स्थानीयलाई स्वच्छ र सफा पानी खुवाउन सफल भईयो ः अध्यक्ष काफ्ले

पुनर्वास नगरपालिका १० भिमबस्तीमा रहेकाे बाईसी विचवा खानेपानी उपभाेक्ता तथा सरसफाई समितिका अध्यक्ष गाेपाल काफ्ले । तस्बिर ः तेजबहादुर सार्की

पुनर्वास नगरपालिका वडा नं –१० भीमबस्तीका गाेपाल काफ्ले बाईसी विचवा खानेपानी तथा सरसफाई समितिका अध्यक्ष हुनुहुन्छ । 

काफ्लेले अध्यक्षको जिम्मेवारी पाएपछि यस खाने पानी योजनाको काम पुरा गर्दै यहाँका स्थानीयको खानेपानीको समस्या हल गर्दै आउनु भएको छ । यो खानेपानीलाई भावि मर्मत तथा निरन्तरता दिनका लागि उहाँले के के योजना अघि सार्नु भएको छ भन्ने विषयका बारेमा बाईसी विचवा खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष गोपाल काफ्ले सँग सुदूरपाटी मिडियाका पत्रकार जेतबहादुर सार्कीले गरेको कुराकानीको सारसंक्षेप्त ।  

तपाईको जस्तै यहाँका अन्य गाउँमा पनि खानेपानी  योजनाको काम सुरु हुन् । तर ती योजना अहिले सम्म सफल भएका छैन् । तपाईले याे खानेपानीकाे याजना कसरी सफल पार्नु भयाे ? 

२०७४ साल देखि यो खानेपानी योजनाको काम सुरु भएको हो । पाँच वर्षको अविधि रहेको याे योजनामा मैले २०७८ सालमै सम्पन्न गरेको हो । 

यहाँका स्थानीयको अथक प्रयास र मेरो इमान्दारीताका साथ यो योजनाको काम समयै सम्पन्न भएकाे हो । यसै योजना सँगै सुरु गरेका अरु योजनाका काम अहिले सम्म सम्पन्न भएका छैन् । 

खानेपानीको कुल लागत कती हो ? 

४ लाख १५ हजार घनमिटर रहेको यो खानेपानी योजनाको कुल लागत ४ करोड ७ लाख ५० हजार हो ।  

तपाईकाे खानेपानीको कार्यालय छ ? यसमा कती जना कर्मचारी छन् ? र उनीहरुलाई मासिक कती तलव दिनु हुन्छ ?

खानेपानी समितिको आफ्नै कार्यालय छ । अहिले हामीले चार जना कर्मचारी राखेका छौ । एक जना कार्यालय सचिव र तीन जना अन्य गरी चार कर्मचारी छन् । सचिवलाई ११ हजार र अन्यलाई आठ हजार  मासिक तलव दिने गरेका छौ ।

पानीकाे शुल्क लिने गर्नु भएको छ ? 

एक यूनिटको दश रुपियाँ लिने गरेका छौ । यहाँ सात सय घरपरिवार छन् । एक महिनाको झण्डै ७० हजार रकम सङ्कलन हुन्छ । यो रकमबाट कर्मचारी पाल्छौ । अनी पाईप टुटफुट भएमा मर्मत सम्भार गर्छौ । 

खानेपानी उद्धघाटन गर्नु भएको छ या छैन् ? 

हामीले खानेपानी उद्धघाटन गरेका छैनौ । खानेपानी उद्धघाटन गर्दा धेरै समय लाग्ने भएकोले यहाँका स्थानीयलाई पानीको समस्या हुँदा उद्धघाटन नगरिनै खानेपानी सञ्चालनमा ल्याएका छौ ।  

यहाँका सबै घरमा खानेपानी पुगेको छ ?  या छैन ।

भिमबस्तीमा रहेको झण्डै सात सय घरधुरीमा अहिले खानेपानी पुगेको छ । यहाँकाे देउराली डाँडामा गर्मीकाे समय पानी अली कम जाने गरेकाे छ । त्यो ठाउँमा अलि अग्लो भएकोले त्यहाँ पानी विस्तारै जाने गरेको हाे । यहाँका सबै स्थानीयले खानेपानीको धारा खोलेपछि त्यस ठाउँमा पानी कम जान्छ । यसका लागि हामीले अन्य विभिन्न निकाय सँग समन्वय तथा सहमति गर्दै पानी पुगाउने तयारीमा छाै ।

यो भन्दा पहिला यो गाउँका स्थानीयले कहाँको पानी खाने गरेका थिए ?

यो भन्दा पहिला यहाँका स्थानीयले नलको पानी खानेपानी खाने गरेका थिए । त्यो पानी खासै राम्रो थिएन । तै पनि यहाँका स्थानीयलाई अरु पानीको कुनै व्यवस्था नहुँदा उनीहरु लामो समय देखि नलको पानी खान बाध्य भएका थिए । नलबाट आउने गरेको पानी रातो भएकोले त्यो स्वास्थ्यका लागि उपयुक्त थिएन । 

अहिले यो खानेपानीको मोटर तेलबाट या विद्यतुबाट चलाउने गरेको छ ? 

विद्यतु , डिजेल र पेट्रोलेबाट खानेपानीको मोटर चलाउँने गरेका छौ । विद्युत भएको बेला विद्युत नभएको बेलामा पेट्रोल र डिजेलबाट मोटर चलाउँने गरेका छौ ।

याे खाेनपानी समितिमा कती जना सदस्य रहेका छन् ? 

अहिले ८ जनाको समिति छ । यो समितिमा ४ महिला ४ पुरुष रहेका छन् । दलित जनजाती सबैलाई समेटेर समिति बनाएको हो । खानेपानीको मर्मत सम्भार तथा निर्माणको क्रममा सबैको उत्तीकै देन रहेको छ  । 

खानेपानी सञ्चालन गरेको झण्डै तीन वर्ष भयो । यसमा केही सामाग्री बिग्रीने गरेको  छ की ?

२०७८ साल देखि खानेपानी सञ्चालन गरेका हौ । अहिले सम्म यसमा केही खरावी आएको छैन् । जसरी पहिला पानी चल्ने गरेको थियो । त्यसै गरी अहिले पनि घरघरमा पानी राम्राे सँग सुचारु भइरहेको छ । 

खानेपानी मर्मत सभ्भारका लागि कोष स्थापना गर्नु भएको छ ?

खानेपानी मर्मत सम्भारका लागि यसबाट उठेको केही पैँसा बैक जम्मा गर्ने गरेका छौ । भने केही पैँसा सहकारीमा जरम्मा गरेका छौ । केही समयपछि हामीले यसैलाई  नै सहकारी स्थापना गर्ने योजना रहेको छ ।

खानेपानीले सिँचाइ हुन्छ की ? 

खेतीका लागि भने सिँचाइ हुँदैन । घरमा लगाएको केही मात्रमा तरकारीमा भने यसै पानीले सिचाँइ गर्ने गरेका छन् । प्राय यहाँका अधिकाशं स्थानीयको घरघरमा मोटर भएकोले याे पानी सिचाँइमा प्रयोग हुँदैन । 




यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्