सवारी साधानलाई पाकिङ्कै समस्या

क्याप्सन ः सकडको छेउमै पार्किङ्क गरेका साना तथा ठुला सवारी साधन । तस्बिर ः शेरबहादुर सार्की÷बाजुरा
शेरबहादुर सार्की
बाजुरा, असोज १० गते । बाजुराको सदरमुकाम मार्तडीमा सवारी साधान पार्किङ्मा समस्या हुने गरेको छ ।
मार्तडीमा विगत एघार वर्ष देखि पार्कको व्यवस्था नहुँदा यहाँ आउने साना ठुला सबै सवारी साधानलाई दैनिक पार्किङ्ग गर्न समस्या हुने गरेको हो ।
मार्तडीमा बस चल्न थालेको हो झण्डै एघार वर्ष भएपनि अँझै पार्कको व्यवस्था नहुँदा सवारी साधानलाई पार्किङमा समस्या हुने गरेको हो गाडी साहु रामचन्द्र गिरीले बताउनुभयो ।
उहाँले भन्नुभयो , “ अहिले देशका विभिन्न सहर देखि लामो दुरीका झण्डै दश भन्दाबढी बस दैनिक सदरमुकाम मार्तडीमा पुग्ने गरेका छन् । मार्तडीमा पार्किङ्का लागि ठाउँ नहुँदा यहाँ आएका सवारी साधानहरुलाई अहिले सडकको छेउछाउमा राख्नु परेको छ ।
मार्तडीमा पार्क स्थापनाका लागि बस व्यवसायहरुले पटक पटक आवाज उठाउने गरेको भएपनि सम्बन्धित निकायबाट कुनै सुनुवाइ नभएको गिरीले बताउनुभयो ।
पछिल्लो समय काठमाण्डौ , नेपालगञ्ज देखि एक एक महेन्द्रनगर देखि ४ धनगढी देखि ३ र अत्तरिया देखि १ गरी दैनिक दश वटा बस मार्तडीमा पुग्ने गरेका छन् ।
मार्तडीमा पुग्ने गरेका यी सबै साना तथा ठुला सवारी साधनलाई अहिले नेपाल टेलिकम , तुफान डाँडा र गैरी बजार सडकमा पार्किङ् हुने गरेका छन् ।
२०७० साल फागुन १४ गते देखि मार्तडीमा बस सेवा सुचारु भएपनि बसपार्क नहुँदा ती बस सडकको छेउमै पार्किङ्ग हुने गरेका हुन् ।
मार्तडीको सडक साँगुरो छ । उसै माथी ठुलाठुला बस सडकमै राख्ने गरेकोले पैदल यात्रीलाई आउजाउ गर्न निकै समस्या हुने गरेको मार्तडीका स्थानीयबासी बताउँछन् ।
काठमाण्डौ , नेपालगञ्ज , धनगडी , महेन्द्रनगर र अत्तरिया देखि बाजुरामा आउने सबै बस यती बेला सडकको छेउमै पार्किङ्क गर्दै आएको मार्तडी गैरिबजार स्थित टिकट काउन्टर प्रमुख जिवन थापाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले मार्तडीमा दैनिक १० वटा बस आउँछन । ती बस पार्किङ्का लागि अन्य कतै ठाउँ छैन् । अनी बाध्यताले चालकले ती सावरी साधानलाई सडकको छेउँमै पार्किङ्ग गर्नु परेको छ ।”
यसरी गाडी सडकमै पार्किङ्क गर्दा एका तिर दुर्घटना बढ्दै गएको छ । भने अर्को यात्रुलाई समेत निकै सास्ती खेप्दै आउनु परेको थापाले बताउनुभयो ।
प्रहरीले गाडी सडकमा राख्नु हुँदैन भन्नुहुन्छ । तर यता पार्क छैन् । गाडी राख्न अन्य कतै ठाउँ नभएपछि बाध्यताले बसलाई सडकको छेउछाउमै राख्नु परेको चालक धनबहादुर बोहराले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यो समस्या मार्तडीमा मात्र होइन । जिल्लाको अधिकाशं ठाउँमा समेत यस्तै छ । डाब , मालिका , रिठा ” बेतालमाण्डौ , बाम्का , बल्देमा पनि पार्क छैनन् ।”
तलबाट आएका यात्रीलाई ती ठाउँमा झार्नका लागि बस रोक्न निकै समस्या हुने गरेको चालक बोहराले बताउनुभयो ।
साँफे–मार्तडी राजमार्ग अन्तर्गत बाजुराको ईकटीगाड देखि मार्तडी सम्म सडक कालोपत्रे भएपनि बसपार्क भने अँझै बन्न सकेका छैन् ।
बडिमालिका नगरपालिका –८ को पाल्तमा बसपार्क बन्न लागेको झण्डै सात वर्ष भयो । तर पनि काम सम्पन्न भएको छैन् । यता स्थानीयलाई बसपार्क नहुँदा सामान बोकेर सडकमा पु¥याउनु पर्ने बाध्यता छ ।
सडकको दायाँ र बायाँ किनारमा बस, जिपहरू पार्किङ गरिएका हुन्छन् । भारी बोकेर मानिसलाई हिँड्नै अप्ठ्यारो हुने गरेको यात्रुको दुखेसो छ ।
सडकमा पार्किङ्ग गर्दा दुर्घटनाको जोखिम बढ्ने हुनाले सडकमा गाडी पार्किङ्ग गर्न नहुने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
मार्तडीको टेलिकम देखि तुफान डाँडा सम्मको सडकको बीचमै गाडी पार्किङ गरेका छन् । हामीले ती गाडी हटाउन खोज्दा उनीहरुले अन्य कतै ठाउँ छैन भन्ने गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दिलिप कुमार गिरीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीलाई यसका लागि यहाँको स्थानीय सरकार वा प्रशासनले सडकमा पार्किङ गर्न नदिने निर्देन आएमा तुरुन्तै हटाउछु । ”
त्यो भन्दा पहिला पनि हामीले सडकमा पार्किङ गर्न दिएको थिएन । कतै पार्कको व्यवस्था नभएकोले उनीहरुले त्यही ठाउँमा पार्किङ गर्न बाध्य भएका हुन् । स्थानीय सरकार र जिल्ला प्रशासनले सडकमा पार्किङ गर्न नदिनु भन्ने खबरआउने वित्तिकै सडकमा राखेको गाडीलाई हटाउन सकिने गिरीले बताउनुभयो ।
यता बडिमालिका नगरपालिकाले मार्तडीमा चल्ने सबै गाडीलाई सहज,व्यवस्थित, हुने गरी बसपार्क निर्माण गर्ने योजना रहेको नगर प्रमखु अम्मर खड्काले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ पाल्तमा सानो ठाउँ छ । त्यहाँ सबै गाडी अटाउँदैनन् । त्यसैले ठुलो बसपार्क निर्माणका लागि जमिन किन्ने योजना गरेका छौ । ”
अहिले सम्म कतै जमिन मिलेको छैन् । जमिन मिलेपछि तुरुन्तै व्यवस्थित खालको पार्क बनाउने खड्काले बताउनुभयो ।