कञ्चनपुरका नाैरङ्गाबासीलाई हात्तीबाट खेती जाेगाउँन सकस

खेती जाेगाउँनका लागि राती सडकमा अागाे बालेर डिउटी गरिरहेका कञ्चनपुरको लालझाडी गाउँपालिका –१ नौरङ्गाबासी । तस्बिर ः तेजबहादुर सार्की

तेजबहादुर सार्की

कञ्चनपुर, कात्तिक १ गते । कञ्चनपुरको लालझाडी गाउँपालिका –१ नौरङ्गाबासीलाई यती बेला हात्तीबाट खेती जोगाउँन निकै सकस भएको छ ।

दिउँसो राती बन देखि हाती गाउँ बस्ती तथा खेतबारीमा पस्न थालेपछि नौरङ्गाबासीलाई यती बेला हात्तीबाट खेती जोगाउँन निकै सकस भएको हो ।

यो समय धान काट्ने बेला भएकोले हात्ती पनि त्यो धान खेतीमा आउने गरेकोले हात्तीबाट खेती जोगाउँन निकै सकस भएको लाललाझडी गाउँपालिका वडा नं –१  का रामकिसन रानाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ खेतमा धान पाकेर पँहेलीपन भएका बेला बनबाट हात्ती आएर नोक्सानी गर्न थालेपछि त्यो धानबाली जोगाउँन निकै समस्या भएको छ । ”

वर्खामा लगाएको अधिकाशं धानबाली बाढीले बगाइदियो । बाँचेको केही बाली पनि यती बेला हात्तीले नोक्शानी गर्न थालेपछि त्यो बाली जोगाउँन निकै समस्या भएको रानाले बताउनुभयो ।

यो भन्दा पहिला पनि गाउँमा हात्ती आएर यहाँका दुइ जनालाई आक्रमण गरेको थियो । एक जनाको मृत्यु भएको थियो । भने एक जना घाइते हुनु भएका थिए । 

घाईते भएकोलाई यहाँ उपचार सम्भव नभएपछि भारतमा लिएर लाखौ रुपियाँ खर्च गरेर निको गरेको थियो । 

गाउँमा हात्ती आउने गरेकोले यहाँका स्थानीय दिनरात त्रासमा हुने गरेका छन् । गाउँपालिकाले हात्ती रोक्नका लागि बनमा तारजाती लगाएको भएपनि त्यसलाई मिचेर गाउँ बस्ती गरेका छन् । 

धान खेती जोगाउँनका लागि अहिले यहाँका स्थानीय दिनरात खेतबारीमा टहरा हालेर बसेका छन् । राती हात्ती आएर खेतबारी रोक्शानी गर्ने भएकोले सडकमा आगो बालेर बस्ने गरेको रानाले बताउनुभयो ।




 


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?