कटैनि खोलामा पुल नहुदाँ स्थानीयलाई आउजाउँमा समस्या

कैलालीको गौरीगङ्गा नगरपालिका वडा नं ११ स्थित कटैनी खोला । तस्बिर : सुरेश भुल / कैलाली


सुरेश भुल
कैलाली, जेठ २३ गते । कैलालीको गौरीगङ्गा नगरपालिका वडा नं ११ स्थित कटैनी खोलामा पुल नहुँदा स्थानीयलाई आउजाउमा समस्या भएको छ ।

पुस्तौ देखि अहिले सम्म त्यो खोलामा पक्की पुल नहुँदा यहाँका स्थानीयलाई वर्खाको समय आउजाउमा समस्या हुने गरेको हो ।

कटैनी खोलामा हालेको काटे पुलले स्थानीयलाई आउजाउमा सहज बनाएपनि वर्खाको समय खोलामा पानीको बहाव बढ्दै जाने गरेकोले गाडी वारपार निकै समस्या हुने गरेको स्थानीय बताउँछन् ।

खोलामा पुल नभएको यहाँका स्थानीयलाई हिउँद वर्खामा समस्या हुने गरेकोले २०६८ चैत्र २० गते डम्बरसिंह बोगटीले काठको पुल हालेपछि अहिले सम्म त्यही पुलमा यहाँका स्थानीयलाई आउजाउ गर्न सहज भएको पञ्चवटी सामुदायिक वनउपभोक्ता समुहका अध्यक्ष रमेश बोगटीले बताउँनुभयो ।

उहाँले भन्नुभयो , “यो पुलले स्थानीयलाई आउजाउमा सहज भएपनि जीप ट्याक्टर लगायतका सवारी साधानलाई वर्खाको समय खोलामा आउजाउ गर्न समस्या हुने गरेको छ । ”

हिउँदको समय खोलामा पानी कम हुने गरेकोले ती सवारी साधान वारपार हुने गरेको भएपनि वर्खाको समयमा पानीको वाहब बढ्दै जाने गरेकोले सवारी साधनलाई आउजाउमा समस्या हुने गरेको अध्यक्ष बोगटीले बताउनुभयो ।

खोलाको पारी १७ वारी १५ हजार घरधुरीका छन् । यहाँका स्थानीयलाई वडापालिका तथा स्थास्थ्य संस्थामा जानका लागि यसै खोला पारपार गर्नु पर्ने हुन्छ ।
त्यति मात्र होइन यहाँका स्थानीयले धान ,गहु कुटाई पिसाई तथा धाँस दाउरा मेलापात जाँदा यसै खोला तरेर जानु पर्ने हुन्छ ।

कैलारी गाउँपालिका र धनगढी उपमहानगरपालिका बस्ने मानिसहरू पनि दैनिक यो बाटो हुँदै आउने जाने गर्छन् ।

यो खोलामा पहिला काठे पुल समेत पनि नहुँदा वर्खाको समय आउने बाढीका कारण यहाँका एक दर्जनौ भन्दाबढिले ज्यान गुमाएका थिए ।

२०६८ साल चैत २० गते त्यो खोलामा काठे पुल हालेपछि यहाँका स्थानीयले आउजाउमा केही सहज बनाएको हो ।

यहाँका स्थानीयको पुस्तौ देखि अहिले सम सम्म त्यो खोलामा पुलकै समस्या भएपनि सरोकारवाला निकायले ध्यान नदिएको स्थानीय फिरु चौधरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बालबालिकालाई विद्यालय जान र गर्भवती तथा सुत्केरी महिलाहरुलाई स्वास्थ्य संस्थामा जान वर्खाको समय निकै कठिनाई भोग्दै आउनु परेको छ ।”

यहाँका स्थानीयले २०६६ को निर्वाचनमा कृष्ण चौधरी कुन्दनलाई माओबादि पार्टीबाट निर्वाचित गरि संविधान सभा सदस्य २०७० मा माओबादी पार्टीबाट गौरीशंकर चौधरीलाई निर्वाचित गरि संविधानसभाको सांसद २०७४ मा एमाले पार्टीबाट लेखराज भट्टलाई सङ्घीय सांसद एमालेबाट दीर्घबहादुर सोडारीलाई प्रदेश सभा सांसद २०७९ को निर्वाचनमा बीबहादुरलाई नेपाली काङ्ग्रेसबाट सङ्घीय सांसद समाजबादीबाट दीर्घबहादुर सोडारीलाई प्रदेश सांसदमा निर्वाचित गरि पठाएपनि कटैनी खोलाको पुल भने कसैले बनाएनन् ।

त्यसै गरी २०७४ एमाले पार्टीबाट भिमबहादुर देउवा र २०७९ मा देविदत्त कडेलले माओवादी पार्टीबाट स्थानीय सरकार समाल्ने जिम्मेवारी पाउनु भयो ।

त्यसै गरी २०७४ विनोद कुमार चौधरी माओवादी पार्टीबाट र २०७९ मा साहेबलाल चौधरीले पनि माओवादीबाट वडा अध्यक्ष हुनुभयो । तर पनि यहाँका स्थानीयको पुलको समस्या भने जसो पहिला थियो । अहिले पनि उस्तै रहेको छ ।

गौरीशङ्कर चौधरी संविधानसभाको सांसद भएको पालामा यो पुलको केन्द्रीय डिपिआर गरेको हो । तर त्यो पछि गएर असफल भयो ।

त्यसपछि दीर्घबहादुर सोडारी २०७४ को निर्वाचन मा प्रदेश सभा सदस्य निर्वाचित भएपछि स्थानीय नगरपालिका नगर प्रमुख भिम बहादुर देउवाको पालामा डिपिआर सुरु भई प्रक्रिया अगाडि बढेको हो ।

स्थानीय तहमै डिपिआर फाईल यथावत रहेर फेरि यहाँका स्थानीयले पहल कदमी गर्दा र सांसद दिर्घबहादुर सोडारी र नगर प्रमुख भिमबहादुर देउवालाई सोधपुछ गर्दा फाईल अगाडि प्रक्रियामा बढाउदै ठेक्का गर्छु भन्नुभयो ।

२०७९ को निर्वाचन आउनु भन्दा अगाडि पुल ठेक्का प्रक्रियामा गयो र उक्त योजनामा बजेट नभएको भन्दै यहाँको स्थानीय सांसद दिर्घ बहादुर सोडारीले पहल गर्दा पनि प्रदेश सरकारले कुनै चाँसो नखाएको स्थानीयले बताउँुनयभयो ।

२०७४÷७५ को विनियोजित बजेट बाट काठेपुल बनाउने भनी २५ लाख विनियोजित भएको हो । पछि गएर स्थानीय नगरपालिका संग सोधपुछ गर्दा सो बजेट मध्यको १० लाख डिपि आर र १५ लाख वडाको विकासमा लगाएको गौरीगङ्गा नगरपालिका ११ का वडा अध्यक्ष साहेबलाल चौधरीले बताउनु भयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?