गाउँमै दश शैयाको अस्पताल निर्माण हुँदा स्थानीय हर्षित
तेजबहादुर सार्की
कञ्चनपुर , साउन १८ गते । कञ्चनपुरको लालझाडी गाउँपालिकाको वडा नं –३ नन्दगाउँमा दश शैयाको अस्पताल निर्माण हुँदा यहाँका स्थानीय हर्षित भएका छन् ।
सङ्घीय सरकारको आर्थिक सहयोगबाट यती बेला गाउँमै दश शैयाको अस्पताल निर्माण हुँदा यहाँका स्थानीय निकै हर्षित भएका हुन् ।
ल्याब भिडियो एक्स–रे लगायतका विभिन्न सेवा लिनका लागि कैलालीको धनगढीमा जाने गरेकाे लालझाडी गाउँपालिका –३ स्थानीय अशोक रानाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ यती बेला गाउँमै दश शैयाकाे असपताल निर्माण भएकाे छ । त्याे सबै सुविधा यही दश शैयाकाे अस्पतालबाट पाउन पाए धेरै राम्राे हुने थियाे ।
पहिला गाउँमा सामानय बिरामी हुँदा पनि उपचारका लागि बाहिर जानु पर्ने हुन्थ्याे । अहिले गाउँमै स्वास्थ्य केन्द्र स्थापना हुँदा उपचारमा सहज भएकाे छ । यती बेला फेरि गाउँमा याे दश शैयाकाे ठुलाे अस्पताल निर्माण भएकाे छ । याे अस्पताल समयमै सञ्चलानमा अाउन पाए यहाँका स्थानीयलाई थप सहज हुने रानाले बताउनुभयो ।
यहाँका स्थानीयलाई गाउँमै राम्रो स्वास्थ्य सुविधा दिने उदेश्यले पछिल्लो समय गाउँमै दश शैयाको अस्पताल निर्माण गरिएको लालझाडी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ सङ्घीय सरकारको ६ करोड पाँच लाख २ हजार ६५० रुपियाँमा लालझाडी गाउँपालिका वडा नं –३ नन्दगाउँमा दश शैयाको अस्पताल निर्माण भएको हो ।”
२०७८ जेठ २७ गते सम्झौता भएर २०८० पुस २९ गते काम सम्पन्न भएको हो । अस्पताल निर्माणको काम सबै पुरा भएपछि अबका केही महिना भित्र यो दश शैयाको अस्पताल सञ्चालन गर्ने तयारीमा रहेको प्रमखु प्रशासकीय अधिकृत सार्कीले बताउनुभयो ।