पुल निर्माणको माग गर्न आम भेला

कैलालीको गौरीगङ्गा नगरपालिका –११ नं वडाले कटैनी खोलामा पुल निर्माणका लागि माग गर्न बाेलाएकाे आम भेला कार्रयक्रम । तस्बिर : सुरेश भुल

सुरेश भुल

कैलाली, साउन २५ गते । कैलालीको गौरीगङ्गा नगरपालिका –११ नं वडाले कटैनी खोलामा पुल निर्माणको माग गर्न आम भेला गरेको छ ।

यहाँका स्थानीयको मुख्य समस्या नै यो कटैनी खोलामा पुल नभएकोले सो समस्यालाई समाधान गर्ने गरी सम्बन्धित निकायमा पुल निर्माणको माग गर्नका लागि गत बिहिवार वडा पालिकाले आम भेला गरेको हो ।

खोलामा लामो समय देखि पुल नहुँदा वर्खाको समय सधै यहाँका स्थानीयले ज्यानको बाजी राखेर खोला वारपार गर्दै आएकोले यती बेला त्यो समस्या समाधान गर्नका लागि यहाँका राजनितिक दलका नेता, समाजसेवी ,बुद्विजीवी लगायतको भेला गरी पुल निर्माण गर्ने बारेमा वृहत छलफल गरिएको वडापालिकाले जनाएको छ ।

यो ठाउँको मुख्य समस्या भनेकै कटैनी खोलामा पुल नहुँन हो । यस खोलामा पुल निर्माणका लागि हामी  सबैले आ–आफ्नो ठाउँबाट सकिने जति सहयोग गर्नु पर्ने निर्वतमान प्रदेश सभा सदस्य जानकी पौडेल कुँवरले बताउनुभयो । 

त्यसै गरी यसपाली जसरी भएपनि यो खोलामा पुल निर्माणको लागि आवश्यक प्रयाप्त बजेटको व्यवस्था गरी टेन्डर प्रक्रियामा जोड्ने आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमले बताउनुभयो ।

त्यसै गरी पुल बनाउन प्रक्रियामा गएको बेला सरकार ढल्दा  मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा बनेको सरकारले आफ्नो क्षेत्रको योजना सबै काटी दिएको कारण पुल बनाउन नसकेको निर्वतमान मुख्यमन्त्री दिर्घबहादुर सोडारीले बताउनुभयो । 

वडा अध्यक्ष साहायबलाल चौधरीको अध्यक्षमा सञ्चालन भएको यो आम भेला कार्यक्रमको प्रमुख अतिथि निर्वतमान मुख्यमन्त्री दीर्घबहादुर सोडारी, विशिष्ट अतिथि आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बम, गौरीगङ्गा नगर उपप्रमुखभोज बहादुर बम, निर्वतमान प्रदेश सभा सदस्य जानकी पौडेल (कुँवर) निर्वतमान नगर प्रमुख भिमबहादुर देउवा, रहनुभएको थियो । 

लामो समय देखि खोलामा पुल नहुँदा गत असारमा धानको बेर्ना ल्याएर खेतमा जाने त्रममा एक जना बालिकाको खोलामा बगेर ज्यान भएको थियो ।

खाेलामा पुल निर्माणका लागि स्थानीय प्रदेश र सङ्घीय सरकार सँग समेत यहाँका स्थानीयले प्रत्येक वर्षमा रकम माग गर्दै आएको भएपनि स्थानीयकाे त्याे मागलाई कतैबाट सुनुवाई नभएपछि फेरि अहिले वडापालिकाले  स्थानीयकाे त्याे मागलाई सम्बन्धित निकायका प्रमुख तथा प्रतिनिधि सँग पु¥याउने गरी याे अाम भेला गर्नु परेकाे वडा अध्यक्ष साहेबलाल चौधरीले बताउनुभयो ।



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?