सडकमा डोरी राखेर पैसा असुल

कञ्चनपुरकाे लालझाडी गाउँपालिका १ नाैरङ्गाका बालबालिकाहरु सडकमा डाेरी राखेर पैसा उठाउँदै । तस्बिर ः तेजबहादुर सार्की
कञ्चनपुर , चैत १ गते । कञ्चनपुरको विभिन्न ठाउँमा होरीको बेला सडकमा डोरी राखेर यात्रु सँग पैसा उठाउने गरेका छन् ।
लालझाडी गाउँपालिका वडा नं १ नौरगाका विभिन्न सडकमा आज बिहान देखि यहाँका बालबालिकाहरुले सडकमा डोरी राखेर यात्रु सँग पैसा उठाउँने काम गरेका छन् ।
आज बिहानै देखि उनीहरुको एक समुहले सडकमा डोरी बाँधेर यहाँ आउने जो कोही यात्रु सँग पैसा उठाउने गरेको स्थानीय बताउँछन् ।
प्रहरी प्रशासनले कसैको अनुमति विना अविर नदल्ने र बाटोमा डोरी राखेर पैसा नउठाउँने भनेको भएपनि यहाँका बालकालिहरु आज बिहानै देखिख सडकमा डोरीको साहायताले पैसा उठाउँदै आएका छन् ।
यहाँका बालबालिकाहरुले यसरी सडकमा डोरी राखेर पैसा उठाउने गरेकोपछि अहिले स्थानीयलाई निकै सास्ती खेप्नु परेको छ ।
बालबालिकाहरुले पैसा दिएपछि डोरी तलझार्ने र पैसा नदिएपछि डोरी लगाएर गाडी रोक्ने काम गरेका छन् ।
यसो गर्दा यहाँका स्थानीयलाई धनगढी महेन्द्रनगर पुनर्वास बेलौरी लगायतका क्षेत्रमा जान आउन समस्या हुने गरेको छ ।
आज बिहानै घरको काम काजले बजारमा जाँदै गरेको समय एक बालबालिकाहरुको झुण्डोले बीच सडकमा डोरी हालेर रोकेपछि बल्ल पैसा तिरेर घरमा आएको लालझाडी गाउँपालिका वडा नं १ खल्ला विचुवाका शुक्रम रानाले बताउनुभयो ।
उहाँले भन्नुभयो, पहिला प्रहरी ट्राफिकको डर हुन्थ्यो । आज बालबालिकाहरुले डोरी हालेर पैसा माग्ने गरेकोले उनीहरुको डर भएको छ । ”
यो काम गलत हो । यहाँका जनप्रतिनिधिहरुले पनि यसो नगर भन्नु पर्ने हो तर उनीहरुले पनि केही भन्दैन । यती बेला अधिकाशंले मदिरा खाएर गाडी हाँक्ने गर्दछन् । यसरी बालबालिकाहरुले पैसा माग्ने क्रमममा उनीहरुको ज्यान समेत जोखिम हुने गरेको रानाले बताउनुभयो ।
होलीका बेलामा प्राय यहाँका अधिकाशं यात्रुले मदिरा सेवन गरेर गाडी चलाउँने गरेका छन् । उनीहरुले यसरी गाडी हाक्ने गरेकोले बालबालिकाहरु जोखिममा रहेका छन् ।
यसैमा बालबालिकाहरु आफै सडकमा आएर यसरी डोरी राखेर पैसा उठाउँने काम गरेको उनीहरु झनै जोखिममा रहेको स्थानीय लालसिंह रानाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “बालबालिकाहरु यसरी सडकमा आएर पैसा उठाउने गरेको भएपनि अहिले सम्म यसलाई यसो नगर्नु कसैले भनेका छैन । ”
उनीहरुले बिहानै देखि सडकमा हिड्नेहरुलाई खुल्यामरुपमा पैसा उठाउने गरेको भएपनि अहिले सम्म त्यो ठाउँमा प्रहरी समेत नपुगेको रानाले बताउनुभयो ।
या होलीलाई व्यवस्थापन गर्ने गरी आज बिहानै देखि यहाँका विभिन्न ठाउँमा प्रहरी गस्तीमा पठाएको ईलाका प्रहरी कार्यालय टाउँनका प्रमुख महेश विक्रम शाहीले बताउनुभयो ।
होरी खेल्दा अरुको अनुमती लिनु पर्छ । जबरजस्ती गरेर होरी खेल्नु हुँदैन । यसरी अरुको अनुमति बिना होली खेल्ने रङ्ग दल्ने तथा डोरी सडकमा राखेर पैसा उठाउँने गरेको पाइएमा यसो गर्ने जो कोहीलाई आवश्यक अनुसार कानुनी कारवाही गर्ने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रशाद साप्कोटाले बताउनुभयो ।