ग्रामिण सडक मर्मत सुरु

क्याप्सन ः ग्रामिण सडक मर्मत गर्दै स्थानीय तह । तस्बिर ः सुदूरपाटी
शेरबहादुर सार्की
बाजुरा, असोज १६ गते । बाजुराका स्थानीय तहले यती बेला ग्रामिण सडक मर्मत कार्य सुरु गरेका छन् ।
नेपालीहरुको महान चाँड पर्व दशै तिहारलाई लक्षित गर्दै यहाँका नौ वटै स्थानीय तहले असोजको पहिलो साता देखि ग्रामिण सडक मर्मत कार्य सुरु गरेका हुन् ।
वर्खाको समय बाढी पहिरोको कारण अवरुद्ध भएका ती ग्रामिण सडक दशैँ अगावै सञ्चालनमा ल्याउने गरी मर्मत कार्य सुरु गरेको खप्तड छेडेदह गाउँपालिकाले जनाएको छ ।
विगत तीन चार महिना देखि अवरुद्ध भएका ग्रामिण सडक सञ्चालन नआउँदा यहाँका स्थानीयलाई वर्खाको समय दैनिक उपभोग्य सामाग्री ढुवानी तथा आउजाउमा निकै सास्ती खेप्नु परेको थियो ।
हिउँदको महिना गाउँ बस्तीमा चल्ने गाडी वर्खाको समय बन्द भएपछि यहाँका व्यापारीहरुले दाल , चामल , नुन र तेल लगायतका दैनिक उपभोग्य सामाग्री बजार देखि घर सम्म लैजान भरिया मार्फत ढुवानी गरेका थिए ।
यसरी व्यापारीहरुले भरिया मार्फत सामान ढुवानी गराउँदा यहाँका स्थानीय पनि सो सामाग्री चर्को मुल्यमा खरिद गर्न बाध्य हुँदै आएका थिए ।
हिमाली , जगनाथ , स्वामिकार्तिक , बुढीनन्दा , बडिमालिका , गौमुल , बुढीगङ्गा त्रिवेणी र खप्तड छेडेदह लगायतका पालिकाले यती बेला सडक मर्मत कार्य सुरु गरेका छन् ।
नेपालीहरुको चाँडपर्वलाई लक्षित गर्दै अहिले गाउँ बस्तीका सबै ग्रामिण सडक मर्मत गर्ने काम सुरु भइरहेको खप्तड छेडेदह गाउँपालिकाका उपाअध्यक्ष बीसु नाथले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ हिउँदमा यहाँका सबै वडामा गाडी सञ्चालन भएका थिए । गत असारमा परेको पानीका कारण सडक भत्किएपछि तीन चार पहिला सम्म गाडी बन्द भएका हुन् ।”
यती बेला ती बन्द भएका ग्रामिण सडकलाई दशै अगावै सञ्चालन गर्ने गरी मर्मत कार्य सुरु गरेको उपाअध्यक्ष नाथले बताउनुभयो ।