सुदूरपश्चिममै पहिलो पटक आर आई आर एस सेवा अत्तरिया अस्पतालमा

कैलालीको गोदावरी नगरपालिका –२ महेन्द्रनगर रोड स्थित रहेको अत्तरिया अस्पतालले सुदूरपश्चिममै पहिलो पटक आर आई आर एस सेवा सञ्चालनमा । तस्बिर ः सुदूरपाटी

शेरबहादुर सार्की

कैलाली , भदौ ३० गते । कैलालीको गोदावरी नगरपालिका –२ महेन्द्रनगर रोड स्थित रहेको अत्तरिया अस्पतालले सुदूरपश्चिममै पहिलो पटक आर आई आर एस सेवा सञ्चालनमा ल्याएको छ ।

मृगौलामा भएको पत्थरीको अप्रेसन सहज सरल माध्यमबाट गर्ने गरी यती बेला सो अस्पतालले अत्याधुनिक प्रविधि टिएफएल लेजर अर्थात आर आई आर एस सेवा सञ्चालनमा ल्याएको हो ।

थुलिएम फाईबर लेजरबाट मृगौलाको उपचार गर्दा कुनै पनि घाउ नहुने चिरा नपार्नु नपर्ने रगत नबग्ने अप्रेसन गर्दा पीडा नहुने र मृगौलालाई हानी नोक्सानी नहुने अन्य प्रविधिबाट गरेको अप्रेसन भन्दा यसबाट गरेको अप्रेसन चाँडै निको हुने अत्तरिया अस्पतलाले जनाएको छ ।

बिना पुवाल पारेर वा चिरा नपारेर मृगौलाको पत्थरीको अप्रेसनका लागि काठमाण्डौ जान लागेको थिए । अहिले त्यो सबै सेवा अत्तरिया अस्पतालमा हुन्छ भन्दा थाहापाएपछि मैले यहाँ आएर त्यो प्रविधिबाट मृगौलाको पत्थरीको अप्रेसन गर्दा निकै खुसी लागेको बझाङ्ग सुर्मा –१ दौलीचौरका मिलन बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यसकै लागि मैले काठमाण्डौ जाँदा धेरै खर्च व्यहोर्नु पर्ने थियो । अहिले मेरो त्यहाँ आउजाउ गर्ने खर्चले नै यहाँ नयाँ प्रविधिको लेजरबाट पत्थरीयाको अप्रेसन भएको छ ।”

अप्रेसन गर्दा व्यहोस पार्छन भन्दा सुनेको थियो । तर यहाँ केही व्यहोस नगरेर नै सरल सहज तरिकाले लेजरबाट मेरो मृगौलाको पत्थरीयाको अप्रेसन हुँदा म अहिले निकै खुसी भएको बोहराले बताउनुभयो ।

२०८१ भदौ महिनाको महिलो हप्ता देखि यस अत्तरिया अस्पतालले लेजरबाट मृगौलाको पत्थरीको अप्रेसन गर्न सुरु गरेको हो । 

अत्तरियाले यसरी सुरु गरेको यो सेवा सुदूरपश्चिममै पहिलो रहेको छ । देशका ठुला सहर काठमाण्डौ नेपालगञ्ज पोखरामा यो सेवा पहिला सञ्चालनमा आएको भएपनि सुदूरपश्चिममा भने यो सेवा अर्थात आर आई आर एस सेवा पहिलो पटक हो । 

मृगौलाको पत्थरीको अप्रेसन गर्दा चिरा तथा सानो पुवाल पार्नु पथ्र्यो । त्यो अलि झण्झटीलो पनि हुन्थ्यो । थुलिएम फाइबर लेजरबाट अप्रेसन गर्दा बिरामीहरुलाई त्यस्तो कुनै पनि समस्या नहुने गरेको अत्तरिया अस्पतालका डाक्टर आनन्द पाठकले बताउनुभयो ।

उहाँले भन्नुभयो, “महिला मेसिनबाट अप्रेसन गर्दा सानो पुवाल पार्नु पर्ने हुन्थ्यो । जसका कारण केही मात्रामा रगत पनि बग्ने डर हुन्थ्यो । अहिले लेजरबाट अप्रेसन गर्दा त्यो कुनै प्रकारको समस्या हुँदैन् ।”

अहिले मृगौलाको अप्रेसन गर्दा बिरामीहरुले कुनै दुखेको महसुस नै नगरेर अप्रेसन गरेका छौ । हाल छ जनाको लेजरबाट अप्रेसन गरेको हो । अहिले अप्रेसन गरेका ती छ जना दुइ चार दिनमै निको भएर घर फर्किएका छन् ।

भदौको पहिला हप्ता देखि विशेष छुटका साथ लेजरबाट अप्रेसन सुरु गरेका छौ । यो विशेष छुटको समय अँझै एक हप्ता बाँकी रहेको डाक्टर पाठकले बताउनुभयो ।

 











यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?