कटैनी खोलाको बाढीले बस्ती डुबानमा

कैलालीको गौरीगङ्गा नगरपालिका वडा नं ११ मा डुबानमा परेका घर ।तस्बिर : सुरेश भुल
सुरेश भुल
कैलाली , भदौ ५ गते । कैलालीको गौरीगङ्गा नगरपालिका वडा नं ११ मा झण्डै ५१ घर डुबानमा परेका छन् ।
कटैनी खोलामा आएको बाढी गाउँमा पुगेपछि यहाँको कान्तिपुर , शिवपुर र चम्रैया लगायतका ५१ घर डुबानमा परेका हुन् ।
बाढीले यहाँका स्थानीयको घरमा रहेको धान , चामल , लत्ताकपडा लगायत अत्यावश्यक सामान सबै डुवान पारेको ईलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ ।
अहिले नगरपालिका र प्रहरीको सहितको टोली बाढीबाट प्रभावित भएको ठाउँमा गएर उनीहरुलाई तत्कालका लागि गाउँमा रहेको सरकारी विद्यालयमा बसाल्दै चिउरा ,पानी, चाउचाउ लगायतका खानेकुराको व्यवस्था गर्ने तयारी भइरहेको गौरीगङ्गा नगरपालिका ११ का वडा अध्यक्ष साहेबलाल चौधरीले बताउनुभयो