दानसाँघु खोलामा पक्की पुल नहुँदा वारपारमा सास्ती

क्याप्सन ः बुढीनन्दा नगरपालिकाको दानसाँघु खोलामा ज्यान जोखिममा राखेर मोडरसाइल चलाउँदै गरेका स्थानीय । तस्बिर ः शेरबहादुर सार्की ÷बाजुरा

शेरबहादुर सार्की

बाजुरा, असोज १९ गते । बाजुराको पुर्विउत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिकाको दानसाँघु खोलामा पक्की पुल नहुँदा सवारी साधानलाई वारपारमा सास्ती खेप्नु परेको छ ।

मार्तडी देखि कोल्टी सडक सुचारु भएको झण्डै दश वर्ष भएपनि अँझै दानसाँघु खोलामा पक्की पुल निर्माण नहुँदा यहाँ चल्ले सवारी साधानलाई हिउँद वर्खा खोला वारपार गर्न निकै सास्ती खेप्दै आउनु परेको हो ।

हिउँदको महिना चिसोले खोला तर्न नसकिने र वर्खाको समय पनि पानीको वहाव बढ्दै जाने गरेकोले यहाँ सवारी साधानमा पनि वारपार गर्न निकै समस्या हुने गरेको जिप चालक पदम बडुवालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ हिउँदमा मार्तडी देखि कोल्टी सम्मको बाटो खासै बिग्रीने नभएकोले गाडी चलिरहन्छन् । तर दानसाँघुमा पक्की पुल नभएको कारण यहाँ हिउँद वर्खामा खोला तर्न समस्या हुने गर्छ ।”

यो खोलामा पक्की पुल भएको भए यहाँ वर्र्खाको समयमा कोल्टी , हिमाली जगनाथ र स्वामिकार्तिकका व्यापारीलाई सामान ढुवानी गर्न निकै सहज हुने गरेको बडुवालले बताउनुभयो ।

२०७२ साल देखि हिउँदको महिना यो सडकमा गाडी चल्न थालेपछि जिल्लाको पुर्वि उत्तर क्षेत्रका स्थानीयलाई दैनिक उपभोगयका सामाग्री ढुवानी निकै सहज भएको छ । 

अछामको साँफे बगर तथा मार्तडीबाट भेडा र खच्चरको भरमा खाद्यान ढुवानी गर्दै आएको यहाँ स्थानीयलाई मार्तडी कोल्टी सडकले निकै सहज गरेको भएपनि दानसाँघु खोलामा पक्की पुल नहुँदा भने वर्खाको समय फेरि समस्या हुने गरेको छ । 

हिउँदको समय बस, ट्रक , जिप र ट्क्याटर मार्तडी देखि कोल्टी सुचारु हुँदै आएपनि वर्खामा भने ती सबै सवारी साधान दानसाँघु खोला वारी नै रोकिने गरेपछि यहाँका स्थानीयलाई वर्खाको समय दैनिक उपभोग्य सामाग्री ढुवानी गर्न निकै समस्या हुने गर्छ ।

दानसाँघु खोलामा पक्की पुल नहँुदा वर्खाको समय यहाँका व्यापारीले भरियाद्धारा सामान ढुवानी गराउँने हुँदा स्थानीयबासीलाई चर्को मुल्यमा सामान खरिद गर्नु पर्ने बाध्यता छ ।

यहाँका नौ वटै स्थानीय तह तथा विभिन्न सरोकारवाला निकायहरुलाई जडाङ्गामा रहेको बेलिव्रिजलाई दानसाघुमा लिने सहमति बनाएको भएपनि पैँसा अभावका कारण त्यो पुल यता ल्याउन नसकेको बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक बोहराले बताउनुभुयो ।

उहाँले भन्नुभयो, “ दानसाँघु खोलामा तत्काल बेलिव्रिज हाल्नका लागि प्रदेश र सङ्घीय सरकार सँग माग गर्दै आएको भएपनि अहिले सम्म सुनुवाई  भएको छैन् ।”

स्थानीय सरकारले पुल बनाउँन सक्ने सम्भावना छैन् । प्रदेश र सङ्घीय सरकारले रकम हाल्दैन । त्यसैले यो  खोलामा पुल निर्माण हुन नसकेको बोहराले बताउनुभयो ।

अनाईगाड र भौनेराखोलामा हाल मोटरेवल पुल निर्माण भइरहेकोले बेलिव्रिज आश्यक नपर्ने तथा बाजुरा जिल्लाको मार्तडी देखि कोल्टी सडक खण्डको दानसाँघु खोलामा त्यसको आवश्यक छ । 

त्यसैले दानसाँघु खोलामा करिब ४० मिटर बेलिव्रिज उपलब्ध गराई दिनु भनेर सङघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतलाई भौतिक पुर्वाधार विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशले २०८० माघ  २२ गते पत्र पठाएको थियो ।

तर अहिले सम्म यो खोलामा पुल भने बनेको छैन् । यहाँका स्थानीयलाई यो पत्र कार्यान्वयन भए नभएको बारेमा पनि केही जानकारी छैन् । 

मार्तडी कोल्टी सडकलाई कालोपत्रे काम भइरहेको भएपनि दानसाँघु खोलामा पक्की पुल निर्माण हुने वा नहुने भन्ने कुराको केही जानकारी छैन् ।

यहाँका स्थानीयले दानसाँघु खोलामा पुल निर्माणका लागि पटक पटक माग राख्दै आएका भएपनि त्यसको सुनुवाई  भने कतैबाट भएको छैन् ।

मार्तडी कोल्टी सडक निर्माणको जिम्मा भौतिक पुर्वाधार विकास कार्यालय साँफेबगर अछामको हो । तर दानसाँघु खोलामा पक्की पुल बारे केही जानकारी नभएको भौतिक पुर्वाधार विकास कार्यालय साँफेबगर अछामका सुचनाअधिकारी देवि प्रशाद उपाध्यायले बताउनुभयो ।
























यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?