अपाङ्ग महिलालाई ह्वीलचियर वितरण
तेजबहादुर सार्की
कञ्चनपुर , भदौ २६ गते । कञ्चनपुरको बेलाैरी नगरपालिकाको वडा नं ६ की एक महिलालाई ह्वीलचियर वितरण गरेको छ ।
बेलाैरी नगरपालिका ६ निवासी अपाङ्गता भएकी झामारानालाई काठमाण्डौ स्थित मानव सेवा नेपाल ललितपुरले सो ह्वीलचियर वितरण गरेको हो ।
२०७७ साल देखि प्यारालाईसिस राेगले लामाे समय थला परेकी रानालाई बाहिर भित्र आउजाउमा सहज हुने गरी एउटा ह्वीलचियर वितरण गरेको मानव सेवा ललितपुर नेपालका अध्यक्ष अमृत शर्माले बताउनुभयो ।
उहाँले भन्नुभयाे, याे भन्दा पहिला पनि यस मानव सेवा नेपालले कञ्चनपुरको पुनर्वास नगरपालिकाको वडा नं ११ का एक आसिम बुढा मगरलाई ह्वीलचियर वितरण गरेको थियाे ।,,
समाजमा रहेका दुखी गरिब अपाङ्ग अशक्त असाहायहरुकाे सेवा गर्ने गरी २०८० माघमा मानव सेवा ललितपुर नेपालकाे स्थापना भएकाे मानव सेवा ललितपुर नेपालका अध्यक्ष अमृत शर्माले बताउनुभयो ।