पुर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा

कैलालीको गौरीगङ्गा नगरपालिकाकाे पुर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा कार्यक्रम सम्पन्न । तस्बिर : सुरेश भुल

सुरेश भुल
कैलाली , असार २१ गते । कैलालीको गौरीगङ्गा नगरपालिकाले पुर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा कार्यक्रम सम्पन्न गरेको छ ।

नगरपालिकाका सबै वडामा रहेका १६ देखि २३ महिना सम्मका ३ हजार २८६ बच्चाहरू मध्ये १ हजार ५० जना बच्चाले पुर्ण खोप पाईसकेपछि नगरपालिकाले पुर्ण खोप घोषणा कार्यक्रम सम्पन्न गरेको हो ।

गौरीगङ्गा नगरपालिका ११ वटै वडामा गत बैशाखमा यो अभियान सुरु गरेको थियो । वडामा रहेका सबै बालबालिकाहरुले लगाउँनु पर्ने सबै खोप पाइसकेपछि नगरपालिकालाई यती बेला पुर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरेको नगर प्रमुख देवी दत्त कडेलले बताउनुभयो ।

नगरपालिकाले गरेको पुर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा कार्यक्रमका सभाअध्यक्ष गौरीगङ्गा नगरपालिका खोप समन्वय समिति संयोजक तथा गौरीगङ्गा नगर प्रमुख देवी दत्त कडेल प्रमुख अतिथि जिल्ला समन्वय समितिका अध्यक्ष तथा जिल्ला खोप समन्वय समितिका संयोजक खगराज भुसाल बिशिस्ट अतिथि सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. खगेन्द्र बहादुर बम प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडी शिक्षा शाखा प्रमुख उपसचिव हरिश पन्त स्वास्थ्य कार्यालय प्रमुख आशुतोष श्रेष्ठ सामाजिक विकास समिति संयोजक विष्णु प्रसाद भाट गौरीगङ्गा स्वास्थ्य शाखा प्रमुख ईश्वरीप्रसाद भुसाल कार्यक्रम सञ्चालक उमेश भट्ट लगायत स्वास्थ्यकर्मी र जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?