सचेतना मुलक तालिम सम्पन्न

दलितका लागि सचेतनामुलक तालिममा सहभागि । तस्बिर : सुरत भुूूल / कैलाली


सुरेश भुल
कैलाली, वैशाख ९ गते । कैलालीको गौरीगङ्गा नगरपालिकाको वडा नं ११ मा दलितका लागि सचेतना मुलक तालिम सम्पन्न भएको छ ।

राजनीतिक शैक्षिक स्वास्थ्य तथा दलित समुदायको हक अधिकारका बारेमा अवगत गराउँने गरी गौरीगङ्गा नगरपालिका वडा नं ११ को वडापालिकाले वैशाख ७ गते बाट यो तालिम सञ्चालन गरेको थियो ।

जनचेतना कमीका कारण अहिले पनि दलित दलितमाथी विभेद भइरहेकोले उनीहरुको सो चेतनामा परिवर्तन ल्याउनका लागि वडा पालिकाले यहाँका दलित समुदायको सहभागि हुने गरी सो तीन दिने तालिममको आयोजना गरेको वडापालिकाले जनाएको छ ।

जातीय विभेद छुवाछुत प्रथालाई अन्त्य गर्नका लागि वडा पालिकाले प्रत्येक वर्षमा यो तालिमको आयोजना गर्दै आएको छ ।

दलित समुदायको क्षमता अभिवृद्धि विकासका साथै हरेक नीति नियमको बारेमा जानकारी पाउँने गरी वडा पालिकाले यो तालिमको आयोजना गरेको गौरीगङ्गा नगरपालिका ११ का वडा सदस्य कमल चौधरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो तालिम प्राप्त भएपछि यहाँका दलित समुदायमा हुने गरेको एकआपसको विभेदमा समेत अन्त्य हुने अपेक्षा लिएका छौ ।”

राज्यले दिने हरेक सेवा सुविधाका बारेमा जानकार गराउँन साथै गैरदिलत तथा दलित र दलित दलित माथी हुने गरेको जातीय विभेद अन्त्यका लागि यो सचेतना मुलक तालिमको आयोजना गरेको गौरीगङ्गा नगरपालिका वडा नं ११ का वडा अध्यक्ष साहेवलाल चौधरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विगतका केही वर्ष देखि यहाँका दलित समुदायको क्षमता अभिवृद्धि विकासमा टेवा पुग्ने गरी उनीहरुकै सहभागितामा यो तालिमको आयोजना गर्दै आएका छौ । ”

यसरी वडापालिकाले प्रत्येक वर्षमा दलित समुदायको सहभागितामा चलाउँदै आएको सो तालिमले पछिल्लो समय दलित समुदायको चेतनामा परिवर्तन हुँदै गएको अध्यक्ष साहेवलाल चौधरीले बताउनुभयो ।

नरेश चौधरीको अध्यक्षतामा सुरु भएको सो तालिमको प्रमुख अतिथि गौरीगङ्गा नगरपालिका वडा ११ का वडा अध्यक्ष साहेवलाल चौधरी, विशिष्ट अध्यक्ष वडा सदस्य कमलबहादुर चौधरीसहजकर्ता प्रेम चौधरी स्वास्थ्यकर्मी सञ्चारकर्मी लगायत २५ भन्दाबढीको सहभागिता रहेको थियो ।

वैशाख ७ गते देखि ९ गते सम्म चेलेको तालिमको सहजिकरण सुमन रेग्मीले गर्नु भएको थियो ।

 

 

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?