स्वास्थ्य सञ्जालमा जोडिँदै कणार्ली पारीका गाउँ बस्ती
शेरबहादुर सार्की
बाजुरा, जेठ ५ गते । बाजुराको पुर्विउत्तर क्षेत्रमा पर्ने कर्णाली पारीको स्वामिकार्तिक खापर गाउँपालिकाका अति दुर्गम गाउँ बस्ती पछिल्लो समय स्वास्थ्य सञ्जालमा जोडिँदै आएका छन् ।
पालिकाले प्रत्येक गाउँ बस्तीमा पछिल्लो समय प्राथमिक तथा सामुदायिक स्वास्थ्य ईकाइ विस्तार गरेसँगै अहिले ती दुर्गम गाउँ बस्ती स्वास्थ्य सञ्जालमा जोडिँदै आएका हुन् ।
सामान्य बिरामी हुँदा उपचारका लागि दइ चार दिन पैदलमा हिडेर कोल्टी प्राथमिक स्वास्थ्य संस्थामा आउने गरेका यहाँका स्थानीयले पछिल्लो समय त्यो सबै सेवा गाउँमै लिने गरेको स्वामिकार्तिक खापर गाउँपालिको स्वास्थ्य शाखाले जनाएको छ ।
खोप लगाउँनकै लागि यहाँका महिलाले दुइ चार घण्टाको बाटो हिडेर स्वास्थ्य चौकीमा आउने गरेका थिए । अहिले गाउँमै स्थापना गरेका स्वास्थ्य संस्थाहरुमा खोप सञ्चालन गरेपछि उनीहरुको त्यो समस्या हट्दै गएको स्वामिकार्तिक गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पारस शाहीले बताउनुभयो ।
उहाँले भन्नुभयो , “ गर्भवती महिलाहरुले यो भन्दा पहिला गर्भजाँच गर्नका लागि कोल्टी जानु पर्ने समस्या थियो । अहिले गाउँमै अल्टा«साउन्ड सेवा सुचारु गरेपछि महिलाहरुकोे त्यो समस्या हटेको छ । ”
कर्णाली पारीका दुर्गम गाउँ बस्तीका स्थानीयको स्वास्थ्य उपचारमा ध्यान दिदै पछिल्लो समय यहाँका प्रत्येक वडामा आधारभूत स्वास्थ्य इकाई स्थापना गरेको शाहीले बताउनुभयो ।
बिरामी हुँदा दुइ चार दिन हिडेर कोल्टीमा जानु पथ्र्यो । अहिले गाउँमै स्वास्थ्य संस्था स्थापना भएपछि त्यो समस्या हटेको स्वामिकार्तिक गाउँपालिका –२ की विनिता विकले बताउनुभयो ।
उहाँले भन्नुभयो, “गाउँमा स्वास्थ्य संस्थाको पहुँच नहुँनु तथा यहाँका महिलाहरुलाई चेतनाको कमीका कारण अधिकाशं महिलाहरुले गर्भवती भएको बेलामा पनि खोप लगाउँदैन थिए ।”
अहिले गाउँ घरमै स्वास्थ्य कर्मी आएर स्वास्थ्य सम्बन्धित विभिन्न जनचेतना फैलाउँदै गएपछि गर्भवती भएका बेलामा लगाउँनु पर्ने सबै प्रकारका खोप तथा सुत्केरी भएको बेलामा गर्भजाँच समेत गर्दैै आएको विकले बताउनुभयो ।
केही वर्ष पहिला दुइ चार वटा स्वास्थ्य चौकी मात्र रहेको यो पालिकामा अहिले ३ वटा स्वास्थ्यचौकी दुइ वटा प्राथमिक आधारभूत स्वास्थ्य केन्द्र र ४ वटा सामुदायिम स्वास्थ्य इकाइ केन्द्र गरी ९ वटा स्वास्थ्य संस्था सञ्चालनमा रहेका छन् ।
बाजुराको सबै भन्दा बढी विकट ठाउँको रुपमा लिदै आएको यी कर्णाली पारीका गाउँ बस्ती स्वास्थ्य सञ्जनाले जोडिदै गएपछि अहिले यहाँका गर्भवती तथा सुत्केरी महिलालाई निकै सहज भएको छ ।
केही वर्ष पहिला स्वास्थ्य कर्मीको अभावमा काम गर्न समस्या हुने गरेको यो पालिकामा पछिल्लो समय प्यारा मेडिकल १९ स्टाप नर्स १६ ल्याब अष्सिटेन्ट ३ कार्यालय सहयोगी १२ र स्वीपर ६ जना गरि ५१ जना कर्मचारी रहेको स्वास्थ्य शाखा प्रमुख शाहीले बताउनुभयो ।
जिल्लाको सबै भन्दा विकट पालिकाको रुपमा रहेको स्वामिकार्तिक खाप गाउँपालिकामा शिक्षा स्वास्थ्य तथा बाटोको समेत निकै समस्या थियो ।
अहिले पालिकाले त्यो सबै प्रकारका समस्या हट्ने गरी प्रत्येक वर्षमा शिक्षा , स्वास्थ्य , खानेपानी र सडकमा रकम विनियोजन गर्दै आएपछि त्यो सबै समस्या हटेको स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामी पहिलो प्राथमिकता शिक्षा र स्वास्थ्यलाई राख्दै आएपछि अहिले यहाँका दुर्गम गाउँ बस्तीको शिक्षा स्वास्थ्यको क्षेत्रमा निकै परिवर्तन भएको छ । ”
यहाँका स्थानीयको सामान्य खालको रोगलाई गाउँमै उपचार गर्ने र त्यो भन्दाबढी जटिल खालको रोगलाई निको पार्ने गरी प्रत्येक वर्ष विशेषज्ञ डाक्टर गाउँमै ल्याएर निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको अध्यक्ष रोकायाले बताउनुभयो ।