भ्यू टावर निर्माणको काम अलपत्र

क्याप्सन ः निर्माण कार्य अलपत्र परेको बार्जुकोट भ्यू टावर । तस्बिर ः सुदूरपाटी

शेरबहादुर सार्की
बाजुरा , फागुन १७ गते । बाजुराको बुढीगङ्गा नगरपालिका वडा नं –४ बार्जुकोट भ्यू टावर निर्माणको काम अलपत्र परेको छ ।

प्रदेश सरकार अन्तर्गतको पर्यटन विकास मन्त्रालयको आर्थिक सहयोगमा २०७७ साल बार्जुकोट भ्यू टावर निर्माणको काम सुरु गरिएको थियो ।

काम सुरु भएको पाँच वर्ष सम्म पनि त्यो भ्यू टावर निर्माणको काम भने अँझै सम्पन्न हुन सकेको छैन् ।

सो टावर निर्माणको जिम्मा लिएको उपभोक्ता समितिले समयमै काम सम्पन्न गर्न नसकेपछि अलपत्र परेको हो ।

बाजुराको ऐतिहासिक पुरातत्वको रुपमा रहेको सो भ्यू टावर निर्माणका लागि आर्थिक २०७७÷०७८ मा ३५ र २०७८÷०७९ दोस्रो वर्ष ५० लाख रुपियाँ विनियोजन गरेको थियो ।

बार्जुकोट भ्यू टावर निर्माणको जिम्मा लिएको सो उपभोक्ता समितिले त्यो रकमबाट पहिलो वर्ष चार लाख र दोस्रो वर्ष ३० लाख रुपियाँ भुक्तानी लिएपनि अहिले सम्म ७५ प्रतिशत जति मात्र काम गरेको छ ।

रकम अपुगका कारण काम गर्न नसकेपछि भ्यू टावर अलपत्र परेको भ्यूटावर निर्माण उपभोक्ता समितिका सचिव डम्मर रावतले बताउनुभयो ।

निर्माणको काम रोकिएपछि अहिले त्यो टावरको झ्याल ढोकाका सरिया समेत भाँचभुच र काटकुट गरेका छन् ।

यहाँका स्थानीयले करिब ७५ प्रतिशत भएको त्यो टावरमा पछिल्लो समय फेरि पुन निर्माण गर्नु पर्ने अवस्थाको बनाएको छ ।

बाजुराकै ऐतिहासिक धरोहरको रुपमा रहेको बार्जुकोट दरबारलाई पुन निर्माण गर्नुको सट्टा काम न काजको भ्यूटावर निर्माण गरेको स्थानीयको भनाइ छ ।

२०५८÷०५९सालमा शसस्त्रद्धन्दको बेला माओवादी पक्षबाट भत्काइएको सो दरबारमा भ्यू टावर निर्माण गर्नु भन्दा भवन नै निर्माण गरिदिएको भए अहिले त्यसलाई सङ्ग्रालय बनाउँन सहज हुने यहाँका स्थानीय बताउँछन् ।

अहिले दरबार भग्नावशेष अवस्थामा छ , भने त्यहाँ बन्न थालेको भ्यू टावर पनि अहिले निकै अलपत्र परेको बुढीगङ्गा नगरपालिका –४ कोटकी स्थानीय रेखा नेपालीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ऐतिहासिक पुरात्वको रुपमा रहेको यो दरबारमा भ्यू टावर बनेपछि आन्तिरक तथा बाह्य पर्यटक भित्रिने सम्भाना त धेरै थियो ।”

तर त्यो टावर नै अलपत्र परेपछि अहिले बार्जुकोटको अस्तित्वनै सङ्कटमा परेको नेपालीले बताउनुभयो ।

बार्जुकोटको दशै सँगसँगै भुक्तोली मेला हुन्थ्यो । त्यो मेला हेर्नका लागि धेरै ठाउँबाट मानिसको भिड हुन्थ्यो ।

अहिले दरबार भत्किएपछि बार्जुकोट दशैको महिमा र अस्त्वि समेत लोप हुँदै गएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने गरी निर्माण गरिएको त्यो अलपत्र परेपछि विभिन्न ठाउँका केटाहरु आएर त्यहाँ धुम्रपान मध्यपान गर्ने गर्दछन् ।

पर्यटकलाई ल्योभ्याउने गरी निर्माण गरेको तयो टावर अहिले जँड्याले खानपीन गर्ने ठाउँको रुपमा रहेको स्थानीय रामचन्द्र गिरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले त्यो ठाउँमा न टावर बन्यो न पहिलाको दरबार नै निर्माण भएपछि बार्जुकोट दरबारको चिनारी नै सङ्कटमा पर्ने अवस्था सृजना उत्पन्न भएको छ ।”

पर्यटन विकास मन्त्रालय अनतर्गत निर्माण भएका २०७७÷०७८ का सबै योजनाको रकम दुरुपयोग भएको खवर समाचार आएपछि अख्तियारको टोली बाजुरा पुगेर छानविन सुरु भएको डिभिजन बन कार्यालय बाजुराले जनाएको छ ।

त्यो टोलीले त्यति बेलाका सबै योजनाको अनुगमन गरेर फिर्ता भएको डिभिजन बन कार्यालय बाजुराका सुचना अधिकारी सुभासचन्द्र ऐडीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ त्यो बेलाका सबै योजनाको काम कम्सल भएको भन्ने कुरा समाचारमा आएपछि योजना विवादमा परेका हुन् ।”

योजनको काम कम्सल भयो भनेर अख्तियारले फाइल नै तानेपछि हामँीले उनीहरुको डिपोजिट रोकिएको सुचना अधिकारी ऐडीले बताउनुभयो ।

 

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?