बाल तथा बहुविवाह रोक्नका लागि अन्तरक्रिया कार्यक्रम

शेरबहादुर सार्की
बाजुरा,भदौ ३० गते । जिल्लाको नौ वटै स्थानीय तहमा रहेका विद्यालय तथा गाउँ गाउँमा यती बेला बाल तथा बहुविवाह रोक्नका लागि अन्तरक्रिया कार्यक्रम सञ्चाल गरिएको छ ।

जिल्लामा पछिल्लो समयमा बालविवाह , बहुविवाह तथा घरेलुहिंसा बढ्दै गएको भन्दै जिल्ला प्रहरी कार्यालय बाजुराले बाबालिका तथा अविभावकहरुलाई भेला गर्दै एक अर्को बीच बालविवाह तथा बुहविवाह सम्बन्धित् अन्तरक्रिया कार्यक्रम सुरु गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराले, सामुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाा नौ वटै स्थानीय तहमा बेला बाल तथा बहुविवाह रोक्नका लागि गाउँ गाउँमा अन्तरक्रिया कार्यक्रम सञ्चाल गरिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक रविन्द्रबहादुर कठायतले, २०७९ भनदौ २९ गतेका दिन यस कार्यालय मातहत प्रहरी चौकी बडिमालिका बाजुराको आयोजनामा जिल्ला बाजुरा त्रिबेणी नगरपालिका वडा नं.९ स्थित सरोकारवाला निकाय, युवा तथा सर्वसाधारण व्यक्तिहरूलाई भेला जम्मा गराई बाल बिवाह र बहु बिवाह तथा कानुनी व्यवस्था सम्बन्धि अन्तरक्रिया तथा प्रशिक्षण गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, पछिल्लो समयमा बाजुराका अधिकाशं बालबालिकाहरु समाजिक सञ्चालको दुरुपयोग गर्दै विभिन्न हिंसात्क गतिविधिमा लाग्ने गरेकोले उनीहरुको आनीबानीमा परिवर्तन गर्नका लागि उनीहरुको अभिभावक सँगै बसालेर जनचेतनामुलक कार्यक्रम गरेको बताउनभयो ।

त्रिवेणी नगरपालिका –९ का स्थानीय सुन्दरी विकले,बालबिवाह तथा बहुविवाह सम्बन्धित् गाउँमा विभिन्न कार्यक्रम हुने गरेको भएपनि त्यसको कुनै सुनुवाइ नहुने गरी बालविवाह तथा बहुविवाह हुने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, गाउँका बालबालिकाहरुले बालबिवाह गरेमा उसलाई कानुनी प्रक्रियाबाट रोक्थाम गर्नु पर्ने हो तर यता अभिभावक नै तै चुप मै चुप गर्ने गर्दछन् , जसका कारण बालविवाह तथा बहुविवाह न्यूनिकरणमा समस्या भएको हो ।


विकका अनुसार , बालविवाह तथा बहुविवाह न्यूनिकरणमा सबै भन्दा बढी अभिभावक नै तगारो बनेको छ ।यती बेला जिल्ला प्रहरी कार्यालय बाजुराले आफै गाउँ गाउँमा आएर प्रत्यक्ष बालबालिका तथा अभिभावक सँग बसेर यसका बारेमा विभिन्न अन्तरक्रियम गर्दै आएको छ, ।जसले अब देखि बालविाह तथा बहुविवाह मा न्यूनिरकण हुने आश लागेको विकले बताउनुभयो ।

अभिभावककै मिलोमतोमा सबै भन्दा बालबिवाह हुने गरेकोले पहिलो पटक अभिभावकलाई नै बालविवाह गर्दा बालबालिकाहरुमा पर्ने असरका बारे तथा कानुनी प्रक्रियाका बारेमा अभिभावकलाई प्रशिक्षण गर्ने त्रिवेणी नगरपालिका प्रमुख कर्णबहादुर थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, कानुनी रुपमा केटा र केटीको उमेर बीस वर्ष भएपछि मात्र विवाह गर्ने प्राब्धान रहेको छ तर गाउँमा १५ वर्षकै उमेरमा अधिकाशं बालबालिकाहरुले विवाह गर्ने गरेका छन् । नगरपालिकाले अव देखि बालविवाह सम्बन्धि विभिन्न कार्यक्रम सञ्चालन गरी पालिकालाई नै बालविवाह मुक्त क्षेत्र घोषणा गर्ने तयारी रहेको बताउनुभयो ।

क्यास्पन ः जिल्ला प्रहरी कार्यालय बाजुराले त्रिवेणी नगरपालिका –९ बालबालिका तथा स्थानीयहरु बीच भएको अन्तरक्रिया कार्यक्रमका सहभागि । तस्बिर ः सुदूरपाटी

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?