किसानलाई सुपत मुल्यमा घाँसको बीउ वितरण
सुरेश भुल
कैलाली , कात्तिक ५ गते । कैलालीको बर्दगोरिया गाउँपालिकाकाले किसानलाई सुपत मुल्यमा घाँसको बीउ वितरण गरेको छ ।
गाउँपालिकाले यहाँका छ वटै वडाका पाँच सय जना किसानलाई पचास प्रतिशत् अनुदानमा बर्सिन जातकाे घाँसको बीउ वितरण गरिएको हो ।
बजार देखि ४ लाख ५० हजार रुपियाँमा बीउ खरिद गरी किसानलाई दुइ लाख २५ हजारमा सो बीउ वितरण गरिएको बर्दगोरिया गाउँपालिकाले जनाएको छ ।
गाई भैसीका लागि उपयूक्त खालको घाँसको बीउ खरिद गरी यहाँका किसानलाई सुपत मुल्यमा वितरण गरिएको बर्दगोरिया गाउँपालिकाका पशु शाखा प्रमुख जय प्रशाद कोईरालाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ गत वर्ष झै यो वर्षमा पनि किसानलाई काट्न सहज हुने र गाई भैसीलाई खुवाउँदा पनि निकै उपयोगि हुने घाँसको बीउ वितरण गरेको छ ।”
गाई भैसी पालन गर्ने किसानलाई सहज तथा स्थानीय स्तरमा दुधको उत्पादकत्व वृद्धि गर्ने गरी बर्सिन जातकाे घाँसको बीउ विरतरण गरेको कोईरालाले बताउनुभयो ।