आसिमलाई ह्वीलचियर वितरण
तेजबहादुर सार्की
कञ्चनपुर , भदौ २६ गते । कञ्चनपुरको पुनर्वास नगरपालिकाको वडा नं ११ का एक बालकलाई ह्वीलचियर वितरण गरेको छ ।
पुनर्वास नगरपालिका ११ निवासी अपाङ्गता भएका आसिम बुढा मगरलाई काठमाण्डौ स्थित मानव सेवा नेपाल ललितपुरले सो ह्वीलचियर वितरण गरेको हो ।
जन्मजात अपाङ्ग रहेका १० वर्षीष आसिम बुढा मगरलाई बाहिर भित्र आउजाउमा सहज हुने गरी एउटा ह्वीलचियर वितरण गरेको मानव सेवा ललितपुर नेपालका अध्यक्ष अमृत शर्माले बताउनुभयो ।