मृतकका परिवारलाई अार्थिक सहयाेग

डोटी, कात्तिक २३  डाेटी । डोटीको पुर्वीचौकी गाउँपालिका-३, गौरा गाउँमा मृत्यु भएका ६ जनाको परिवारलाई सामाजिक अभियान्ता भक्तराज जोशीले आर्थिक सहयोग गर्नु भएकाे छ।

खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रविन्दु बनाई आएको भुकम्पका कारण डोटीको पुर्वीचौकी गाउँपालिका-३, गौरा गाउँमा मृत्यु भएका ६ जनाको परिवारलाई सामाजिक अभियान्ता भक्तराज जोशीले उनीहरुकाे घरमै पुगेर आर्थिक सहयोग गरेका हुन् ।

बुधबार बिहानै पुर्वीचौकीको गैरा गाउँ पुग्नुभएका सामाजिक अभियान्ता जोशीले भुकम्पबाट मृतक सीता बोहरा,भगवती बोहरा, हर्क बोहरा, तुलसी बोहरा,प्रेम बोहरा र धनसरी बोहराको परिवारलाई जनही १० हजार रुपियाँका दरले किरिया खर्चका लागि ६० हजार सहयोग दिएकाे सामाजिक अभियन्ता भक्तराज जाेशीले बताउनुभयाे ।उहाँले भन्नुभयाे , याे विषम परिस्थितिमा दुखतमा परेकाहरुकाे सेवा गर्नु नै मानवीय सेवा भएकाेले मैले पीडित परिवारकाे घरमै पुगेर केही सहज हुने गरी अार्थिक सहयाेग गरेकाे हाे ।

याे भन्दा पहिले पनि सुदूरपश्चिम प्रदेशका बाजुरा बझाङग अछाम कैलाली डँडेल्धुरा लगायतका जिल्ला भएका दैवि प्रकाेपमा परेर दुखित भएका अधिकाशलाइृ पनि खाद्यान लुगा कपडा लगायतका सामाग्री सहयाेग गर्नु भएकाे थियाे ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?