सामुदायिक वनको भवन शिलान्यास

कैलालीको गौरीगङ्गा नगरपालिका ११ का वडा अध्यक्ष साहेबलाल चाैधरी र ९ र ११ को पञ्चवटी सामुदायिक वन समुहका अध्यक्ष रमेश बाेगटी भवनको शिलानयास गर्दै । तस्बिर : सुरेश भुल

सुरेश भुल
कैलाली , वैशाख १२ गते । कैलालीको गौरीगङ्गा नगरपालिका ९ र ११ को पञ्चवटी सामुदायिक वन समुहको भवनको आज एक कार्यक्रमका साथ शिलान्यास गरिएको छ ।

गौरीगङ्गा नगरपालिका वडा नं ११ वडा अध्यक्ष साहेबलाल चौधरी र पञ्चवटी सामुदायिक वन उभोक्ता समुहका अध्यक्ष रमेश बोगटीबाट सो भवनको शिलान्यास गरिएको हो ।

सो कार्यक्रममा पञ्चवटी सामुदायिक वन उभोक्ता समुहका उपाध्यक्ष नर बहादुर कडायत कोषाअध्यक्ष विनिता चौधरी सचिब रूद्र प्रसाद सापकोटा लेखा संयोजक सुरेश भुल सदस्य रने आग्री धौली बोहरा बिस्ना जोशी सबिता चौधरी गौरी दमाई सामुदायिक वन समन्वय समिति सदस्य अङ्ग बहादुर कडायत वडा अध्यक्ष साहेबलाल चौधरीवडा सदस्य कमल बहादुर चौधरीवडा सदस्य हिरेन्द्र बहादुर कडायत निवर्तमान वडा सदस्य बिमल प्रसाद चौधरी समाजसेवी शालिभान खाती समाजसेवी दिलिप राज अम्मै सहभागि रहेको थियो ।

त्यसै गरी एैठा गाउँ भल्मन्सा जुगराम चौधरी,दरबारू चौधरीलगाएत समाजसेवी ,बुद्धिजीवी ,भल्मन्सा,जनप्रतिनिधि, पत्रकार लगाएत सम्पूर्ण को उपस्थिति भएको थियो ।

यस कार्यक्रममा ७० जना भन्दाबढीको सहभागिता रहेको थियो । एउटा ठुलो हल,२ वटा कोठा गरी ३ कोठे पञ्चवटी सामुदायिक वन उपभोक्ता समुहको भवन आफ्नै लगानीमा बन्ने पञ्चवटी सामुदायिक वन उभोक्ता समुहका अध्यक्ष रमेश बोगटीले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?