गौशाला निर्माण भएपछि स्थानीय हर्षित्
सुरेश भुल
कैलाली , कात्तिक ५ गते । कैलालीको घोडाघोडी नगरपालिका वडा नं १० पहलमानपुरमा गौशाला निर्माण भएपछि यहाँका स्थानीय हर्षित भएका छन् ।
गौशाला निर्माण नहुँदा छाडा पशुचौपायाहरुले यहाँका कृषकले लगाएको धान गहुँबाली सखाप पार्ने गरेका थिए ।
यती बेला घोडाघोडी नगरपालिकाले गाउँमै गौशाला निर्माण बनाएसँगै ती छाडा पशुचौपायाहरु पनि नियन्तरणमा आएपछि अब भने लगाएको खेती खान पाइने भयो भन्दै यहाँका स्थानीय निकै हर्षित भएका हुन् ।
गाउँमा लगाएको खेती यहाँका छाडा गाई गोरुले खाने गरेको थियो । यती बेला स्थानीय सरकारले ती गाई गोरु नियन्तरणमा राखेपछि यती बेला निकै खुसी भएको स्थानीय कृषक वीरबहादुर विकले बताउनुभयो ।
उहाँले भन्नुभयो, “पहिले त्यो ठाउँमा गौशाला थिएन । गौशाला नहँुदा लगाएको खेती , बारी नोक्सान गर्दै आएका थिए । ”
यती बेला ती छाडा गाई गोरु सबै गौशालामा हुल्याएपछि अब भने लगाएको खेती पनि खाने पाईने आश भएको विकले बताउनुभयो ।
छाडा पशु चौपायाले सडक दुर्घटना सँगै किसानले लगाएको खेती समेत नष्ट गरिदिने भएकोले यती बेला ती गाई गोरु नियन्तरण गर्नका लागि गौशाला निर्माण गरेको घोडाघोडी नगरपालिकाको १० नं वडा कार्यालय जनाएको छ ।
लगाएको खेती सबै राती आएर गाई गोरुले सखाप पार्ने भएको यहाँका स्थानीयले गौशालाको माग गर्दै आएपछि यती बेला उनीहरुको माग अनुसार गाउँ नजिकै एक गौशाला निर्माण गरेको वडा अध्यक्ष विजयराज स्वारले बताउनुभयो ।
उहाँले भन्नुभयो, “वडापालिकाले २० सङ्घीय सरकारको २० लाख गरी ४० लाखमा त्यो गौशाला निर्माण गरेको हो । ”
गौशाला निर्माण भएपछि अब भने यहाँका स्थानीयले लगाएको वर्खा तथा हिउँदमा लगाएको सबै बाली राम्रो सँग पाकेर उनीहरु खान पाउँने आश भएको अध्यक्ष स्वारले बताउनुभयो ।