पृर्वमन्त्री शाहलाई पितृ शोक

पूर्व सञ्चारराज्यमन्त्री गोविन्दबहादुर शाहका पिता जगतबहादुर शाह ।
काठमाडौँ, पुस २८ गते । पूर्व सञ्चारराज्यमन्त्री गोविन्दबहादुर शाहका पिता जगतबहादुर शाहको निधन भएको छ । उहाँको शनिवार विहान एकसय वर्ष तीन महिनाको उमेरमा निधन भएको हो ।
विक्रम सम्वत १९८१ साल असोज दशै टिकाको दिन अछामको रिडिकोट (हाल साफेवगर नगरपालिका–७ ) जन्मनु भएका शाह बुढानिलकण्ठस्थित छोराहरुसँग बस्दै आउनु भएको थियो ।
नेपाली कांग्रेसको एक यौद्धाका रुपमा परिचित शाह अछामका शिक्षासेवी र समाजसेवी हुनुहुन्थ्यो । कांग्रेसको नेतृत्वमा २००७ सालमा डोटीमा गाभिएको कैलासखोला पश्चिमको सिमाना अछाम जिल्लामै फर्काउन सुरु भएको शान्तिपूर्ण आन्दोलनको समेत उहाँले नेतृत्व गर्नुको थियो ।
वयालपाटामा रहेको अछामकै पुरानो महेन्द्र मावि व्यवस्थापन समितिको अध्यक्ष बनेर शिक्षासेवामा लाग्नु भएको थियो । कुशल राजनीतिज्ञ, शिक्षासेवी एवं समाजसेवीका रुपमा परिचित स्वर्गीय शाहका एक श्रीमती, पाँच छोरा र पाँच छोरी हुनुहुन्छ ।
साइला छोरा गोविन्दबहादुर शाह अछामको पूर्वसांसद, पूर्वमन्त्री एवं नेपाली कांग्रेसको केन्द्रिय सदस्य हुनुहुन्छ भने साइला छोरा राजेन्द्रबहादुर शाह उद्योगव्यवसायी एवं समाजसेवी र कान्छो छोरा टक्करबहादुर शाह नेपाली कांग्रेस अछामको सचिव हुनुहुन्छ । जेठो छोरा मोहनबहादुर शाह अवकास प्राप्त राष्ट्रसेवक हुनुहुन्छ ।