कृषि विकास शाखाको आगनमै लोभलाग्दो काउली बन्दा

कञ्चनपुरको कृष्णपुर नगरपालिकाको कृषि विकास शाखाले आगनमै उत्पादन गरेको बन्दा काउली । तस्बिर ः सुदूरपाटी

तेजबहादुर सार्की

कञ्चनपुर , मङ्सिर १५ गते । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको कृषि विकास शाखाले आगनमै उत्पादन गरेको बन्दा काउलीले यहाँ आउने जो कोही सेवा ग्राहीहरुको मन लोभयाउँने गरेको छ ।

कृषि विकास शाखाका कर्मचारीहरुले फुर्षदको बेला कार्यालयको अगाडि क्यारी बनाएर उत्पादन गरेको बन्दा , काउँली र टमाटर लगायतका विभिन्न किसिमको तरकारीले यहाँ आउने जोही कोही सेवा ग्राहीहरुको मन लोभ्याउने गरेको हो ।

सेवाका लागि आउने कृषकहरुलाई तरकारी खेती यसरी गर्नु पर्दो रहेका भन्ने कुराको सन्देश दिने गरी यहाँको कृषि विकास शाखाले आगनमै क्यारी बनाएर तरकारी उत्पादन गरेपछि अहिले यहाँ आउने जो काही सेवा ग्राहीहरुले एक पटक यसलाई राम्रो सँग हेर्ने गरेको कृषि अधिकृत भावना भट्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ हामीले गत वर्ष देखि कृषि विकास शाखाको आगनमै क्यारी बनाएर टमाटर , काउली , बन्दा , रायो , मुला , बडी , करेला लगायतको तरकारी उत्पादन गर्दै आएका छौ । ”

यसले अहिले कृषकहरुलाई तरकारी खेती यो तरकारी गर्दा निकै राम्रो सँग उत्पादन गर्न सकिने गरेछ भन्ने कुराको निकै सन्देश दिदै गएको भट्टले बताउनुभयो ।

कृष्णपुर नगरपालिकाले यहाँका कृषकहरुलाई विभिन्न प्रकारका तरकारीको बीउ वितरण गर्दै तरकारी खेती गर्दा यस्तो तरिकाले गर्नु पर्छ भनेर प्रयोगात्मक तरिकाले समेत सिकाउँने गरेको छ ।

यो भन्दा पहिला यहाँका कृषकहरुले तरकारीको बीउ लिएपनि खासै तरकारी उत्पादन गर्दैन थिए । उनीहरुलाई तरकारी खेती गर्ने तरिका बारेमा राम्रो सँग जानकारी नहुँदा उनीहरुले उत्पादन गर्न नसकेका हुन् ।

यती बेला कृषि विकास शाखाले बीउ दिनु भन्दा पहिला उनीहरुलाई आफुले आगनमा उत्पादन गरेको तरकारीका बारेमा प्रत्यक्षरुपमा जानकारी दिदै गएपछि पछिल्लो अहिले राम्रो तरकारी उत्पादन गर्ने गरेका छन् ।


कृषि खेतीबाट यहाँका स्थानीयलाई जिविकोर्पाजनमा सहज हुने गरी यहाँका कृषकहरुलाई कृषि खेतीमा उत्प्रेरित गर्दै आएको कृष्णपुर नगरपालिकाले जनाएको छ ।

यो सँगै कृष्णपुरको कृषि विकास शाखाले आफ्नो कार्यालयमै गड्यौला मलको लागि गड्यौला पालन तथा मौरी पालन गरेको  छ । 

कृषि विकास शाखाले कार्यालयमै गरेको यो कार्यले यहाँका कृषकलाई गड्यौला पालनले मल उत्पादन र मौरी पालनले मनग्य आम्दानी गर्न सकिने कुराको निकै राम्रो अवगत हुने गरेको छ ।  

अहिले यहाँका झण्डै तीन सय पचाँस देखि चार सय घरधुरीहरुलाई यो कार्यक्रममा लाभान्वित भएका छन् । 

यो भन्दा पहिला यहाँका प्राय अधिकाशं कृषकहरुले तरकारीको बीउ लिएर घरमा लगाउने गरेको भएपनि उनीहरुलाई यसका बारेमा खासै जानकारी नहुँदा उत्पादन गर्न सक्दैन थिए । यसरी हामीले कृषि शाखाको आगनमै लगाएको तरकारीले यहाँका कृषकहरुलाई तरकारी खेती गर्न राम्रो सन्देश दिदै गएको कृष्णपुर नगरपालिकाको कृषि शाखा प्रमुख लालबहादुर धामीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “ कृषकहरुलाई भौखिकरुपमा तरकारी खेती यसरी गर्नु पर्छ भन्दा उनीहरुले साखै बुझ्ने गर्दैन । त्यसको विकल्पको रुपमा कृषकहरुलाई प्रत्यक्षरुपमा यसरी तरकारी लगाउँदा राम्रो उत्पादन गर्न सकिन्छ भन्ने कुराको सन्देश दिनथालेपछि अहिले कृषकले राम्रो तरकारी उत्पादन गर्ने गरेका छन् ।”

त्यति मात्र होइन हाम्रो यहाँका वडा देखि नगर सम्म झण्डै ११८ जना भन्दाबढी कर्मचारीहरु छन् । हामीले कृषि विकास शाखाको आगनमै उत्पादन गरेको तरकारी देख्दा उनीहरुलाई समेत आफ्नो घर आगनमा पनि यसरी तरकारी उत्पादन गर्न सकिदो रहेछ भन्ने कुराको जानकारी हुँदै गएको धामीले बताउनुभयो ।

यसरी हामीले फुर्षदको समय लगाएको तरकारी तथा मौरी पालनले नगरपालिकालाई समेत राम्रो आम्दानी हुने गरेको छ । हिजो मात्रै हामीले पालन गरेको दुइ घार मौरीको मह निकाल्दा झण्डै १८ किलो मह भएको छ । यो पनि नगरपालिकाको आम्दानी हो । 

हाम्रो लक्ष भनेको यहाँका कृषकहरुलाई आफ्नो खेतबारीमा राम्रो तरकारी खेती उत्पादन गर्न सक्ने सिप सिकाउनु हो । हामीले उनीहरुलाई यसरी सिकाएको कुराले उनीहरुले पनि आफ्नो व्यवहारमा लागु गर्ने हो भने गाउँमै राम्रो तरकारी उत्पादन गर्न सकिन्छ ।

हामीले हाम्रो कार्यालयबाट कृषकलाई बीउ दिनु भन्दा पहिला उनीहरुलाई त्यो बीउ यसरी उमार्ने त्यसपछि बारीमा यसरी लगाउने त्यसपछि मात्र यसरी उत्पादन गर्न सकिन्छ भन्ने कुराको प्रत्यक्ष जानकारी दिनका लागि पछिल्लो समय कृषि विकास शाखाको आगनमै क्यारी बनाएर विभिन्न प्रकारको तरकारी उत्पादन गरेर उनीहरुलाई तरकारी खेती गर्न उत्प्रेरित गर्दै आएको कृष्णपुर नगरपालिकाको कृषि विकास शाखा प्रमुख धामी बताउनुभयो ।



 







यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?