त्रिवर्षिय क्षमता विकास योजना तर्जुमा कार्याशाला गोष्टी सम्पन्न

क्याप्सन : कार्यशाला गाेष्टीमा सहभागि । तस्बिर : सुदूरपाटी

शेरबहादुर सार्की
बाजुरा , वैशाख ९ गते । बाजुराको पूर्विउत्तर क्षेत्रमा रहेको बुढीनन्दा नगरपालिकामा त्रिवर्षिय क्षमता विकास योजना तर्जुमा अभिमुखिकरण तथा संस्थागत क्षमता आवश्यक्ता पहिचान सम्बन्धी एक दिने कार्याशाला गोष्टी सम्पन्न भएको छ ।

बुढीनन्दा नगरपालिकाको आयोजनामा सुदूपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान आर्थिक तथा प्राविधिक सहयोग र ह्यूमन डेभलपमेन्ट एण्ड रिसर्च सेन्टर नेपाल र प्लेटर्फम ईन्जिनियरिङ्ग कन्सलटेन्सीको सयूक्त परामर्श सेवा कार्याशाला गोष्टि सम्पन्न भएको हो ।
गोष्टीमा बुढीनन्दा नगरपालिकाको संस्थागत क्षमता वर्तमान अवस्था विष्लेषण गर्ने र सुधार गर्नु पर्ने क्षेत्रका विषयमा छलफल भएको ह्यूमन डेभलपमेन्ट एण्ड रिसर्च सेन्टर नेपाल र प्लेटर्फम ईन्जिनियरिङ्ग कन्सलटेन्सीको टिम लिडर डा. कृष्णबहादुर राईले बताउनुभयो ।
उहाँले भन्नुभयो, “बुढीनन्दा नगरपालिकाको संस्थागत क्षमताका क्षेत्रहरुमा रहेका सुधार गर्नु पर्ने पक्षहरुको पहिचान गरी आगामि तीन वर्ष भित्र कार्यान्वयन गर्ने गरि क्षमता विकासका कार्यक्रम तथा गतिविधिहरु योजनामा समावेश गरिने छ । ”
स्थानीय शासन सञ्चालन प्रक्रियामा सुधारल्याई नागरिकलाई दिने सेवा प्रभावकारी र नतिजामुखी तुल्याउन यो योजनाले सहयोग पुग्ने राइले बताउनुभयो ।
स्थानीय सरकारको काम भनेकै स्थानीयलाई सरल सहज तरिकारले सेवा दिनु हो । यसका लागि बुढीनन्दा नगरपालिकाले विगतका वर्ष भन्दा अहिले निकै सुधार गरिरहेको बुढीनन्दा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सन्तोष कुमार शाहले बताउनुभयो ।
बुढीनन्दा नगरपालिकाको सभाहलमा सम्पन्न भएको सो कार्याशाला गोष्टीमा यहाँका जनप्रतिनिधि, बुढीनन्दा नगरपालिकाका शाखा प्रमुख तथा प्रामर्शदाता लगायतका ३५ जना भन्दाबढीको सहभागि रहेको थियो ।

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?