हिमपात भएपछि किसान खुसी

क्याप्सनः बाजुरामा हिजो राती वर्षासँगै परेको हिमपात । तस्बिर ः सौजन्य ÷बाजुरा

शेरबहादुर सार्की 

बाजुुरा माघ १८ गते । बाजुरामा लामो समयपछि जिल्लाका विभिन्न ठाउँमा हिमपात सुरु भएपछि किसान भने निकै हर्षित् छन् ।

हिउँदमा लगाएको गँहु जौ बाली सुक्न लागेका बेला हिजो रातीबाट वर्षासँगै हिमपात सुरु भएपछि सिचाँइमा ठुलो राहत मिलेको भन्दै किसान हर्षित् बनेका हुन् ।

त्रिवेणी नगरपालिका – ८ का कविता सार्कीले, हिउँदे खेती गँहु तथा तरकारी सिचाँइ नभएर सुक्नै लागेको समय बल्ल पानीसँगै हिमपात भएपछि गँहु जौ खेतीलाई निकै राहत पुगेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “ कात्तिकमा लगाएको गँहु खेती पानी नपरेर सुक्न लागेको थियो । अहिले वर्षासँगै हिमपात भएपछि खेती सचाँइमा सहज भयो ।,,
बाजुराको अधिकाशं बूढीनन्दा हिमाली, स्वामिकार्तिक ,बडिमालिका ,त्रिवेणी बुढीगङ्गा छेडेदह लगायतका ठाउँमा आकाशे पानीको भरमा खेती गर्ने गर्दछन् ।

सिचाँइ गरेको पानी भन्दा हिमपात भएपछि गँहुमा लाग्ने किरा फट्याङग्रा मर्ने भएकोले खेतीपाती राम्रो हुने गरेको सार्कीले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?