विद्यालयमा कुनै पनि शुल्क नलिएर बालबालिकालाई निशुल्क रुपमा शिक्षा प्रदान गर्दै आएका छाै ः ओझा

ताेली देवलडाँडा माविका प्राधानाध्यापक ।
बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा नं –४ तोलीमा रहेको तोली देवलडाँडा माविले पछिल्लो समय गुणस्तरीय शिक्षा क्षेत्रमा निकै सुधार ल्याएको छ । यस सन्र्धममा विद्यालयको विकासका आयामहरू र आगामी दिनमा शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तनका लागि तय गरिने योजनाका सम्बन्धमा तोली देवलडाँडा माविका प्राधानाध्यापक विष्णु प्रसाद ओझा ज्यु सँग सुदूरपाटी मिडियाका प्रकाशक सम्पादक श्री शेरबहादुर सार्कीले गरेको कुराकानी सारसङ्क्षेप ।
बाजुराको त्रिवेणी –४ तोलीमा रहेको तोली देवलडाँडा माविले शैक्षिक क्षेत्रमा निकै सुधार ल्याएको भन्ने छ । यसको श्रेय कसलाई लिन सकिन्छ ?
विद्यालयको शैक्षिक सुधारका लागि व्यवस्थापन पक्ष, अभिभावकको सकारात्मक सहजीकरण र शिक्षक कर्मचारीहरूको समन्वयात्मक भूमिका आवश्यक हुन्छ ।
प्रधानाध्यापकको रूपमा मैले यी सबै कुराको तादाम्यता मिलाउने प्रयास गरिरहेको छु । सरोकारवाला सबै पक्षको रचनात्मक भूमिका प्राप्त भइरहेको छ ।
तसर्थ विद्यालयको सुधारको श्रेय म एक्लैले लिनुभन्दा पनि माथि उल्लिखित सबै पक्षलाई दिनुपर्ने हुन्छ । आगामी दिनहरूमा यस प्रयासले थप नतिजा देखाउनेमा म विश्वस्त छु ।
शैक्षिक शत्र २०८१ सालको नगरपालिकाले लिने गरेको नगर स्तरीय परीक्षामा कक्षा ५ र ८ मा कस्तो नतिजा आयो ?
शैक्षिक सत्र २०८० को नतिजा मध्यम प्रकृतिको थियो । ५ को उत्तीर्ण दर ७५५ प्रतिशत कक्षा ८ को उत्तीर्ण दर ५०५ वरिपरि थियो । यस बर्ष समष्टिमा गत बर्षको तुलनामा उत्तीर्ण दर र समष्टि सिकाईमा रचनात्मक सुधार भएको छ र प्रतिशतमा पनि उल्लेख्य बढोत्तरी भएको छ ।
तपाईको विद्यालयमा भौतिक पुर्वाधारको अवस्था कस्तो छ ?
पछिल्लो दशक विद्यालयको भौतिक पक्षको द्रुत गतिमा सुधार भएको छ । यसमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ र अभिभावकको सकारात्मक सहयात्राका साथ अगाडि बढेका छौँ । विद्यालयका शिक्षक कर्मचारीहरूको पनि होस्टेमा हैँसे प्राप्त हुनु यसको श्रेय हो । अहिले कक्षाकोठा नभएर बालबालिका बाहिर बस्नुपरेको छैन ।
२०८१ सालमा कती जना विद्यार्थीहरु विद्यालयमा भर्ना भएका थिए । २०८२ सालमा कती जना विद्यार्थी भर्ना भए ?
विद्यार्थी सङख्या तलमाथि भइरहने बिषय हो । २०८१ मा यस विद्यालयमा ७७३ बालबालिका विद्यालयमा भर्ना भएका थिए । भने यस बर्षको नयाँ भर्ना विद्यार्थी बढ्ने सम्भावना रहेको छ । बालबालिका भर्नाका कामहरू अझै चलिरहेकाले गत वर्षको भन्दा यो बर्ष बढी हुन्छ ।
पछिल्लो समय यहाँका अधिकांश विद्यालयले विद्यार्थीहरुलाई मासिक तथा परीक्षा शुल्क समेत लिने गरेका छन् । तपाईको विद्यालयले शुल्क लिने नलिने के गरेको छ ?
तोलीदेवलडाँडा माध्यमिक विद्यालय शुल्कसून्य विद्यालय हो । ११ र १२ कक्षामा सामान्य शुल्क लगाएका छौँ, जून नगण्य मात्र छ । कक्षा ० देखि १० सम्म कुनैपनि विद्यार्थीले पढेवाफत विद्यालयलाई कुनै पनि शुल्क तिर्नु पर्दैन । यसर्थ हाम्रो विद्यालय पूर्णरूपेण निशुल्क शिक्षा दिन प्रतिबद्ध छ ।
तपाईको विद्यालय व्यवस्थापन समिति सँग कत्तीको समन्वय सहकार्य हुने गरेको छ ?
हाम्रो विद्यालयमा व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्को रचनात्मक साथ र सहकार्य प्राप्त भइरहेको छ । विद्यालय व्यवस्थापन समिति विद्यालयको अवस्था सुधारका लागि अहोरात्र खटिन तयार छ । आवश्यकताका आधारमा खटनपटन र समन्वयमा कुनै समस्या छैन ।
एसईई प्रायः यहाँका अधिकाशं विद्यालय निल हुन्छन् । तपाईको विद्यालयको विद्यालय पनि निल हुने गरेको छ ?
हाम्रो एसईईको नतिजा निराशाजनक त कहिल्यै थिएन । २०५७ सालमा जिल्ला भरि १ जना विद्यार्थी उत्तीर्ण भएको थियो । त्यो बर्ष निराशाको बर्ष रहेको देखिन्छ । नत शतप्रतिशत नतिजा ल्याएको नतिजा पनि छ । पछिल्लो दशकको नतिजा समीक्षा गर्ने हो भने तोली देवलडाँडा माविको नतिजा ४० देखि ७० प्रतिशतको वरपर आइरहेको छ ।
विद्यालयको भौतिक संरचना निर्माणका लागि स्थानीय प्रदेश तथा सङ्घीय सरकारले कतीको सहयोग गर्ने गरेका छन् ?
पछिल्लो केही बर्ष विद्यालयले सङघ प्रदेश र स्थानीय तहबाट बार्षिक रूपमा नै केही न केही सहयोग, योजना प्राप्त भएका छन् ।
विद्यालयको आन्तरिक स्रोत त सून्य छ । एउटा विद्यालयको भौतिक अवस्था सुधार भएको छ । तीन तहका सरकार र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट समेत सहयोग पाइरहेका छौँ ।
तपाईलाई विद्यालयको प्राधानाध्यापकको रुपमा काम गर्न कत्तीको सहज छ ?
२०७६ सालमा म प्रधानाध्यापक नियुक्त भएको हुँ । पद गौण कुरा हो । शिक्षासेवी भइसकेपछि पेशाप्रति वफादार बन्नुपर्छ भन्ने मेरो मान्यता हो ।
त्यही अनुसार पहिले पनि काम गर्दै आएको थिए । त्यही ऊर्जालाई हेरी समुदायले मलाई प्रधानाध्यापकको रूपमा अघि सारेको हो । मैले सकेजति राम्रो गर्न आफ्नो क्षमताले भ्याएसम्म कोशिस गरिरहेको छु । रचनात्मक कार्यका लागि मलाई काम गर्न बाधा व्यवधान महसुस गरेको छैन । यसर्थ विद्यालय विकास, सुधार र पेशागत उन्नयनका लागि प्रशासकीय प्रमुखका हैसियतले काम गर्न मलाई कुनै समस्या छैन ।
तपाईका विद्यालयमा राहत नीजि अस्थायी र स्थायी गरी कती जना शिक्षक शिक्षिका छन् ?
विद्यालयमा माविमा २, निमावि ४ र प्रावि ५ गरी ११ स्थायी दरबन्दीमा कार्यरत शिक्षक छन् । मावि तहमा १ जना राहत र उच्च माविमा ४ जना अनुदान शिक्षकहरू हुनुहुन्छ ।
इसीडीमा ३ कोटा, एकजना लेखापाल र एक जना विद्यालय सहयोगीको अनुदान दरबन्दी रहेको छ । यो विद्यार्थी चापका दृष्टिले एकदमै न्युन हो । निमाविमा १ जना र विद्यालय सहयोगी २ जना गरी जम्मा ३ जना विद्यालयको आन्तरिक स्रोतबाट व्यहोर्नेगरी काम गरिरहनुभएको छ । यस बर्ष निजीस्रोत जनशक्ति बढाउनुपर्ने बाध्यात्मक अवस्था छ । स्रोत कसरी जुटाउने भन्ने समस्या भने जटिल छ ।
तपाईको विद्यालयमा प्रत्येक हप्तामा परीक्षा लिने गरेको छ । यसले विद्यालर्थीमा के परिवर्तन भयो ?
हामीले गतसालबाट साप्ताहिक परीक्षा शनिबार सञ्चालन गर्न शुरु गरेका हौँ । यसले परीक्षामा नतिजा उत्साहजनक पाइयो । यस बर्ष पनि यो कार्यक्रम निरन्तर रहन्छ । पक्कैपनि केही थप योजनाका साथ यस प्रकारको कार्यक्रम विस्तार गर्ने प्रयत्न हामी गर्ने पक्षमा छौँ ।
यहाँका कतीपय विद्यालयहरुमा प्रारम्भिक बाल कक्षाका बालबालिकाहरुको सङ्ख्यामा घट्दै गएको अवस्था छ । तपाईको विद्यालयमा के छ ?
बालबालिकाको सङ्ख्या मौजुदा समुदायको जन्मदरसँग पनि सम्बन्धित हुन्छ । यस विद्यालयमा प्रारम्भिक बालविकास केन्द्रका ३ कक्षाहरू बर्षेनी सञ्चालन हुन्छन् । हाम्रो यो तहको सेवा क्षेत्र पनि ठूलो भएकाले सङ्ख्या धेरै तलमाथि हुँदैन ।
यहाँका अधिकाशं विद्यालयमा विद्यालयको दिवा खाजामा अर्गानिक खाना खुवाउँने गरेका छन् । तपाईले पनि अर्गानिक खाजा खुवाउँनु हुन्छ ?
दिवाखाजाको मेनु अहिले मिश्रित छ । बाजुराभरि चामल तेल शिक्षाका लागि खाद्य कार्यक्रम अन्तरगत एकै प्रकारको छ । तरकारी र दाल स्थानीय उपजमा आधारित छ । समग्रमा दिवा खाजा राज्यले तोकेको मापदण्डभित्र रहेर स्थानीय उपजको उपस्थितिमा आयातित चामल र तेलले चलेको छ । यसलाई अर्गानिक र बालपोषणको मापदण्ड अनुसार नै भएको मान्नुपर्दछ ।
अहिले प्रायः गाउँमा गाउँमा प्राविधिक शिक्षाको पढ्ने विद्यार्थीको सङ्ख्यामा बढ्दै गएको हजुरको विद्यालयले यसको बारेमा केही योजना गर्नु भएको छ ?
प्राविधिक शिक्षाप्रति आकर्षण बढेको छ । युग सुहाउँदो र स्थानीय आवश्यकतामा आधारित शिक्षा प्राविधिक शिक्षा हो । हामीले पनि विगत केही बर्षदेखि प्राविधिक धार थप्ने प्रयास गरिरहेका छौँ । बाली विज्ञानमा डिप्लोमाका लागि सम्बन्धन प्रक्रियामा सहभागी भएका छौँ । आशा छ चाँडै तोली देवलडाँडा माविमा प्राविधिक धार पनि सञ्चालनमा आउनेछ ।
तपाईको विद्यालयमा स्थानीय प्रदेश तथा सघीय सरकारले यस्तो गरि दिन पाए थप बालबालिकाहरुको पढाईमा सुधार आउने थियो भन्ने केही छ ?
निश्चय पनि गर्नुपर्ने कामहरू धेरै छन् । जोड्नुपर्ने पूर्वाधार धेरै छन् । हामी सबै कक्षामा स्मार्टबोर्ड जडान गर्न चाहान्छौँ । यथाशक्य चाँडो विद्यालयलाई आवासीय सुविधाको विद्यालयको रुपमा रुपान्तरण गर्न चाहान्छौँ । त्यसका लागि नगरपालिका, प्रदेश सरकार र सङ्घीय सरकारको योगदान आवश्यक हुन्छ । त्यत्तिले पनि कतिपय कुरा पुरा हुने छैनन् । स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय सङ्घरसंस्थाहरूको सहयोग अपरिहार्य छ । कम्तीमा पहिलोपटक स्रोत जहाँबाट आएपनि हामी विद्यालयलाई आइसिटीपहुँचमा व्यापकता ल्याउन चाहान्छौँ । सबै तहका सरकार र अन्य सङ्घसंस्थाको सहयोग पाए शैक्षिक गुणस्तर सुधारमा फड्को मार्नेछौँ ।
अन्तमा शैक्षिक शत्र २०८२ को लागि के कस्तो योजना तय गर्दै हुनुहुन्छ ?
विगत बर्षहरूका राम्रा अभ्यासहरू निरन्तर हुने नै छन् । यस बर्षका लागि थप क्रियाकलापहरूमा शिक्षक अभिभावक तथा विद्यार्थी सम्पर्क शिक्षक तोकी ‘हेलो अभिभावक कार्यक्रम’ त्रैमासिक रूपमा अभिभावक सचेतना कार्यक्रम, विद्यार्थीको घरदैलोमा विव्यस अध्यक्ष, वडाध्यक्ष, शिअसङ्घ, प्रधानाध्यापक सहित शिक्षकहरूले पटकपटक भेटघाट र प्रगतिरमौजुदा अवस्था विश्लेषण र सुधार योजना तर्जुमा गर्ने, छिमेकी विद्यालयमा आधारित सिकाई आदानप्रदान गर्न प्रअरशिक्षक घुम्ती गोष्ठी सञ्चालन गरिने, “हाम्रो विद्यालय राम्रो विद्यालय” हामीले नबनाए कस्ले बनाउला रु भन्ने भावना सहितको असल अभ्यास विकास कार्ययोजना निर्माण गरी सामाजिक पक्ष सुधार साथसाथै खेलमैदान, घेरापर्खाल सबलीकरण र सुधारका लागि सरकारी तथा गैरसरकारी संस्थाहरूको समन्वय र सहयोगमा पहलहरू गर्ने, भावी योजना तर्जुमा गर्नेक्रममा छौँ ।