पाँच बालिका सहित एक महिलाको उद्धार

क्याप्सन ः शान्ति पुनरस्र्थापना गृह गड्डाचौकीका परामर्शदाता भारतमा जाँदै गरेका किशाेरीलाई सोधपुछ गर्दै । तस्बिर ः शेरबहादुर सार्की÷बाजुरा

शेरबहादुर सार्की
बाजुरा, असार ५ गते । बाजुराका पाँच जना बालिकाको उद्धार गरिएको छ । सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको महेन्द्रनगर स्थित गड्डाचौकी नाकाबाट बाजुराका पाँच बालिका सहित एक जना महिलाको उद्धार गरिएको हो ।

जिल्लाको हिमाली गाउँपालिकाका २ बडिमालिका नगरपालिकाका १ गौमुल गाउँपालिका २ जना बालिका र बूढीनन्दा नगरपालिका एक महिलालाई दलालले भारतमा जैजाने क्रममा कञ्चनपुरको गड्डाचौकीबाट उद्धार गरिएको शान्तिपुनस्र्थापना गृहले जानएको छ ।

बाजुराका पाँच बालिका र एक जना महिलालाई भारतमा राम्रो काम लगाई दिने प्रलोभन पार्दै दलालहरुले बिक्री गर्ने उद्देश्यले भारत लैजाँदै गरेको अवस्थामा उद्धार गरिएको शान्ति पुनरस्र्थापना गृह गड्डाचौकीका सुपरभाइजर मनिषा न्यौपानेले बताउँनुभयो ।उहाँले भन्नुभयो, पाँच बालिका र एक जना महिला गरी ६ जनाको गड्डाचौकी सिमानाबाट दलालले भारत तर्फ लगिरहेको अवस्थामा सकुशल उद्धार गरिएको बताउँनुभयो ।

बाजुराका पाँच जना बालिका एक जना महिलालाई ललाई फकाई गरेर भारतमा लैजाँदै लागेको अवस्थामा सोधपुछ गर्दा भारतमा उनीहरुको कोही आफन्त नभएको र अर्कैले उनीहरुलाई विवाह गरेर भारतमा लैजाँदै गर्दा उनीहरुको उद्धार गरिएको न्यौपानेले बताउँनुभयो ।

२०७९ सालको असार देखि २०८० को जेठ सम्म कञ्चनपुर गड्डाचौकी नाकाबाट उद्धार गरेका ५ बालिका विद्यालयमा पढाइ गरिहरेको उनीहरुको आफन्तले बताउँछन् ।उद्धार गरिएका बालिकामा घरको आर्थिक अवस्था कम्जोर भएर विवाहको नाटक गरेर भारतमा जान लागेका थिए ।

सोधपुछ गर्दा उनीहरुलाई भारतमा संरक्षण गर्ने कोही आफन्त नभएकोले उनीहरुलाई फकाइ पुलाई गरेर दलालले भारतमा लैजाँदै गर्दा उद्धार गरिएको शान्ति पुनरस्र्थापना गृहका सुपरभाइर न्यौपानेले बताउँनुभयो ।

बाजुराका नौ वटै पालिकाका अधिकाशं पुरुष र महिला कामको खोजीका भारतमा जाने गर्दछन् । हिउँदको चैत खेती र वर्खाको असार खेती लगाएर भारतमा जाने क्रम बाजुराका महिला पुरुषको पहिले देखि अहिले सम्म उस्तै छ । घरमा छोरा छोरीलाई स्कुलमा पठन पाठन गर्नकै लागि उनीहरु प्राय भारतमा जाने गरेको स्थानीय बताउँछन् ।

बाजुराको बूढीनन्दा नगरपालिका वडा नं –३ की २३ वर्षीया निर्मला कार्कीले, गाउँमा नत राम्रो जमिन छ, घरमा नत कोही जागिर गर्ने छन् अनी गाउँमा बसेर कसरी छोरा छोरीलाई पाल्ने त्यसैले यहाँका अधिकाशं महिला घरमा बालबालिका छोडेर पनि भारतमा जान बाध्य भएको बताउँनुभयो ।

उहाँले भन्नुभयो, “रोजगारी लगाई दिने प्रलोभनमा बाजुराका दर्जनौ महिला भारतमा बेचिन बाध्य भएका छन् भने कयौँ महिला बलात्कारको सिकार भएका छन् ।रहरले नभइ छोरा छोरी पाल्ने र आफु पनि नौकरी गर्ने उद्देश्यले भारतको कोठी कोठीमा काम गरिरहेका अधिकाशं महिलाहरु प्राय बलात्कृत हुने गरेको छन् ।

गाउँमा एकल महिलाका लागि कुनै पनि काम मिल्दैनन । गाउँमा आएका अधिकशं योजनामा पुरुषलाई मात्र काम पाइन्छ । सडकमा स्काइभेटर काम गर्छन ।एकल महिलालाई सहज हुने काम प्राय गाउँमा केही पाइदैनन । त्यसैले यहाँका महिला ज्यान जोखिम राखेर पनि भारतको विभिन्न ठाउँमा कामको खोजी जाने गरेको कार्कीले बताउँनुभयो ।

बडिमालिका १ हिमालीका २ गौमुलका २ जना बालिका र बुढीनन्दा एक महिला गरी सात जनाको महेन्द्र नगरको गड्डाचौकी नाकाबाट उद्धार गरिएको छ ।गत आर्थिक वर्षमा बाजुरा, बझाङ्ग अछाम डोटी डँडेल्धुरा दार्चुला बैतडी कैलाली कञ्चनपुर लगायतका झण्डै १४४ जना महिलाको सो नाकाबाट उद्धार गरिएको हो ।उद्धार गरिएका ती महिलालाई प्रहरीको रोहवरमा उनीहरुको आफन्तको जिम्मा लगाए दिएको शान्ति पुनस्र्थापना केन्द्र गड्डाचौकी सुपरभाइजर न्यौपानेले बताउँनुभयो ।
क्याप्सन ः शान्ति पुनरस्र्थापना गृह गड्डाचौकीका परामर्शदाता भारतमा जाँदै गरेका महिलालाई सोधपुछ गर्दै । तस्बिर ः शेरबहादुर सार्की÷बाजुरा

 

तस्बिर छ,
पाँच बालिका सहित एक महिलाको उद्धार
शेरबहादुर सार्की
बाजुरा, असार ५ गते । बाजुराका पाँच जना बालिकाको उद्धार गरिएको छ ।
सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको महेन्द्रनगर स्थित गड्डाचौकी नाकाबाट बाजुराका पाँच बालिका सहित एक जना महिलाको उद्धार गरिएको हो ।

जिल्लाको हिमाली गाउँपालिकाका २ बडिमालिका नगरपालिकाका १ गौमुल गाउँपालिका २ जना बालिका र बूढीनन्दा नगरपालिका एक महिलालाई दलालले भारतमा जैजाने क्रममा कञ्चनपुरको गड्डाचौकीबाट उद्धार गरिएको शान्तिपुनस्र्थापना गृहले जानएको छ ।

बाजुराका पाँच बालिका र एक जना महिलालाई भारतमा राम्रो काम लगाई दिने प्रलोभन पार्दै दलालहरुले बिक्री गर्ने उद्देश्यले भारत लैजाँदै गरेको अवस्थामा उद्धार गरिएको शान्ति पुनरस्र्थापना गृह गड्डाचौकीका सुपरभाइजर मनिषा न्यौपानेले बताउँनुभयो ।

उहाँले भन्नुभयो, पाँच बालिका र एक जना महिला गरी ६ जनाको गड्डाचौकी सिमानाबाट दलालले भारत तर्फ लगिरहेको अवस्थामा सकुशल उद्धार गरिएको बताउँनुभयो ।
बाजुराका पाँच जना बालिका एक जना महिलालाई ललाई फकाई गरेर भारतमा लैजाँदै लागेको अवस्थामा सोधपुछ गर्दा भारतमा उनीहरुको कोही आफन्त नभएको र अर्कैले उनीहरुलाई विवाह गरेर भारतमा लैजाँदै गर्दा उनीहरुको उद्धार गरिएको न्यौपानेले बताउँनुभयो ।
२०७९ सालको असार देखि २०८० को जेठ सम्म कञ्चनपुर गड्डाचौकी नाकाबाट उद्धार गरेका ५ बालिका विद्यालयमा पढाइ गरिहरेको उनीहरुको आफन्तले बताउँछन् ।
उद्धार गरिएका बालिकामा घरको आर्थिक अवस्था कम्जोर भएर विवाहको नाटक गरेर भारतमा जान लागेका थिए ।
सोधपुछ गर्दा उनीहरुलाई भारतमा संरक्षण गर्ने कोही आफन्त नभएकोले उनीहरुलाई फकाइ पुलाई गरेर दलालले भारतमा लैजाँदै गर्दा उद्धार गरिएको शान्ति पुनरस्र्थापना गृहका सुपरभाइर न्यौपानेले बताउँनुभयो ।
बाजुराका नौ वटै पालिकाका अधिकाशं पुरुष र महिला कामको खोजीका भारतमा जाने गर्दछन् ।
हिउँदको चैत खेती र वर्खाको असार खेती लगाएर भारतमा जाने क्रम बाजुराका महिला पुरुषको पहिले देखि अहिले सम्म उस्तै छ ।
घरमा छोरा छोरीलाई स्कुलमा पठन पाठन गर्नकै लागि उनीहरु प्राय भारतमा जाने गरेको स्थानीय बताउँछन् ।
बाजुराको बूढीनन्दा नगरपालिका वडा नं –३ की २३ वर्षीया निर्मला कार्कीले, गाउँमा नत राम्रो जमिन छ, घरमा नत कोही जागिर गर्ने छन् अनी गाउँमा बसेर कसरी छोरा छोरीलाई पाल्ने त्यसैले यहाँका अधिकाशं महिला घरमा बालबालिका छोडेर पनि भारतमा जान बाध्य भएको बताउँनुभयो ।
उहाँले भन्नुभयो, “रोजगारी लगाई दिने प्रलोभनमा बाजुराका दर्जनौ महिला भारतमा बेचिन बाध्य भएका छन् भने कयौँ महिला बलात्कारको सिकार भएका छन् ।
रहरले नभइ छोरा छोरी पाल्ने र आफु पनि नौकरी गर्ने उद्देश्यले भारतको कोठी कोठीमा काम गरिरहेका अधिकाशं महिलाहरु प्राय बलात्कृत हुने गरेको छन् ।
गाउँमा एकल महिलाका लागि कुनै पनि काम मिल्दैनन । गाउँमा आएका अधिकशं योजनामा पुरुषलाई मात्र काम पाइन्छ । सडकमा स्काइभेटर काम गर्छन ।
एकल महिलालाई सहज हुने काम प्राय गाउँमा केही पाइदैनन । त्यसैले यहाँका महिला ज्यान जोखिम राखेर पनि भारतको विभिन्न ठाउँमा कामको खोजी जाने गरेको कार्कीले बताउँनुभयो ।
बडिमालिका १ हिमालीका २ गौमुलका २ जना बालिका र बुढीनन्दा एक महिला गरी सात जनाको महेन्द्र नगरको गड्डाचौकी नाकाबाट उद्धार गरिएको छ ।
गत आर्थिक वर्षमा बाजुरा, बझाङ्ग अछाम डोटी डँडेल्धुरा दार्चुला बैतडी कैलाली कञ्चनपुर लगायतका झण्डै १४४ जना महिलाको सो नाकाबाट उद्धार गरिएको हो ।
उद्धार गरिएका ती महिलालाई प्रहरीको रोहवरमा उनीहरुको आफन्तको जिम्मा लगाए दिएको शान्ति पुनस्र्थापना केन्द्र गड्डाचौकी सुपरभाइजर न्यौपानेले बताउँनुभयो ।

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?