लाईफ केयर क्लिनिकद्धारा दुइ सय जना भन्दाबढीको निशुल्क उपचार

गौरीगङ्गा नगरपालिका – २ चौमाला बजार कैलालीमा रहेको लाईफ केयर क्लिनिक । तस्बिर : सुरेश भुल / कैलली

सुरेश भुल
कैलाली, जेठ २३ गते । गौरीगङ्गा नगरपालिका – २ चौमाला बजार कैलालीमा रहेको लाईफ केयर क्लिनिकले दुइ सय जना भन्दाबढी बिरामीको निशुल्क उपचार गरेको छ ।

२०८१ जेठ २९ गतेका दिनमा पहिलो पटक सञ्चालन गरिएको सो क्लिनिकले दुइ सय जना भन्दाबढी बिरामीको निशुल्क उपचार गरिएको हो ।

पेट, छाती तथा मुटु रोग विशेषज्ञ डक्टर सुमन चौधरी स्त्री तथा प्रसुती रोग विशेषज्ञ डक्टर जगदिशचन्द्र जोशी र डक्टर सन्तोस कुमार यादवद्धारा सो क्लिनिकमा आएका बिरामीहरुको निशुल्क उपचार गरिएको लाईफ केयर क्लिनिक चौमालले जनाएको छ ।

बिरामी हुँदा उपचार गर्न धनगढी जानु पथ्र्यो समस्या हुन्थ्यो । आज देखि गाउँमै बिरामीहरुको उपचार गर्ने गरी लाईफ केयर क्लिनिक सञ्चालनमा आएपछि उपचार गर्न निकै सहज भएको गौरीगङ्गा नगरपालिका ं–२ चौमालाका स्थानीय तुला खत्रीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गाउँमा अस्पताल नहुँदा बिरामी भएको समयमा धेरै टाढा जानु पर्दथ्यो । अब गाउँमै यो लाईफ केयर क्लिनिक सञ्चालनमा आएपछि त्यो समस्या टरेको छ ।”

गाउँमै बिरामी हुँदा उपचारका लागि धनगढी जाँदा दुइ चार सय भाडा तिर्नु पर्दथ्यो । गाउँमै क्लिनिक सञ्चालन भएपछि त्यो पैसाको पनि बचत भएको खत्रीले बताउनुभयो ।

गाउँमा बिरामी हुँदा यहाँका स्थानीयले धनगढी नेपालगंञ्जमा जानु पर्ने समस्याको समाधान हुने गरी यती बेला गाउँमै लाईफ केयर क्लिनिक सञ्चालन ल्याएको लाईफ केयर क्लिनिक सञ्चालक कर्णबहादुर विश्वकर्माले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ चुरे , मोहन्याल , बनभेडा र गौरीगङ्गा लगायतका स्थानीयलाई सहज हुने गरी गौरीगङ्गा नगरपालिका –२ चौमाला बजार कैलालीमै लाइफ केयर क्लिनिक सञ्चालनमा ल्याएका छौ ।”

आजबाट यो क्लिनिकमा आएका विभिन्न किसिमका बिरामीहरुको रोगलाई निको पार्नका लागि विभिन्न रोग विशेषज्ञ डाक्टरद्धारा आधुनिक प्रविधिद्धाराबाट उपचार गरिने लाईफ केयर किलिनिकका सञ्चालक कर्णबहादुर विश्वकर्माले बताउनुभयो ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?