घर भत्किएपछि स्थानीयलाई बास बस्ने चिन्ता

क्याप्सन ः अविरल वर्षातका कारण भत्किएका त्रिवेणी नगरपालिका २ छतारा दलित समुदायका घर । तस्बिर ः सुदूरपाटी


शेरबहादुर सार्की
बाजुरा , असार २३ गते । बाजुरामा अविरल वर्षातका कारण घर भत्किएपछि यहाँका स्थानीयलाई बास बस्ने चिन्ता परेको छ ।

जिल्लाको त्रिवेणी नगरपालिका –२ छतारा स्थित दलित समुदायका घर भत्किएपछि सो घरका स्थानीयालई वर्खाको समय कहाँ गएर बास बस्ने भन्ने चिन्ता परेको हो ।

मनसुन सुरु भएसँगै घर भत्किएपछि वर्षात्को समय कहाँ गएर बस्ने भन्ने निकै चिन्ता लागेको त्रिवेणी नगरपालिका –२ का स्थानीय राजु मिजारले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हिउँदमा भुकम्पले जोगिएको घर वर्खाको समय पुरै भत्किएपछि अहिले कहाँ गएर बास बस्ने चिन्ता परेको छ ।”

हिउँदमा त आगो बालेर जता पनि बास बस्न सकिन्थ्यो । तर अहिले वर्खाको समय पानी परेको छ यस्तो अवस्थामा कहाँ गएर छोरा छोरी घरपरिवारले बास बस्ने निकै चिन्ता लाग्न थालेको मिजारले बताउनुभयो ।

दिउँसो धान रोपाइको चटारो परेको छ । धेरै थाकिन्छ राती राम्रो सँग सुतौ भने घरको हालत यस्तो छ । यती बेला कहाँ गएर कसरी बसोबास गर्ने स्थानीय पदम मिजारले बताउनभुयो ।

यो समस्या त्रिवेणीमा मात्र होइन जिल्लाका अन्य ठाउँमा पनि यस्तै छ । हिउँदमा भुकम्पले दर्काइएका घर वर्खाको समय थोरै पानी परेपनि भत्किन थालेका छन् ।

कहिले भुकम्प र कहिले बाढीपहिरोको कारण यहाँका स्थानीयलाई वर्षेनी सधै यसरी नै सास्ती खेप्दै आउनु परेको मिजारले बताउनुभयो ।

अविरल वर्षातका कारण घर भत्किएपछि अहिले वडापालिकाको पहलमा प्रहरी जानकारी गर्दै मुचुल्का बनाउँने काम भइरहेको छ ।

गत वर्ष भुकम्पका कारण उठिबास भएको अधिकशं परिवारका घर निर्माण गरेर उनीहरुलाइ सुरक्षित ठाउँमा बसाल्ने काम भएपनि यती बेला वर्खाको समय पानीले भत्किएका घर निर्माण गर्ने काममा भने समस्या भएको छ ।

घरमा बस्ने अवस्था नभएकोले उनीहरुलाई त्रिपालको व्यवस्था गर्दै सुरक्षित ठाउँमा बसोबास गर्नका लागि लागि परेको त्रिवेणी नगरपालिका –२ का वडा अध्यक्ष बीरबहादुर विकले बतताउनुभयो ।

 

 

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?