सुन्तला ढुवानीमा अनुदान पाएपछि कृषक हर्षित

क्याम्पस ः ढुवानी अनुदान पाएपछि गौमुलका –४ सुन्तला कृषक गोरखबहादुर रोकाया मार्तडी बजारको तुफान डाँडामा सुन्तला बिक्री गर्दै । तस्बिर ः गाेरख रोकाया बाजुरा ÷बाजुरा

शेरबहादुर सार्की
बाजुरा, माघ १७ गते । बाजुराको विभिन्न ठाउँमा उत्पादन हुँदै आएको सुन्तला बिक्री तथा बजारीकरणका लागि ढुवानी अुनदान पाएपछि यती बेला कृषक निकै हर्षित भएका छन् ।

कृषि ज्ञान केन्द्र बाजुराले जिल्लाका विभिन्न ठाउँका कृषकले उत्पादन गरेका सुन्तला बिक्री तथा बजारीकरणका लागि ढुवानी अनुदानको व्यवस्था गरेपछि यहाँका कृषक निकै हर्षित भएका हुन् ।

गौमुलमा उत्पादन गरिएको सुन्तला बिक्री तथा बजारी करण गर्नका लागि कृषि ज्ञान केन्द्र बाजुराले ढुवानी अनुदानको व्यवस्था गरिदिएपछि बिक्री गर्न निकै सहज भएको सुन्तला उत्पादक कृषक बताउँछन् ।

गाउँमा उत्पादन गरिएको अर्गानिक सुन्तलाले कतै बजार नपाएपछि बिक्री गर्न समस्या भएको गौमुल गाउँपालिका –४ का सुन्तला कृषक स्थानीय गोरख रोकायाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ अहिले कृषि ज्ञान केन्द्र बाजुराले सुन्तला बिक्री वितरण तथा बजारीकरणका लागि ढुवानीमा अनुदानको व्यवस्था गरेपछि अहिले सो सुन्ताला मार्तडी बजारमा बिक्री गर्दै आएको छु ।”

बारीमा कात्तिकमै पाकेको पनि कतै बिक्री हुन सकेको थिएन । यती बेला कृषि ज्ञान केन्द्र बाजुराले बारीबाट नै ढुवानी अुनदानको व्यवस्था गरेपछि बल्ल यो सुन्ताल मार्तडी बजारमा पुगेको छ ।

अहिले यो सुन्तलालाई होलसेलमा एक सय दश र फुटकरमा एक सय बीस रुपियाँमा मार्तडी बजारको तुफानडाँडाबाट बिक्री गरिरहेको रोकायाले बताउनुभयो ।

बाजुराका हिमाली , बुढीनन्दा , बडिमालिका गौमुल, त्रिवेणी , र खप्तड छेडेदह लगायतका स्थानीय तहमा सुन्तला राम्रो उत्पादन हुने गर्दछ ।

यता पहिला बुढीगङ्गा नगरपालिकाको बाह्रविस कुल्देवमाण्डौ बह्रमतोला लगायतका ठाउँमा पनि सुन्तला राम्रो उत्दान हुने गथ्र्यो । तर पछिल्लो समयमा भने यो ठाउँको सुन्तलाको बोट सुक्दै गएको यहाँका स्थानीयले बताएका छन् ।

पछिल्लो समय सुन्तला खेतीले यहाँका स्थानीयको जीविकोपार्जनमा सहज हुने सम्भावना देखिएकोले कृषकलाई सुन्तला खेतीमा उत्प्रेरित गर्दै आएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?