पुल निर्माण भएको एक वर्षमै गाडीलाई आलो पालो

बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुईगाड खोलामा निर्माण गरिएको पक्की पुल । तस्बिर ः सुदूरपाटी
शेरबहादुर सार्की
बाजुरा , फागुन १ गते । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुईगाड खोलामा निर्माण गरिएको पक्की पुलमा गाडीलाई एक वर्षमै आलोपालो गर्नु परेको छ ।
२०७५ सालमा ५ करोड ९६ लाख १२ हजार १३० रुपियाँ २४ पैँसामा निर्माण गरेको सो पुलले धान्नु पर्ने पैचालिस टन लोड हो ।
गत वर्ष लोड टेष्ट गर्दा सो पुलले तीस तीस टनका दुइ वटा गाडी समेत धान्न नसकेपछि अहिले आलोपालो गर्नु परेको हो ।
२०६८ साल असार गुईगाड खोलामा ६० मिटर लम्बाई पुल निर्माणका लागि रोजेन्द्र थेगिम जिभि कैलालीले निर्माणको जिम्मा लिएको थियो ।
सो ठेकेदार कम्पनीले २०७५ सालमा निर्माणको काम सम्पन्न गरी यस पुलमा सावारी साधान सञ्चालन हुँदै आएका छन् । तर सडक विभागले भने यस पुलमा गाडी सञ्चालनका लागि अनुमित दिएको छैन् ।
२०७८ सालमा सडक डिभिजन कार्यालय साँफेबगर अछामले यस पुलको लोड टेष्ट गर्दा एउटा मात्र गाडीलाई आउजाउ गर्न सहज भएकोले २०८० सालमा सो पुलमा एक पटक एउटा मात्र गाडी हिड्ने गरी साइनबोर्ड टाँस गरेको थियो ।
सडक डिभिजन कार्यालय अछाम र पुल महाशाखाबाट आएको इन्जिनियरको टोलीले पुलमा पन्ध्र पन्ध्र टनका तीन गाडी हाल्दा दर्किएपछि त्यो पुलको छेउमा एक पटक एउटामात्र गाडी लेखेको साइनबोर्ड टाँस गरेर गएको सडक डिभिजन कार्यालय अछामले जनाएको छ ।
करोडौका भौतिक पुर्वाधार निर्माणका योजना ठेकेदारको लापरबाहीका कारण यसरी नै अस्थव्यस्थ हुने गरेका छन् । म्याद थपिन्छ काम लम्बिन्छ कुनै सरोकार निकायलाई भने केही चाँसो नभएको स्थानीय बताउँछन् ।
यता पुल निर्माणको काम समपन्न भएपछि जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी यहाँका स्थानीय र सडक डिभिजन कार्यालय अछामको सहभागितामा २०७५ सालमै पुल उद्धघाटन गरेको गुईगाड पुल निर्माणका इन्चार्ज कृष्ण ऐरले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ गुईगाड खतरनाक खोला हो । वर्खाको समय यो खोलामा आएको बाढीले पुलको पील्लरमा निर्माण गर्ने क्रममा क्षति गरिदियो । त्यो क्षति भएका ठाउँमा हामीले ग्याबिन राखेपछि अहिले पुलमा खासै केही असर भएको छैन् । ”
पुल निर्माणको काम सम्पन्न भएपछि सडक डिभिजन कार्यालय अछामलाई समेत जानकारी गरेको हो । सो कार्यालयले त्यति बेलानै पुलको लोड टेष्ट गर्नु पर्ने हो । अहिले आएर लोड टेष्ट गरेपछि अब पुल बनाउँन निकै समस्या भएको इन्चार्ज ऐरले बताउनुभयो ।
पैँचालिस टनको लोड धान्नु पर्ने सो पुलले त्यो तीस टन लोड समेत धान्न नसकेपछि अहिले सो पुलमा एक पटक एउटा मात्र गाडी चल्ने गरी बोर्डटाँस गरेको सडक डिभिजन कार्यालय अछामका सुपरभाइजर गोकुल गिरीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ पुल निर्माणको कामका कम्सल देखिएपछि अहिले फेरि पुन निर्माण गर्ने गरी रोजेन्द्र थेगिम जेवि कैलालीलाई पत्र पठाएका छौ । ”
फोन गर्दा कुनै सम्पर्क नआएपछि राजेन्द्र थेगिम जेवि कैलालीलाई पुल पुन निर्माण गर्नका लागि पत्रचार गरेको सुपरभाईजर गिरीले बताउनुभयो ।