युवा प्रदेशीयपछि गाउँकाे विकासमा महिला

क्याप्सन ः बाजुराकाे बुढीगङ्गा नगरपालिका ८ नुवाकाेटकी महिला गाउँमा गाेरेटाे बाटाे निर्माण गर्दै । तस्बिर ः सुदूरपाटी

शेरबहादुर सार्की

बाजुरा , माघ २० गते । बाजुराका अधिकाशं गाउँ बस्तीका युवा रोजगारिका लागि भारतमा विभिन्न ठाउँमा जान थालेपछि यहाँको विकासमा महिला  जाग्न थालेका छन् । 

व्यरोजगारिले गाउँका सबै युवा कामको खोजीमा भारतमा जान थालेपछि यहाँका खानेपानी बाटो स्वास्थ्य शिक्षा लगायतका भौतिक पुर्वाधार विकासमा महिला जाग्न थालेका हुन् ।

युवाका लागि गाउँमा बसेर गरिखाने केही व्यवस्था नभएपछि पछिल्लो समय यहाँका अधिकाशं गाउँ बस्ती युवा विहिन हुँदै गएको बुढीगङगा नगरपालिका – ८ नुवाकोटकी कमला थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ अहिले यहाँका धेरै युवाहरु कामको खोजीमा भारतका विभिन्न ठाउँमा जाने गरेकोले यता गाउँमा आएका योजनामा हामी महिलाले काम गर्नु परेको छ । ”

घरपरिवार पाल्नका लागि भएपनि यहाँका युवाले सधै यसरी नै कामका लागि भारतमा विभिन्न ठाउँमा जानथालेपछि गाउँमा आएका विकास निर्माणका काम कार्यमा महिलाले गर्नु पर्ने बाध्य भएको छ । गाउँमा आउने गरेका विकासका काम महिलाले पाउँन थालेपछि घरमा बाबालिकाहरुलाई भने विद्यालयमा पढाउँन सहज भएको थापाले बताउनुभयो ।

बाजुराको हिमाली , स्वामिकार्तिक खापर , जगनाथ , बुढीनन्दा , बडिमालिका , गौमुल , बुढीगङ्गा त्रिवेणी र खप्तड छेडेदह गाउँपालिकाका अधिकाशं युवा हिउँदको महिना कामको खोजीमा भारतमा जाने गर्दछन् । 

उनीहरु यसरी कामको खोजीमा भारतमा जाने गरेपछि पछिल्लो समय यहाँका अधिकाशं गाउँ बस्तीमा खाती हुँदै गएका छन् । गाउँमा आउने विकास निर्माणका काम पनि पछिल्लो समय महिलाले नै गुर्न परेको छ । 

युवाले गाउँ खाली भएपछि अहिले गाउँमा आउने गरेका साना विकास निर्माणका योजनामा यहाँका महिलाहरुले काम गर्ने गरेपछि महिलाहरुलाई पनि पछिल्लो समय घर खर्च चलाउँन निकै सहज भएको थापाले बताउनुभयो ।

केही समय पहिला सबै युवा गाउँमा हुन्थ्ये । गाउँमा आउने विकास निर्माणका काममा महिलाहरुले काम पाउँदैन थिए । यदी काम पाएपनि युवालाई एक दिनको एक हजार र महिलालाई एक दिनको पाँच समय मात्र दिने चलन थियो । 

अहिले युवा कम महिला बढी छन् । त्यसैले जति युवाले काम गर्दा रकम पाउँछन् । त्यति नै रकम महिलालाई पनि दिने गरेको बुढीगङगा नगरपालिका –८ का  सामाजिक अभियन्ता कृष्णबहादुर थापाले बताउनुभयो । 

उहाँले भन्नुभयो, “ २०८०÷८१ को बिनियोजित बजेट २ लाख ५० हजारले नुवाकोट गाउँको यकदमै अप्ठ्यारो १४० मिटर लम्बाई गोरेटोबाटो पीच गर्ने कार्यमा यहाँका सबै महिलाहरु आफै लागेका छन् ।”

उनीहरु आफुले पाउने ज्याला भन्दा पनि आफ्नो गाउँको विकासमा आफैले गर्न पाएकोमा निकै खुसी छन् । पछिल्लो समय यहाँ कसैलाई कम कसैलाई बढी ज्याला नभई सबै महिला पुरुषलाई समान खालको ज्याला दिने गरेको थापाले बताउनुभयो ।



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्