पहाडको अर्गानीक आलु हिमाली होेटेलमा

कैलाली,कात्तिक ३० गते । पहाडको अर्गानीक आलु धनगढी शहरमा पुगेको छ ।गाई गोरुको गोवर मलबाट उत्पादन गरेको पहाडको अर्गानीक आलु धनगढीको चौराहा स्थित् हिमाली होटेलबाट बिक्री हुँदै आएको छ ।

बाजुराको बूढीगङ्गा नगरपालिका –५ नुवाघरका सुरेन्द्र थापाले बाजुरा,बझाग,डोटी, अछाम लगायतका जिल्लामा उत्पादन भएको अर्गानीक आलु पहाडबाट माग गर्दै धनगढीको चौराहा स्थित हिमाली होटेलमा बिक्री हुँदै आएको बताउनुभयो ।

धनगढीको चौराहा स्थित हिमाली होटेल सञ्चालक सुरेन्द्र थापाले, पहाडको अर्गानीक आलु स्वादिलो पौष्टीक तथा मानव स्वास्थ्यका लागि पनि अति उत्तम रहेकोले आफुले पहाडका विभिन्न जिल्लाबाट आलु मगाएर धनगढीमा बिक्री गर्दै आएको बताउनुभयो ।

थापाले भन्नुभयो, प्राय होटलमा आउने गरेका पाहुनाहरुले पछिल्लो समयमा आर्गनिक खानाको परिकार माग गर्दै आएकोले आफुले पहाडमा उत्पादन भएका आर्गानिक खाद्य तथा तरकारी धनगढीमा ल्याएर बिक्री गर्दै आएको बताउनुभयो ।

थापाका अनुसार , अहिले पहाडका विभिन्न जिल्लामा उत्पादन भएका आर्गानिक गहुँ जौ, कोदो, मार्सीधानको चामल, फाँपर आलु, सिमी लगायतका तरकारी तथा खाद्यान्न सामाग्री बिक्रीका लागि हिमाली होटेलमा राखिएका छन् ।

पहाडका आर्गनिक आलु बिक्रीका लागि यती बेला हिमाली होटेलमा पचास क्वीन्टल आइपुगेको छ थापाले भन्नुभयो,“यहाँका अधिकाशंले विषादीबाट उत्पादन गरेको आलु खाने गरेका छन् । हाम्रो पहाडको अर्गानिक आलु भने अहिले सम्म लिन कोही आउँदैनन् ।,,

आलुको स्वाद चाखेकाहरु फेरि पनि आलु किन्त्रका लागि आइरहेका हुन्छन् । आर्गानिक आलुको स्वाद नै नचाखेकाहरुलाई भने बिक्री गर्न समस्या भएको छ ।थापाले भन्नुभयो, भारतबाट आएको आलु अहिले फटुकरमा पचास देखि साठी रुपियाँमा बिक्री भएको छ, मैले पहाडको अर्गानीका आलु प्रति किलोको ४० देखि ४५ रुपियाँमा दिने गरेको छ ।

अहिलेको स्थानीय सरकारले अर्गानीक खेतीमा बढी जोड दिदै आएकोले पहाडका अधिकाशं स्थानीय तहमा किसानले पनि अर्गानीक आलु उत्दान गर्दै आएका छन् ।विषादीबाट उत्पादन गरेको तरकारीले मानव स्वास्थ्यमा निकै हानी पुगेको भन्दै स्थानीय सरकारले त्यहाँका किसानलाई आर्गानीक खेती उत्पादनमा जोड दिदै आएका हुन् ।

पछिल्लो समयमा धेरै युवाहरु तरकारी खेतीमा उत्प्रेरित बन्दै गएका छन् । विदेशमा पसिना बगाउनु भन्दानी स्वादेशमै केही गरेर खानुपर्छ, भन्ने युवाको सोचमा परिवर्तन भएपछि अहिले गाउँका धेरै युवाहरु तरकारी खेतीमा उत्प्रेरित हुँदै आएका हुन् ।

विषादी प्रयोग गरेर उत्पादन गरेको तरकारी खेतीले मानव स्वास्थ्यमा निकै असर गर्छ भन्ने कुराको ज्ञान अधिकाशंलाई थाहा छ, तर पनि यहाँका स्थानीयले अर्गानिक किन्न छोडेर विषादीबाट उत्पादन गरेको तरकारी खाने गरेका छन् ।

हाम्रो होटलमा अहिले पनि पहाडका विभिन्न जिल्लामा उत्पादन भएको आर्गनकि आलु बिक्री भइरहेको छ, तर पनि अधिकाशंले उही विषादी प्रयोग गरेको आलु प्रयोग गर्दै आएका छन् ।
आफ्नै गाउँमा उत्पादन भएको आलु आफैले प्रयोग गर्नु भन्दा भारतबाट आएको विषादी आलु प्रयोग गर्दा यहाँका आलु उत्पादन किसानमा निरासा छाएको छ ।

नेपालमै केही गर्नु पर्छ भन्ने युवाले गाउँमा धेरै परिश्रम गरेर उत्पादन गरेको अर्गानिक आलुले बजार नपाइनुले उनीहरुको खेती प्रतिको चाँसो पनि दिनानु दिन घट्दै गएको छ ।स्थानीय सरकारले पछिल्लो समयमा पहाडमा अर्गानिक खेती उत्पादनमा जोड भएको भएपनि बजारको व्यवस्था राम्रो छैन ।

कृषकले बङ्ैकको कर्ज लिएर उत्पादन गरेको तरकारी खेतीले बजार नपाएपछि अहिले उनीहरुलाई किस्ता तीर्न समेत धौ परेको स्थानीयको भनाइ छ ।आज भोली स्थानीय सरकारले युवालाई स्वरोजगार भन्ने कार्यक्रम् ल्याएका छन् ।

तर गाउँबाट भने हजारौँ युवाहरु रोजगारीका लागि विदेशीने क्रम दिनानुदिन बढ्दै गइरहेको छ ।युवाले सोचे जस्तो जागिर नमिल्नु र उनीहरुले गाउँमै गरेको खेती तथा व्यवसायले राम्रो बजार नपाउनुले ती युवा आफुले गरेको व्यवसाय प्रति पुनः निरास हुँदै विदेशीन बाध्य भएका हुन् ।

स्थानीय सरकारले गाउँका युवालाई तरकारी खेती उत्पादनमा उत्प्रेरित गदै आएको भएपनि बिक्री गर्नका लागि भने स्टोर तथा बजारको अँझै राम्रो व्यवस्था गर्न नसकेको स्थानीयको गुनासो गरेको छ ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?