विकास पुग्याे गाउँमा , युवा गए राेजगारी गर्न प्रदेशका ठाउँमा

तस्बिर ः सडक सञ्जालको पहुँचमा रहेका बाजुराका दुर्गम गाउँ बस्ती । तस्बिर ः शेरबहादुर सार्की÷बाजुरा

शेरबहादुर सार्की
बाजुरा , चैत १८ गते । बाजुराको एक पालिका देखि अर्को पालिका पुग्नका लागि एक दुइ दिन लाग्थ्यो ।

अहिले यहाँका प्रत्येक स्थानीय तहका अधिकाशं गाउँ बस्ती सडक सञ्जालको पहुँचमा हुँदा यहाँका स्थानीयले उत्पादन गरेका तरकारी बजारमा बिक्री गर्न समेत सहज हुने गरेको छ ।

सरकारी काम काजका लागि एक दुइ दिन पैदल हिँडेर सदरमुकाम मार्तडी आउन सास्ती खेप्दै आएका यहाँ स्थानीय यती बेला दुइ चार घण्टामै मार्तडी पुग्ने गरेका छन् ।

यहाँका हिमाली , जनगानाथ , स्वामिकार्तिक , बुढीनन्दा , गौमुल , त्रिवेणी , बुढीगङ्गा र खप्तडछेडेदह लगायका स्थानीय तहमा खानेपानी ,स्वास्थ्य , शिक्षा लगायतका क्षेत्रमा परिवर्तन भएको छ ।

सडक सञ्जालको पहुँचबाट वञ्चित हुदै आएका यहाँका अधिकाशं गाउँ बस्तीमा यती बेला घर आगनमै गाडी गुड्न थालेका छन् ।

तर पनि यहाँका अधिकाशं युवा भने घर छोडेर विदेश पलायन हुँदै आएका छन् । गाउँमा विकास पुगेपनि यहाँका युवा भने रोजगारीका लागि दिनप्रतिदिन विदेशमा जाने क्रम बढ्दै गएको छ ।पछिल्लो समय यहाँका अधिकशं गाउँका घरमा ताला लगाएको पाइन्छ । भने कयौँ बस्ती समेत खाली हुँदै गएका छन् ।

गाउँमा स्वास्थ्य , शिक्षा , खानेपानी र सडक सुविधा भएपनि युवाका लागि गाउँमै रोजगारीको व्यवस्था नहुँदा ती युवाले घर छोडेर भारतमा जाने गरेका छन् ।

गाउँमा केही गरेर खाने व्यवस्था नभएपछि भोको पेट पाल्नकै लागि घर छोडेर कामको खोजीमा भारतका विभिन्न ठाउँमा जानु परेको बुढीगङ्गा नगरपालिका –१० स्थानीय रुपबहादुर सार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गाउँमा प्रसस्त जमिन भएपनि त्यसमा सिँचाइ सुविधा नहुँदा त्यो जमिन सधै बाँझो रहेको छ ।”

भौतिक पुर्वाधार विकास सँगसँगै यहाँका स्थानीय सरकारले गाउँमै आर्थिक उपार्जन गर्ने केही सीपमुलक कार्यक्रम सञ्चालन गर्न नसक्दा यहाँका युवाले कामकै खोजीका लागि वर्षेनी भारतमा विभिन्न ठाउँमा जानु परेको सार्कीले बताउनुभयो ।

यहाँका अधिकाशं युवा पुस्ताले घरपरिवार धान्नकै लागि भारतका विभिन्न ठाउँमा रोजगारी गर्न बाध्य हुनु परेको त्रिवेणी नगरपालिका –२ का स्थानीय पदम नेपालीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “आफुलाई बुवाले भारतकै नौकरी गरेर पढाउँनुभयो । पढेर पनि गाउँमा केही रोजगारीको अवसर नपाउँदा छोरा छोरी पठन पाठन गराउँन कै लागि मैले भारतमा बस्नु परेको छ । ”

गाउँमा रोजगारीका लागि केही काम नहुँदा म जस्तै यहाँका दर्जनौ पढेलेखेका युवाले अहिले रोजगारीकै लागि भारतमा जानु परेको नेपालीले बताउनुभयो ।

गाउँमा पढेर पनि केही काम नपाएपछि यहाँका अधिकाशं युवाले बाहिरिनु परेको छ । युवाका लागि अहिलेको स्थानीय सरकारले गाउँमै केही गरेर खाने वातावरण सृजना नगर्दा यहाँका युवाहरुले बाहिरिनु परेको हो ।

दशैँ तिहार तथा असार लगाउने बेला भरिएपनि त्यसपछि भने यहाँका अधिकाशं गाउँ बस्ती युवा विहिन हुने गर्दछन् ।

गाउँमा स्वास्थ्य शिक्षा खानेपानी सडक लगायतका भौतिक पुर्वाधार विकासको क्षेत्रमा परिवर्तन गरेपनि व्यरोजगार युवाका लागि भने गाउँमै केही गरी खाने व्यवस्था ल्याउन नसकेको स्थानीय तहको भनाई रहेको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार बाजुराको बडिमालिकामा तीन हजार ४४६ , त्रिवेणीमा तीन हजार ३५० , बुढीगङ्गामा चार हजार २७७ , बुढीनन्दामा तीन हजार ४५२ , गौमुलमा एक हजार ६५० , हिमालीमा एक हजार ७२२ , जगनाथमा एक हजार ६८४ , स्वामिकार्तिकमा दुइ हजार २२३ र खप्तड छेडेदहमा तीन १७४ घरपरिवार बसोबास गर्दै आएका छन् ।

त्यसै गरी यहाँका बडिमालिका १६ हजार ८१८ , त्रिवेणीमा १८ हजाुर ३३६ , बुढीगङ्गामा २१ हजार ६७७ , बुढीनन्दामा १८ हजार ७७६ , गौमुलमा ८ हजाुर ५१५ , जगनाथमा ९ हजार ४३२ , स्वामिकार्तिकमा १२ हजार ७८४ , खप्तड छेडेदहमा १८ ५७५ र हिमालीमा ९ हजार २१४ गरी एक लाख चौतिस हजार १२७ जनसङ्ख्या छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?