तिम र साउँनको पहिलो हप्ता देखि बाजुरामा परेको अविरल वर्षातका कारण घरको तलमाथिबाट पहिरो बग्न सुरु भएपछि उनीहरु पहिरोमा पुरिने हो की भन्ने डरले घर छोड्दै त्रिपालको बास गर्न थालेका हुन् ।
गत साउँन ५ गते राती परको अविरल वर्षातका कारण घरमुनी पहिरो पुगेपछि पहिरोमा पुरिने डरले घर छोडेर अहिले त्रिपालको बास गर्न थालेको खप्तड छेडेदह गाउँपालिका –६ मैतोलाका स्थानीय भिकारी नाथले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ बास बस्ने घरमुनी पहिरो पुगेपछि अहिले त्यो घर छोेडेर त्रिपालको बास गरिरहको छु । ,,
गत वर्ष गाउँमा ऋण जोखो गरेर लगाएको घर यो वर्ष पहिरोमा परेपछि वर्खाको झरीमा त्रिपालको साहारा लिनु परेको नाथले बताउनुभयो ।
साउँनको पहिलो हप्तामा देखि बाजुरामा परेको अविरल वर्षातका कारण खप्तड छेडेदह गाउँपालिका –६ मैतोलाका केशे नाथ बिर्केशे नाथ केशे गुयाल लगायतका स्थानीयको पनि उठीबास भएको छ ।
साउँनको पहिलो हप्ता देखि सुरु भएको अविरल वर्षातका कारण पहिरोले घर जोखिममा रहेको बिर्केशे नाथले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ घरको मुनी पहिरो पुगेपछि त्यो डरले अहिले गाउँ नजिक त्रिपाल हालेर बास बस्न बाध्य भएको छु । ”
घरमा बास बसौ पहिरोको डर बाहिर बसौ पानीको डर यती बेला वर्खाका रात काट्न निकै समस्या भएको नाथले बताउनुभयो ।
बाढीपहिरोबाट प्रभावित भएका मैतोलाका स्थानीयलाई अहिले तत्काल त्रिपाल बाहेक अन्य केही राहत दिन नसकेको खप्तड छेडेदह गाउँपालिका –६ वडा अध्यक्ष हर्कबहादुर विष्टले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ गाउँमा पहिरो गएपछि त्यो डरले अहिले केही परिवार सुरक्षित ठाउँमा त्रिपालमा बास गरिरहेका छन् भने केही परिवार विद्यालयमा बास बस्ने गरेका छन् । ”
यसरी पहिरोबाट प्रभावित भएका स्थानीयको घरको मुचुल्तका तयार गरि राहतका लागि जिल्ला वीपत व्यवस्थापन समितिमा पठाएको अध्यक्ष विष्टले बताउनुभयो ।
अविरल वर्षातका कारण बाजुरामा यती बेला सम्म ९ घर पुर्ण र सात घर आँशिक रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले बताउनुभयो ।
अविरल वर्षातका कारण अधिकाशं स्थानीयको घरबास उठीबास भएको छ । उनीहरुलाई तत्काल व्यवस्थापन गर्नका लागि सोही पालिकालाई नै जानकारी गरेका छौ ।
अहिले उनीहरु राहतका लागि जिल्ला प्रशासन कार्यालयमा आएका छैन् । उनीहरु यहाँ आएपछि पालिका र प्रहरीको रिर्पोट अनुसार जिल्ला विपत व्यवस्थापन समितिको निर्णय गरेर राहत उपलब्ध गर्ने जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताउनुभयो ।