धानखेती बाढीले बगाएपछि स्थानीय चिन्तित्

दाेदा नदीमा आएको बाढीले बगाएकाे धान खेती देखाउँदै स्थानीय । तस्बिर ः तेजबहादुर सार्की
तेजबहादुर सार्की
कञ्चनपुर , असोज २ गते । कञ्चनपुरको लालझाडी गाउँपालिका –१ मा विनवारीमा लगाएकाे धान खेती दाेदा नदीमा आएको बाढीले बगाएदिएपछि अहिले यहाँ स्थानीय निकै चिन्तामा परेका छन् ।
हिउँदमा खानका लागि असारमा लगाएको सो धानखेती गत भदौ २८ गते दोदा नदीमा आएको बाढीले सबै बगाइदिएपछि उनीहरु चिन्तामा परेका हुन् ।
हिउँद पेट पाल्नका लागि असारमा लगाएको धानखेती सबै बाढीले बगाइदिएकाे लालझाडी गाउँपालिका –१ विनवारीका स्थानीय ज्ञानसिंह बडायकले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ डेढ विघा जमिनमा लगाएको उखु र दश कट्ठामा लगाएको धान खेती सबै बाढीले बगाइ दिएपछि कसरी परिवार पाल्ने निकै चिन्ता छ ।
खाने धानखेती बाढी बगायाे बास बस्ने घर पानीले भत्काइ दिएपछि खान लागउन र बास बस्नका लागि निकै समस्या भएकाे बडायकले बताउनुभयो ।
गत भदौ २८ गते दोदा नदीमा आएको बाढीले लालझाडी गाउँपालिका वडा नं –१ का अधिकाशं किसानको ठुलो क्षति गरेको छ ।
बाढीले नारायण राना दश , रामत्रिपाल राना दश , जयराम रानाको दश कठ्ठा जमिनमा लगाएको धान उखु समेत सबै बाढीले बगाइदिएको छ ।
यसरी यहाँ किसानले लगाएको धानखेती सबै बाढी बगाएको र घर पनि डुवान परेपछि अहिले यहाँका किसानलाई के खाएर पेट पाल्ने र कहाँ गएर बास बस्ने भन्ने निकै चिन्ता परेकाे हाे।
भदौ २८ गते राती दोदा नदिमा आएको बाढीले लालझाडी गाउँपालिका वडा नं –१ का झण्डै पचास घर समेत डुवानमा परेको स्थानीय त्रिपाल रानाले बताउनुभयो ।
लालझाडी गाउँपालिका वडा नं –१ मा झण्डै १७३ घरपरिवारको दुई सय पचास विघा भन्न्दा बढी जमिन दोदा नदीमा आएको बाढीले क्षति भएको लालझाडी गाउँपालिका वडा नं –१ का अध्यक्ष प्यारेलाल रानाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ यहाँ स्थानीयकाे बाढीले गरेको सबै क्षतिको तथ्याङ्क सङ्कलन गरेर वडाबाट पालिकामा पठाएका छौ ।”
उताबाट राहात आउने नआउने भन्ने बारेमा अहिले सम्म केही जानकारी नभएको वडा अध्यक्ष रानाले बताउनुभयो ।
भदौ २८ गते आएको बाढीले लालझाडी पालिकाका विभिन्न ठाउँमा ठुलाे क्षति गरेको छ । अहिले कहाँ के कती क्षति गरेको छ । त्यसको सबै विरवरण पालिका आउने क्रम जारी रहेको छ । वडाको विरवरण पालिकामा आइपुगेपछि सो अनुसार कसरी राहत वितरण गर्ने योजना रहेको लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले बताउनुभयो ।