बालमैन्त्री धारा पाउँदा बालबालिका दङ्ग
शेरबहादुर सार्की
बाजुरा , जेठ १ गते । बाजुराका अधिकाशं विद्यालयमा बालमैन्त्री धारा निर्माण हुँदै गएपछि बालबालिकाहरु खुसी भएका छन् ।
पहिले विद्यालयमा झण्डै ३ देखि ४ पीट निर्माण गरिएका धारा प्रयोग गर्न समस्या भोग्दै आएका स–साना बालबालिकाहरुले पछिल्लो समय आफु अनुकुलका धारा पाएपछि उनीहरु खुसी भएका हुन् ।
बालबालिकालाई अनुकुल हुने धारा निर्माण भएपछि पानी खाने समय निकै सहज हुने गरेको बुढीगङ्गा नगरपालिका १० सिगाडा माविका छात्र सुहाना जैसीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ पहिले विद्यालयमा निर्माण गरिएका धारामा पानी खान जाँदा अर्कोलाई खोल्न र बन्द गरि माग्नु पर्ने समस्या थियो ।”
अहिले विद्यालयमा बालमैन्त्री धारा निर्माण भएपछि आफैले खोल्ने र बन्द गर्ने गरेको जैशीले बताउनुभयो ।
बाजुराको हिमाली , स्वामिकार्तिक , जगनाथ , बुढीनन्दा , गौमुल , बडिमाकालिका , बुढीगङ्गा , त्रिवेणी र अप्तड छेडेदह लगायतका विद्यालयमा पछिल्लो समय मालमैन्त्री धारा निर्माण हुन थालेका छन् ।
बालबालिकाहरुलाई आफु अनुकुलका धारा निर्माण नहुँदा पानी खाने समय धारा खोल्न समस्या हुने गरेकोले पछिल्लो समय स्थानीय सरकार गैरसरकारी संस्थाको सहकार्यमा विद्यालयमा बालमैन्त्री धारा निर्माण गरिएको विद्यालयले जनाएको छ ।
सो विद्यालयमा निर्माण गरिएका धाराले साना बालबालिकाहरुलाई सहज नहुने र ठुल्ठुला बालबालिकाहरुलाई मात्र सहज हुने भएकोले पछिल्लो समय स्थानीय सरकार तथा गैरसरकारी संस्थाको सहकार्यमा विद्यालयहरुले बालबैन्त्री धारा निर्माण गरेका हुन् ।
बालमैन्त्री धारा नभएको विद्यालयमा विश्व खाध्यको सहाकार्य एकिकृत विकास समाज नेपाल (आईडिएस) नेपालको विद्यालय स्वास्थ तथा कार्यक्रम अन्तर्गत विद्यालयमा बालमैन्त्री धारा निर्माण गरेको विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमका विद्यालय सुपरभाईजर माया विष्टले बताउनुभयो ।
बालबालिकाहरुलाई विद्यालयमा पानी खानका लागि धारा निर्माण गरेको भएपनि ससाना बालबालिकाहरुलाई सहज हुने खालका धारा निर्माण गरेका थिएन । यती बेला विश्व खाध्यको सहाकार्य एकिकृत विकास समाज नेपाल (आईडिएस)नेपालको विद्यालय स्वास्थ तथा कार्यक्रम अन्तर्गत विद्यालयमा बालमैन्त्री धारा निर्माण भएको बुढीगंगा नगरपालिका सिगाडा माविका प्राधानाध्यापक रणबहादुर साउँदले बताउँनुभयो ।
उहाँले भन्नुभयो, बालबालिका अनुकलका धारा नहुँदा खानी खान जाँदा अधिकाशं बालबालिकाहरु भिजेर आउँथ्ये । अहिले बालबालिकाहरु अनुकुलका धारा निर्माण भएपछि त्यो समस्या छैन् ।
पानीको धारा अग्लो भएका कारण स–साना बालबालिकाहरु खोल्न र बन्द गर्न सक्दैन थिए । अहिले निर्माण गरिएका बालमैन्त्री धारा उनीहरु आफैले खोल्न र बन्द गर्ने गरेको प्राधानाध्यापक साउँदले बताउनुभयो ।