दार्चुलामा अाएकाे बाढीपहिराेले धनजनकाे क्षति

दार्चुलामा, भदाै २५ गते । शुक्रबार रातिबाट परेको अविरल वर्षाले दार्चुलामा ठूलो जनधनको क्षति भएको छ। नौगाड गाउँपालिकामा पहिरोमा परि एक महिलाको मृत्यु भएको छ।मृत्यू हुनेमा  नौगाड गाउँपालिका–१ सल्लामा पहिरोमा परि ३० वर्षीया किम्ती ठगुन्नाको रहेकी छन्।

स्थानीयका अनुसार पानसिंह ठगुन्नाकी छोरी मोती ठगुन्नाकाे पनि मृत्यु भएको छ। मृतक बालिकाको शव पुरिएको अवस्थामा फेला परेको काका भरत ठगुन्नाले बताए।  शुक्रबार राति एकबजेतिर खसेको पहिरोमा फसेका मृतकका बुवा पानसिंह ठगुन्ना र आमा फागुनी ठगुन्नाको जिवितै उद्धार गरिएको छ। 

पहिरोले सल्लाका आठ घर पुरिएका छन् भने स्थानीय बिरा ठगुन्नाको हातखुट्टा भाँच्चिएर घाइते अवस्थामा उद्धार गरिएको छ। नौगाडमा पहिरोमा परि केही मानिस बेपत्ता भएको आशंका गरिएको छ। 

यता, दार्चुला सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ।  स्थानीयका अनुसार करिब डेढ दर्जन घरहरू बगेका छन्। अहिलेसम्म एक विद्यालय, ११ घर, दुई वटा पुल र केही सवारी साधन बाढीले बगाएको र ११ जना मानिस बेपत्ता भएकाे  जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक जगत गाहा मगरले बताउनुभयाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?