बाढीका कारण सडक अवरुद्ध

पानीकाे बहाव बढ्दै गएपछि अवरुद्ध बनेकाे कञ्चनपुरको पुनर्वास नगरपालिकाको वडा नं ५ र १० अन्तर्गत पर्ने दोदा नदि देखि सिम्री सम्मको सडक । तस्बिर ः तेजबहादुर सार्की

तेजबहादुर सार्की

कञ्चनपुर , भदौ २८ गते । कञ्चनपुरको पुनर्वास नगरपालिकाको  वडा नं ५ र १० अन्तर्गत पर्ने दोदा नदि देखि सिम्री सम्मको सडक अवरुद्ध बनेको छ ।

आज बिहान लगातार परेको अविरल वर्षातका कारण पानीको बहाब बढ्न थालेपछि सो सडक अवरुद्ध बनेको हो ।

बिहान देखि अहिले सम्म सडक अवरुद्ध भएपछि अहिले यहाँका स्थानीयलाई आउजाउमा समस्या भएको लालझाडी गाउँपालिका –१ का पुर्व वडा अध्यक्ष खेमानन्द रानाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बिहान देखि अहिले सम्म लगातार परेको पानीका कारण डोके बजार देखि पुनर्वासका सबै सडक पानी बुडान हुनका साथै दोदा नदीमा रहेको पुल समेत जोखिम परेको छ ।”

यसरी बाढीले सडक डुवान गरेपछि अहिले डोकेबजार देखि पुनर्वास , बैलौरी र लालझाडी लगायतका ठाउँका स्थानीयलाई आउजाउमा सास्ती भएको रानाले बताउनुभयो ।

यहाँका स्थानीयले गत असार २३ गते दोदा नदीमा आएको बाढीले गरेको क्षतिको सामाना खेप्न नपाउँदै यहाँका स्थानीयको आज फेरी झण्डै दुइ सय विघा भन्दबढी जमिनमा लगाएको धान खेती समेत सखाप पारेको छ ।

हिउँदमा खान लगाएको धान खेती अहिले पसाउने बेलामा नै बाढीले क्षति गरेपछि अब के खाएर पेट लाल्ने भन्ने यहाँका स्थानीयलाई निकै चिन्ता लागेको रानाले बताउनुभयो ।

डोकेबजार देखि पुनर्वास सम्म जाने हुलाकी राजमार्ग अन्तर्गत पर्ने पुनर्वास नगरपालिका ५ र १० को दोदा नदी देखि सिम्री सम्मको सडक बाढीका कारण निकै जोखिम भएकोले यती बेला सावारी साधान समेत आउजाउ रोक लगाएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीेले जनाएको छ । 

बाढीका कारण सडक भत्किने डर भएकोले यो सडकमा कुनै प्रकार सवारी साधानलाई पनि आउन नदिएको इलाका प्रहरी कार्यालय त्रिभुन बस्तीका प्रहरी निरिक्षक महेश बिक्रम शाहीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “दोदा नदी देखि सिम्री खोलामा आएको पानीको बहाव बढेको र त्यसले सडकमा ठुलो क्षति गर्ने सम्भावना देखिएपछि अहिले यो सडकमा सवारी साधान पनि चल्न दिएको छैन् ।”

पानीको बहाव कारण पुनर्वास नगरपालिकाको वाड नं २ र ५ को झण्डै १६५ घर समेत पुर्णरुपमा डुवानका परेका छन् । 

डुवानमा परेका ती घरपरिवारलाई यती बेला ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्ती र पुनर्वास नगरपालिकाको पहलमा सुरक्षित ठाउँ तथा उनीहरुको आफन्तको घरमा राखेको शाहीले बताउनुभयो ।


 



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?