बाढीले एक सय पचास परिवार विस्थापित्

भितरिया र फाडियामा बसेकाे बाढी ।

सुरेश भुल
कैलाली , असार २४ गते । कैलालीको जोशीपुर गाउँपालिकामा एक सय पचास परिवार विस्थापित् भएका छन् ।

गत आईतबार दिउँसो २ बजे काँन्द्रा नदीमा आएको बाढी जोशीपुर गाउँपालिका वडा नं –३ भितरीया र फाँडियाको गाउँमा पसेपछि यहाँका एक सय पचास घरपरिवार विस्थापित भएका हुन् ।

हिजो दिउँसो गाउँमा पसेको बाढीले यहाँका पन्द्र घर पुर्णरुपमा डुबानमा परेका छन् भने एक सय पचास घरपरिवार विस्थापित भएको जोशीपुर गाउँपालिका वडा नं –३ भितरीयाका स्थानीय जिवन डँगौराले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ यो भन्दा पहिला गाउँमा नदी आउँदैन थियो । यती बेला भने यो नदिमा आएको बाढी गाउँमा पसेपछि बस्ती नै विस्थापित् भयो । ”

बाढी गाउँमा पसेपछि अहिले यहाँका स्थानीयको घरमा रहेको खाद्यान लुगा कपडा लगायतको सबै सामाग्री नष्ट पारिदिएपछि अहिले यहाँका स्थानीयलाई बस्ने बास खाने गाँस र लगाउँने लुगाको निकै समस्या भएको डँगौराले बताउनुभयो ।

गाउँमा बाढी पसेपछि अहिले यहाँका बालबालिका ,वयोवृद्ध,अपाङ्ग ,गर्भवती , बिरामी लगायत गाउँका रहेका सबै स्थानीयलाई आवतजावत गर्न समेत निकै समस्या भएको छ ।

जोशिपुर गाउँपालिकाका जनप्रतिनिधि र ईलाका प्रहरी कार्यालय जोशिपुरको टोली भितरिया र फाँडिया बस्तीमा पुगेर यहाँका स्थानीयलाई अन्य सुरक्षित स्थानमा सारिसकेको जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीले बताउँनुभयो ।

उहाँले भन्नुभयो, “ अहिले तात्काल यहाँका स्थानीयलाई गाउँ नजिकै रहेको एक विद्यालयमा राखेका छौ । त्यसैमा उनीहरुलाई खाना र बस्नको समेत व्यवस्था गरेका छौ ।”

गाउँमा पसेको बाढीका कारण यहाँ मानवीय क्षति केही नभएपनि खाद्यान लुगा कपडा लगायत करोडौ भन्दाबढीको क्षति भएको गाउँपालिका अध्यक्षले चौधरीले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?