काठेपुल बगाउँदा आउजाउमा समस्या
सुरेश भुल
कैलाली भदौ ६ गते । कैलालीको गौरीगङ्गा नगरपालिका ११ को कान्तिपुर र पेरहनि जोड्ने कटैनी खोलामा रहेको काठेपुल बगाउँदा यहाँका स्थानीयलाई आउजाउमा समस्या भएको छ ।
गत भदौ ४ गते राती आएको बाढीले कटैनी खोलामा हालेको काठेपुल बगाएपछि यहाँका स्थानीयलाई आउजाउमा समस्या हुने गरेको हो ।
यहाँका स्थानीयको बसाई पुलवारी र विद्यालय वडापालिका तथा स्वास्थ्य केन्द्र लगायत सरकारी कार्यालय पुलपारी रहेकाले यहाँका स्थानीयलाई यती बेला आउजाउमा समस्या भएको गौरीगङ्गा नगरपालिका ११ शिवपुरका अमृता चौधरीले बताउनुभयो ।