हेमा श्री फाउन्डेसन नेपालद्धारा शैक्षिक सामाग्री वितरण

कैलालीको गौरीगङ्गा –६ मा रहेको हेमा श्री फाउन्डेसन नेपालका कार्यबाहक अध्यक्ष साँफे नगरपालिका १३ बाब्लामा रहेकाे जाल्पा देवि अाधारभूत विद्यालयमा अध्यनतर बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गर्दै । तस्बिर ः सुरेश भुल

सुरेश भुल

अछाम , असोज २९  गते । अछामको साँफेबगर नगरपालिका वडा नं –१३ बाब्लामा स्थित श्री जाल्पादेबी आधारभूत विद्यालयका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

कैलालीको गौरीगङ्गा –६ मा रहेको हेमा श्री फाउन्डेसन नेपालले सो विद्यालयमा अध्यनतर ३५ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । 

गरिब तथा विन्पन्न परिवारका बालबालिकाहरुलाई विद्यालयमा पठनपाठनमा सहज पुग्ने गरी झोला , कापी र कलम लगायतको शैक्षिक सामाग्री वितरण गरिएको हेमा फाउन्डेसन नेपाल कैलालीका कार्यबाहक अध्यक्ष हेमन्तराज जोशी (बाजे) ले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ गरिब तथा विपन्न परिवारका बालबालिकाहरु प्राय शैक्षिक सामाग्री नभएर पढाइ छोड्ने गरेका हुन्छन् ।”

संस्थाले उनीहरुको अवस्थालाई मध्येनजर गरेर यती बेला अछामको बाब्लामा स्थित जाल्पा देवि आधाभूत विद्यालयमा पढ्दै गरेका गरिब तथा विपन्न परिवारका बालबालिकाहरुलाई यो शैक्षिक सामाग्री वितरण गरेको कार्यबाहक अध्यक्ष जोशी (बाजे) ले बताउनुभयो ।

घरको आर्थिक अवस्था कम्जोर भएका बालबालिकाहरुका लागि संस्थाले वितरण गरेको यो शैक्षिक सामाग्रीले उनीहरुको पढाईमा निकै सहयोग पुग्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर विष्टले बताउनुभयो ।

हेमा श्री फाउन्डेसन नेपालले समाजमा भएका विसङ्गति विकृति हटाई सुद्धृढ समाज निर्माणका लागि विगत लामो समय देखि काम गर्दै आएको छ । यती मात्र होइन संस्थाले गाउँ बस्तीमा रहेका वयोवृद्ध तथा अनाथ बालबालिकाहरुलाई समेत आर्थिक तथा समाजिकरुपमा पनि सेवा दिदै आएको छ ।

वडापालिकाको समन्वयमा हेमा श्री फाउन्डेसन नेपाल कैलालीले बाब्ला स्थित श्री जाल्पा देवि आधारभूत विद्यालयमा पढ्ने गरिब तथा विपन्न परिवारका ३५ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको साँफे नगरपालिका वडा नं –१३ का वडा अध्यक्ष रुपबहादुर कुँवरले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ यहाँका विभिन्न विद्यालयमा पनि यस्ता धेरै बालबालिकाहरु पढ्न् गरेका छन् । यो संस्थाले ती बालबालिकाहरुलाई पनि यसरी नै शैक्षिक सामाग्री वितरण गरिदिएको भए उनीहरुको पढाइमा ठुलो सर्पोट हुने थियो । ”

बालबालिकाहरुको शैक्षिक अवस्थालाई परिवर्तन गर्नका लागि वडापालिकाले सरकारी तथा गैरसरकारी संघ संस्था सँग सधै समन्वय तथा सहकार्य गर्दै जाने वडा अध्यक्ष कुँवरले बताउनुभयो ।

हेमा श्री फाउन्डेसन नेपाल कैलालीले आयोजना गरेको यो शैक्षिक सामाग्री वितरण कार्यक्रमको प्रमुख अतिथि वडा अध्यक्ष रुप बहादुर कुँवर,बिशिस्ट अतिथि वडा सदस्य बिरु सुनार,हेमा श्री फाउन्डेसन नेपाल कार्यवाहक अध्यक्ष हेमन्त राज जोशी(बाजे) अतिथिमा युवा व्यवसायी टेकबहादुर बटाला , पुष्प बटाला , पृथ्वी बटाला , गोरख कुँवर रहनु भएको थियो ।

कार्यक्रममा शिक्षक , शिक्षिका विद्यार्थी फाउन्डेसनका पदाधिकारी,अभिभावक लगायत सयौ जना भन्दाबढीको उपस्थिति रहेको थियो ।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर विष्टको अध्यक्षतामा सम्पन्न भएको यो कार्यक्रमको स्वागत शुुभकामना मन्तव्य शिक्षक कालु बिस्टले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन विद्यालय प्राधानाध्यापक उमाकान्त जोशीले गर्नु भएको थियो ।

  






यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?