म्याद नाघेका अखाद्य सामाग्री नष्ट
सुरेश भुल
कैलाली असोज २३ गते । कैलालीको गौरीगङ्गा नगरपालिकाले नगरमा रहेका विभिन्न पसल अनुगमन गरिएको छ ।
यहाँका १ देखि ५ वडामा रहेका सम्पुर्ण पसल अनुगमन गर्ने क्रममा यहाँ म्याद नाघेका सुर्ति, विडी, साबुन , कोलगेट , जुस , मदिरा समेत नष्ट गरिएको हो ।
यो सँगै यहाँका व्यापारीहरुले पसलमा लुकाए छिपाइ राखेको ६० हजारको रक्सी तथा खाद्यान सामाग्री समेत नष्ट गरिएको गौरीगङ्गा नगरपालिकाले जनाएको छ ।
यहाँका व्यापारीहरुले यो भन्दा पहिला धेरै म्याद नाघेका समाग्री राख्ने गरेको भएपनि यती बेला भने केही मात्रमा सुधार भएको गौरीगङ्गा नगरपालिकाकाे अनुगमन शाखा प्रमुख लक्ष्मण जाेशीले बताउनुभयो ।
उहाँले भन्नभुयो, “राज्यको नीति निर्देशन अनुसार उपभोक्ताले पैसा तिरेर सामान खरिद गरिसकेपछि उनीहरुले गुणस्तरीय सामान उपभोग गर्ने पाउनु पर्छ । भन्ने उदेश्यले यती बेला पालिकाले यहाँका विभिन्न पसल अनुगमन गरेको हो ।”
गत साउन यता यहाँका ३० वटा पसल अनुगमन गर्दा यहाँ झण्डै साठी हजार बराबरको म्याद नाघेको सामाग्री फेला पारेर नष्ट गरेको अनुगमन शाखा प्रमुख जोशीले बताउनुभयो ।