बाजुराका एक बालक कञ्चनपुरकाे महेन्द्रनगरबाट बेपत्ता

क्याप्सन ः भदौ २२ गते कञ्चनपुरको महेन्द्रनगर बसपार्कबाट बेपत्ता भएका बुढीगङ्गा नगरपालिका –१० बस्ने निर्मल विक । तस्बिर ः निरज विक

शेरबहादुर सार्की

बाजुरा, भदौ २५ गते । बाजुराका एक बालक कञ्चनपुरको महेन्द्रनगर स्थित बसपार्कबाट बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा बुढीगङ्गा नगरपालिका –२ बदेडा बस्ने आमा धनकला विक र बुवा भिम विकका कान्छा छोरा निर्मल रहेका छन् । 

पढाइको शिलसिलामा विगत दश वर्ष देखि कञ्चनपुरको महेन्द्र नगरको बसपार्क स्थित डेरामा बस्दै गरेका १५ वर्षीया निर्मल विक भिमदत्त नगरपालिका ४ मा रहेको मेहन्द्रनगरको महेन्द्र मावि साधारण विद्यालयमा कक्षा दशमा पढ्दै आएका थिए ।

विगत दश वर्ष सम्म दुइ छोरा सँग बसेर राम्रो सँग पढ्दै आएका थिए । यती बेला कान्छो छोरी भदौ २२ गते बिहान कोठाबाट नै वेपत्ता भएको उनकी आमा धनकला विकले बताउनुभयो । 

उहाँले भन्नुभयो, “ दुइ दाजुभाई बिगत दश वर्ष देखि महेन्द्रनगरको बसपार्कमा कोठा लिएर पढाइ गर्दै आएका थिए । गत भदौ २२ गते शनिवार राती ६ बजे दाइ नभएको बेला भाई कोठाबाट बाहिर गएको र त्यो दिन देखि अहिले सम्म खोजखबर गर्दा पनि कतै सम्पर्कमा आएको छैन् ।”

भदौ २४ गतेका दिनमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा अन्य आफन्त सबै सँग खबर गरेको भएपनि अहिले सम्म कतै पत्ताा नलागेकाे विकले बताउनुभयो ।

हामी दुइ भाई लामो समय देखि एकै कोठामा बस्दै आएका थियौ । भाइले सुर्ती बिडि चुरोट लागयतका कुनै पनि धुम्रपान सेवन गर्दैन थियो । उसको पढाइ पनि धेरै राम्रो थियो । हामीले पढेर आमा बुवालाई खुसी पार्नु पर्छ भन्थ्यो । तर भदौ २२ गते एकासी म नभएको बेलामा कोठाबाट वेपत्ता भएको निर्मल विक सँगै बस्ने दाई निरज विकले बताउनुभयो ।

उहाँले भन्नुभयो, “आफ्नो आफन्त भएका सबै ठाउँमा सोधपुछ रहेको हो तर अहिले सम्म कतै पनि पत्ता लागेको छैन् । भदौ २४ गते फोटा सहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा पनि खोजी खबरका लागि निवेदन दिएको छ । ”

कोठाबाट जानु भन्दा पहिला दोधाराका एक जना साथी सँग नौकरीको बारेमा मेसेज गरेको मेरो मुबाईयलमा छ । अहिले सम्म कहाँ छ कहाँ गयो कुनै अत्तोपत्तो नभएको विकले बताउनुभयो ।

वेपत्ता भएका निर्मल विक बुवा भिमबहादुर विक र आमा धनकला विकका कान्छा छोरा हुन् । विक दाजु निरज विक सँग बस्ने गरेका थिए भने आमा र बुवा भारतमा नौकरी गर्दै आएका छन् । 

छोराको जिवनमा खुसी ल्याउनका लागि नै आफु लामो समय देखि भारतमै नौकरी गर्दै आएको बुवा भिमबहादुर विकले बताउनुभयो । 

यता दाइ निरज विकले भाइ निर्मल विकको खोजी खबर गरि पाउँ भनि यहाँ दिएको निवेदनका आधारतमा त्यसको खोजी खबर गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

निर्मल विकलाई भेटाउँनु हुने महानुभावहरुले तलकाे फाेन नम्बरमा सम्पर्क गरिदिनु हाेला ।

दाइ निरज  विक ९८४२२०६१५८, ९७६८४८१०१२



 


 


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?