सरस्वती पुजामा दलितलाई विभेद

सरस्वती पुजामा दलितलाई विभेद गरिएको अछामको साँफेबगर नगरपालिका वढा नं –९ बुढाकोट मावि । तस्बिर ः सर्जन परियार
शेरबहादुर सार्की / सुरत सुनार
अछाम , माघ २१ गते । अछामको साँफेबगर नगरपालिका वढा नं –९ बुढाकोट माविको सरस्वती पुजामा दलितलाई विभेद गरिएको छ ।
आज श्रीपञ्चमीको दिनमा देशभरका अधिकाशं विद्यालयमा सरस्वती पुजा गरिएको छ । त्यो सगै आज साँफेबगर नगरपालिका वडा नम्बर –९ बुढाकोट स्थित बुढाकोट माविमा पनि धुमधामका साथ सरस्वती पुजा गरिएको छ ।
सुदूरपश्चिमका नौ वटै जिल्लाका विभिन्न विद्यालयमा समेत आज सरस्वती पुजा गरियो । त्यसमा विद्यालयका बालबालिका अभिभावक शिक्षक शिक्षिका सबैको सहभागितामा रहेको थियो ।
त्यहाँ कोही कसैले कसैलाई पनि कुनै प्रकारको केही विभेद गरिएन । सबैले समान रुपले पुजा गर्न पायो । तर अछाम जिल्लाको साँफेनगरपालिका –९ मा रहेको बुढाकोट माविमा आज गरिएको सरस्वती पुजामा भने यहाँ एक पण्डितले दलित माथि टिका लगाउँदा निकै विभेद गरियो ।
सो विद्यालयले आयोजना गरिएको सरस्वती पुजा कार्यक्रममा बुढाकोटका चेतराज भट्टले सो विद्यालयका शिक्षक अभियभाव सङघका अध्यक्ष सर्जन परिवारलाई टिका ग्रहण गरिएन । त्यति मात्र होईन यहाँ पढ्दै गरेका अन्य दलितका बालबालिकाहरुलाई समेत सो भट्टले टिका लगाई दिएनन् ।
अध्यक्ष सर्जन परिवार र दलित बालबालिकाहरु टिका लगाउँने तयारी भएकै बेलामा पुजाको नेतृत्व समाल्दै आएका चेतराज भट्ट सबैलाई टिका लगाउँदै दलितलाई टिका नलगाई त्यहाँबाट हतारमा घर फर्किएको साँफे नगरपालिका वडा नं –९ बुढाकोटका सर्जज परिवारले बताउनुभयो ।
उहाँले भन्नुभयो, “आज सरस्वती पुजाको दिन । म र मेरो श्रीमति दुवै जना सानी छोरीलाई लिएर विद्यालयमा नाम लेखाउँने गरी विद्यालयमा गएका थियौ । त्यहाँ सरस्वती पुजाको निकै रमझम थियो । त्यहाँ चेतराज भट्टले गैरदलितका बालबालिका सबैलाई टिका लगाई रहनु भएको थियो । मैलै मेरो छोरीको नाम लेखाई म पनि टिका लगाउँन जानु पर्यो भनेर त्यहाँ जाँदा उहाँले मलाई पातमा टिका राखी दियो । अनी आफु अन्य गैरदलितलाई टिका लगाएर घरमा जानु भयो ।”
मैले यस्तो किन गर्नु हुन्छ । म पनि एक जिम्मेवारी अभिभावक हुँ । म यस विद्यालयको शिक्षक अभिभावक सङ्घको अध्यक्ष पनि हो । अनी मलाई तपाईले पातमा टिका दिनु भयो । आफैले किन लगाउँनु भएन । यहाँका दलित बालबालिकाहरुलाई समेत तपाइले कोहीलाई पनि टिका लगाइ दिनु भएन । भन्दा उहाँले मेरा घरमा काम छ भनेर मलाई र यहाँ पढ्दै गएका दलितका बालालिकाहरुलाई टिका नलगाई विभेद गरेर कुनै कुरा नसुने र सिधै घरमा लाग्नुभयो ।
यती मात्र कहाँ होर यहाँ मलाई प्रत्येक वर्षमा चाँड पर्वको बेलामा सधै यसरी नै विभेद गर्छन् । २०८० सालको फागुन २ गतेका दिनमा पनि मलाई यसरी नै विभेद गरिएको थियो ।
त्यसपछि २०८१ सालको असोज २९ गते का दिनमा पनि मलाई यसरी विभेद भएको थियो । अहिले आज सरस्वती पुजाको दिनमा पनि मलाई निकै विभेद गरिएको पीडित सर्जन परिवारले बताउनुभयो ।
म साँफेबाट आएको हुँ । मैले त्यो गुरुलाई तल बाटोमा भेटाएको हो । उहाँले म तपाईका लागि ढुकेको थिए । भन्नुभयो । म विद्यालयमा पुजा भइसेपछि त्यहाँ पुगेकोले मलाई यसको बारेमा केही कुरा थाहा नभएको बुढाकोट माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धुब्र थापाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “म विद्यालयमा पुगेपछि त्यहाँ विभेद भएको हल्ला चलेको थियो । मैले त्यहाँ गएर सर्जनलाई सोधेपछि उहाँले मलाई चेतराज भट्टले टिका नलगाई दिएको र म दलित भएकै कारण मलाई पुजामा विभेद गरेको भन्नुभयो । ”
हामीबाट कुनै प्रकारको विभेद छैन् । यसो गर्नु पनि हुँदैन । उहाँले यो सार्वजनिक ठाउँमा नै यस्तो प्रकारको विभेद गर्नु हुँदैन थियो । म विभेद गर्ने वा पीडित दुवैलाई विद्यालयमा बोलाउँछु । यसको बारेमा कसको गल्तीको सोही अनुसार मिलापत्र गर्छु ।
हामीले कसैलाई पनि विभेद गरेको छैन् । आज यो कुरा यहाँ यस्तो भयो । यो दुखत कुरा पनि हो अहिले यस्तो कतै ठाउँमा छैन् । यो गलत हो हामीले यो पर्था रोक्नका लागि छाउगोठ भत्काउने गर्यो । जातीय विभेद अन्त्यका विभिन्न कार्यक्रम गर्यौ । यो निकै गलत हो । म पहिला त्यहाँ पुगेको भए की गुरु आउट हुन्या थिया । की सर्जन र म पनि उहाँको हातबाट टिका नै लगाउँने थिएन थापाले बताउनुभयो ।
पहिला हाम्रो एक जना प्रर्भाका पण्डित थिए । आज उहाँ आउनु भएन । त्यसपछि हाम्रो एक जना गाउँका पण्डित थिए । उहाँलाई पुजा गरिदिनु भनेर विद्यालयमा बोलाएको बुढाकोट माविका प्राधानाध्यापक चक्रबहादुर कुँवरले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ पुजाका लागि बुढाकोटका चेतराज भट्ट आउनु भएको हो । उहाँले दुइ चार जनालाई टिका लगाउँनु भयो । त्यसै बेला सर्जन आएपछि उहाँले सर्जनलाई टिका नलगाई दिएर मलाई ढिला भयो भनेर घरमा जानु भएको हो । ”
टिका नलगाएर गुरु त्यहाँबाट घरमा गएपछि सर्जनले म दलित भएको कारण टिका नलगाएर भाग्नु भएको हो भन्नुभयो । मैले पनि गुरुलाई भने तपाईले सबैलाई टिका लगाएर जानु पर्ने हो । भन्दा उहाँले मनाई धेरै ढिला भयो भनेर घरमा जानु भएको प्राधानाध्यापक कुँवरले बताउनुभयो ।
यता २०७२ सालको संविधान भाग १८ मा समानताको हकको व्यवस्था छ । यसमा सबै नागरिक कानूनको दृष्टिमा समान हुनेछन् भनेको छ । कसैलाई पनि कानूनको समान संरक्षणबाट वञ्चित गरिने छैन । भनेर प्रष्ट लेखेको छ ।
सामान्य कानूनको प्रयोगमा उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिंग, शारीरिक अवस्था, अपांगता, स्वास्थ्य स्थिति, वैवाहिक स्थिति, गर्भावस्था, आर्थिक अवस्था, भाषा वा क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गरिने छैन । राज्यले नागरिकहरूका बीच उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिंग, आर्थिक अवस्था, भाषा, क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गर्ने छैन ।
सामाजिक कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत वा भेदभाव गरिने छैन ।
कुनै वस्तु, सेवा वा सुविधा उत्पादन वा वितरण गर्दा त्यस्तो वस्तु, सेवा वा सुविधा कुनै खास जात वा जातिको व्यक्तिलाई खरीद वा प्राप्त गर्नबाट रोक लगाइने वा त्यस्तो वस्तु, सेवा वा सुविधा कुनै खास जात वा जातिको व्यक्तिलाई मात्र बिक्री वितरण वा प्रदान गरिने छैन ।
उत्पत्ति, जात, जाति वा शारीरिक अवस्थाको आधारमा कुनै व्यक्ति वा समुदायलाई उच्च वा नीच दर्शाउने, जात, जाति वा छुवाछूतको आधारमा सामाजिक भेदभावलाई न्यायोचित ठान्ने वा छुवाछूत तथा जातीय उच्चता वा घृणामा आधारित विचारको प्रचार प्रसार गर्न वा जातीय विभेदलाई कुनै पनि किसिमले प्रोत्साहन गर्न पाइने छैन ।
यदी को केही कसैले यस्तो प्रकारको विभेद गरे बमोजिम कसुर गर्ने व्यक्तिलाई तीन महिनादेखि तीनवर्षसम्म कैद वा एक हजार रुपैयाँ देखि पच्चीस हजार रुपियाँ सम्म जरिवानावा वा दुवै हुने प्रष्ट गरेको छ ।
बुढाकोट माविमा आज भएको सरस्वती पुजामा त्यसै विद्यालयका शिक्षक अभिभावक सङ्घका अध्यक्ष सर्जन परिवारलाई जातकै कारण विभेद भएको राष्ट्रिय दलित पत्रकार महाँसघं जिल्ला शाखा अछामका अध्यक्ष रमेश परियारले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सार्वजनिक स्थलमा यसरी दलित माथि विभेद गरिनु भनेको कानुनको उलङ्घन गर्नु हो । यस बारेमा दोषीलाई कडा कारबाहीका लागि सम्बन्धी निकायमा जोडदार माग गरिन्छ । ”
दलितको सीप श्रम बैस पैसा पेशा सबै चल्ने र चलाउँने तर जातकै कारण यहाँका हजारौ दलितले वर्षेनी यस्ता प्रकारका विभेद सहुन परेको अवस्थालाई मध्यनजर गर्दै अब देखि यस्ता खालका घटना उत्पन्न गर्ने जो कोहीलाई कानुनको दायरामा ल्याएर कारवाही नगर्दा सम्म दलित चुल लागेर नबस्ने अध्यक्ष परियारले बताउनुभयो ।
अछामको साँफेबगर नगरपालिका वढा नं –९ बुढाकोट माविकाे सरस्वती पुजामा जातीय विभेद गरेवाफत पण्डित चेतराज भट्टले पाएकाे लाजकाे प्रमाण पत्र । तस्बिर ः सर्जन परियार