बाढिपहिरो पीडितलाई वर्खा लागे घरबासकै चिन्ता

क्याप्सन ः बाढीपहिरोको उच्च जोखिममा रहेको स्वामिकार्तिक २ को मुक्तीकोट दलित बस्ती । तस्बिर ः शेरबहादुर सार्की ÷बाजुरा

शेरबहादुर सार्की
बाजुरा, असार ६ गते । बाजुराका बाढीपहिरो पीडितलाई वर्खा लागेसँगै घरबासकै चिन्ता हुन थालेको छ ।

२०७८÷७९ साल जेठ, असार, साउँन र भदौमा आएको बाढीपहिरोले बाजुराका अधिकाशं गाउँ बस्ती बाढीपहिरोको उच्च जोखिममा छन् ।

यसरी जोेखिममा परेका ती बस्ती कतै स्थानान्तरण नहुँदा यहाँका स्थानीयलाई वर्खा लागे घरबासकै चिन्ता हुन थालेको हो ।

हिउँदका महिना जोखिम ठाउँमै बसोबास गर्दै आएपनि वर्खाको महिना बाढीपहिरोले घर नै बगाउँछ की भन्ने मनमा चिन्ता लाग्न गरेको स्वामिकार्तिक गाउँपालिका –२ मुक्तीकोटका स्थानीय नरे लुहारले बताउँनुभयो ।

उहाँले भन्नुभयो, “ गत वर्ष वर्खामा आएको बाढीपहिरोले पुरै गाउँ बस्ती जोखिममा छ । कतै घरबासको व्यवस्था नहुँदा यसै ठाउँमा बस्ने गरेको छु । यो वर्खा बाढीपहिरो आएर फेरि ज्यान नै लिने हो की भन्ने चिन्ता छ ।,,

गत मङ्सिर ३० गते बस्ती स्थानान्तरुणका लागि अनुगमन गर्न जिल्लाबाट सरकारी टोली गाउँमा पुगेपनि अहिले सम्म बस्ती कतै स्थान्तारण नभएपछि यसै जोखिम ठाउँमा बस्न बाध्य भएको लुहारले बताउनुभयो ।

मुक्तीकोट दलित बस्तीको तलमाथीबाट पहिरो आएको छ । त्यसै पहिरो आएको ठाउँमा यहाँका ३८० दलित घरपरिवार बसोबास गर्दै आएका छन् ।

बाजुराको बूढीनन्दा , त्रिवेणी , गौमुल , बडिमालिका , बूढीगङ्गा , खप्तड छेडेदह गाउँपालिकाका अधिकाशं गाउँ बस्ती समेत बाढीपहिरोको उच्च जोखिममा छन् ।

जिल्लाको तल्लो क्षेत्रमा रहेको खप्तड छेडेदह गाउँपालिकाको वडा नं –५ को पारतोला गुईबन बस्ती पनि बाढीपहिरोको जोखिममा रहेको झण्डै पच्चिस वर्ष भयो ।

२०५६ साल देखि सो बस्तीका झण्डै सयौँ घरपरिवार बाढीपहिरोको जोखिममा छन् । हिउँदमा गाउँ फर्केका सो बस्तीका स्थानीयलाई अब वर्खाको समय फेरि गाउँ छोडेर लेकमा बस्नु पर्ने अवस्था आएको छ ।

बस्ती स्थानान्तरणको विषयलाई मुख्य एजेन्टाको रुपमा लिएर भोट माग्न आएका जनप्रतिनिधिहरुले मत मागे तर बस्ती स्थानान्तरणको विषय भने भुले खप्तड छेडेदह गाउँपालिका गुइबनका स्थानीय दिपा रावतले बताउँनुभयो ।

उहाँले भन्नुभयो,“ हामी भने अहिले सम्म कतै गएका छैनौ । जाँउप कसरी ? कही कतै ठाउँमा हाम्रो पहुँच छैन् । अन्य ठाउँमा जग्गा लिएर बसोबास गरौ भने पैसा छैन् । अन्य केही विकल्प नभएपछि यतै बस्नु परेको छ ।,,

वर्खामा सधै त्रसित बन्दै गएका सो बस्तीका स्थानीयहरु अहिले पानी परेको बेला फेरि पहिरोले बगाउँछ की भन्ने चिन्ता रातकाट्न बाध्य हुँदै आएका छन् ।

यता बूढीगङ्गा नगरपालिका बजेडी, निमनी, ताँप्रीसेरा , अम्कोट र बडिमालिका नगरपालिका घाँगर, ओलेना, तिपाडा, मना र कोर्ध लगायतका बस्ती अवस्था पनि उस्तै रहेको छ ।

गत वर्षको वर्खामा गाउँमाथी रहेको बनमा त्रिपाल टाँगर बसेका यहाँका अधिकाशं स्थानीयहरुलाई यो वर्खामा पनि त्यसै बस्नु पर्ने होकी भन्ने मनमा चिन्ता छ ।

स्थानीय प्रदेश र सङघीय सरकारले बस्ती स्थानान्तरणको काम नगरेपछि यहाँका ती जोखिम बस्तीका स्थानीयलाई वर्खाका रात चिन्ता चिन्तैमा काट्नु पर्ने भएको हो ।

स्थानीय तहले यहाँका बाढीपहिरोबाट प्रभावित भएका बस्तीको तथ्याङ्क सङ्कलन गरी जिल्ला विपत व्यवस्थापन समितिमा पठाएको यहाँका पालिका बताउँछन् ।

बाढीपहिरोबाट विस्तापीत भएका घरपपिरवारलाई स्थापीत गर्नका लागि तथ्याङक सङकलन गरी गृहमन्त्रालयमा पठाएका छौ । बाढीपहिरो जोखिममा बस्तीको अवस्था दयनीय छ । तर उताबाट भने अहिले केही जानकारी नआएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी भिमकान्त पौड्यालले बताउनुभयो ।

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?