गाउँ छोडेर गएका बाढी पहिरो पीडित घर फर्किदै

क्याप्सन ः घर फर्किएका खप्तड छेडेदह गाउँपालिका –६ मैतोललाका स्थानीय । तस्बिर ः सुदूरपाटी

शेरबहादुर सार्की

बाजुरा, कात्तिक ५ गते । वर्खाको समय  पहिराेकाे डरले गाउँ छोडेर गएका बाजुराका बाढी पहिरो पीडित यती बेला घर फर्किन थालेका छन् ।

बाढीपहिरो पीडितहरुलाई अन्य कुनै सुरक्षित स्थानमा स्थानान्तरण गर्न नसकेपछि उनीहरु यती बेला धमाधम घर फर्किन थालेका हुन् ।

गत साउनमा आएको अविरल वर्षातका कारण घरको नजिक पहिरो पुगेपछि त्यो डरले घर छोडेर सुरक्षित ठाउँमा गएको खप्तड छेडेदह गाउँपालिका –६ मैतोलाका केशे नाथले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ त्यती बेला स्थानीय सरकारले एक त्रिपाल दिएकाे हाे ।त्यही त्रिपालकाे साहारामा वर्खाकाे समय काट्याै । पहिरोको डरमा घर छोडेर त्रिपालको बास बसेको चार महिना हुँदा पनि अहिले सम्म कतैबाट घरबासको व्यवस्था भएको छैन् ।”

बाढीपहिरो पीडितलाई केही व्यवस्था हुन्छ की भनेर पर्खिएको थिए । अहिले सम्म केही व्यवस्था नभएपछि अहिले फेरि यही पहिरोले जोखिम भएकै घरमा आएको नाथले बताउनुभयो ।

यो समस्या केशे नाथको मात्र छैन् । यस वडाका अन्य नाईनाका सुडारा , मैतोलाका स्थानीयको पनि अवस्था उस्तै रहेको छ । 

यहाँका नाईनाका ८६ सुदाराका ९ र मैतोलाका ११ घरपरिवार पनि बाढीपहिरोको निकै जोखिममा रहेका छन् । यो बस्तीका स्थानीयलाई अहिले सम्म कही कतैबाट पनि बास स्थानको व्यवस्था भएको छैन् ।

गत साउन ५ गते राती आएको अविरल वर्षातका कारण यी बस्तीका स्थानीय बाढीपहिरोको उच्च जोखिममा रहेका हुन् । 

यी बस्तीको तलमाथीबाट पहिरो आएपछि यहाँका स्थानीय गाउँ नजकिकैको विद्यालय तथा अन्य सुरक्षित स्थानमा त्रिपालको बास गदै आएका थिए ।

वर्खाको समय पानीबाट जोगिनका लागि स्थानीय सरकारले उनीहरुलाई त्रिपालको व्यवस्था गरेपनि बस्ती  स्थानान्तरणको लागि भने केही सुरसार गरेका छैन् ।

बाढीपहिरोले पुरै गाउँ बस्ती जोखिम भएपनि स्थानान्तरणका लागि भने कसैले चाँसो नदेखाएको खप्तड छेडेदह गाउँपालिका वडा नं – ६ नाईनाका स्थानीय सौरे विष्टले बताउनभुयो ।

उहाँले भन्नुभयो, “ गाउँ सम्म पहिरो पुगेको छ । त्यो पहिरो अहिले पनि बगिरहेको छ । बास बस्नका लागि अन्य ठाउँमा कतै छैन । त्यसैले अहिले पनि यसै गाउँमा बसोबास गर्दै आएका छौ । कुन दिन पहिरोमा पुरिने थाहा छैन् । ,,

बस्ती पुरै जोखिम भएपनि यसलाई स्थानान्रतण गर्नका लागि धेरै ठाउँमा पहल भएपनि अहिले सम्म केही खवर नभएको नाथले  बताउनुभयो ।

स्थानीय सरकारबाट त्यति बेला त्रिपाल वितरण गरेको हो । यती बेला नाईना बस्ती स्थानान्तरणका लागि भनेर गाउँपालिकामा केन्द्रिय सरकारबाट ४५ लाख रकम आएको खप्तड छेडेदह गाउँपालिका –६ वडा अध्यक्ष हर्कबहादुर विष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ यही रकमले यहाँका नाइना बस्तीका स्थानीयलाई गाउँमाथीको बाम्नेमाडु र कचलामा बसाल्ने योजना रहेको छ । ”

उनीहरुले त्यो ठाउँमा बस्ने सहमती भएपनि तिहार पछि उनीहरुलाई तुरुन्तै त्यो ठाउँमा बसाल्ने तयारी भएको अध्यक्ष विषटले बताउनुभयो ।















यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?